bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Genesis 49
Genesis 49
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 50 →
1
याकूबले आफ्ना छोराहरूलाई बोलाएर भने, “यहाँ भेला होओ र आउने समयमा तिमीहरूलाई के हुनेछ, सो म भन्नेछु:
2
“एक साथ भेला भएर सुन, हे याकूबका छोराहरू हो! तिमीहरूका बुबा इस्राएलको कुरा सुन।
3
“रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण!
4
तँ उर्लंदो पानीको भलजस्तो छस्, तर तँ सबैभन्दा मुख्यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्ना बुबाको ओछ्यानलाई अपमान गरिस्।
5
“शिमियोन र लेवी दाजुभाइ हुन्, हिँसा गर्नलाई तिनीहरूले आफ्ना हतियार चलाउँदछन्।
6
तिनीहरूको गुप्त बातचित र सभामा म बस्नेछैनँ किनभने तिनीहरूले रिसमा मानिस मारे र खेलवाड गरेर गोरुहरूलाई घाइते बनाए।
7
तिनीहरूको रिसमाथि सराप परोस् किनभने त्यो डरलाग्दो छ, तिनीहरूको क्रोधमाथि सराप परोस् किनभने त्यो औधी निठुर छ। तिनीहरूलाई म सारा इस्राएलमा छरपष्ट पार्नेछु र तिनीहरूको बीचमा तितर-बितर पार्नेछु।
8
यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा शत्रुहरूलाई तैँले घोक्रो अँठ्याएर राख्नेछस्, तेरा दाजुभाइले तँलाई ढोग्नेछन्,
9
यहूदा सिंहजस्तो छ, जुन सिंह, शिकार मारेर आफ्नो गुफामा फर्कन्छ, पाउ पसारेर भूइँमा सुत्दछ र कसैले त्यसलाई चलाउन आँट गर्दैन।
10
यहूदाले राज-दण्ड लिनेछ र त्यसको सन्तानले सधैँ राज्य गर्नेछन्। देश-देशले त्यसकहाँ कर ल्याउनेछन् र आज्ञापालन गरेर त्यसको अघि शिर निहुराउनेछन्।
11
त्यसको गधाको बछेडालाई चाहिँ उत्तम जातको दाखको हाँगामा बाँध्नेछ र त्यसले आफ्ना लुगाहरू अङ्गुरको रसमा धुनेछ।
12
मद्य पिएर त्यसका आँखा राता भएका छन्, दूध पिएर त्यसका दाँत सेता भएका छन्।
13
जबूलून समुद्रको छेउमा बास गर्नेछ, जहाजहरूका निम्ति त्यसको किनार कुशल बन्दरगाह हुनेछ। त्यसको देशको सीमाना सीदोनसम्म पुग्नेछ।
14
“इस्साखार गधाजस्तै हो— जुन गधा भारी बोक्ने गद्दीका बीचमा पस्रिरहेछ।
15
त्यसले देख्दछ कि बिसाउने ठाउँ असल छ अनि देश रमाइलो छ। यसकारण भारी बोक्न त्यसले ढाड झुकाउँछ र कमाराले जस्तो काम गर्न त्यसलाई कर पर्दछ।
16
“दानले आफ्नो जातिमाथि राज्य गर्नेछ, तिनीहरू इस्राएलका जातिहरूजस्ता हुनेछन्,
17
दान बाटोको छेउमा एउटा साँपजस्तो हुनेछ— बाटाका छेउमा भएको विषालु साँपजस्तो, जसले घोडाको कुर्कुच्चा डस्नेछ, घोडामा चढ्ने मानिस पछिल्तिर फालिदिन्छ।
18
“हे परमप्रभु! म तपाईंको उद्धारलाई पर्खन्छु।
19
“गादलाई एक दल चोरले हमला गर्नेछ, तर त्यसले उल्टा हमला गरेर तिनीहरूलाई खेद्नेछ।
20
आशेरको जमिनबाट उत्तम अन्न उब्जनेछ, त्यसले राजाले खाने उचित भोजन दिनेछ।
21
नप्ताली खुला दगुर्ने मुडुली मृग हो, जसले सुन्दर बच्चाहरू ब्याउँदछ।
22
योसेफ झरनाको छेउमा भएको जङ्गली गधाजस्तो छ, डाँडामा भएको एउटा जङ्गली बछेडाजस्तो।
23
त्यसका बैरीहरूले त्यसलाई भयानक प्रकारले आक्रमण गर्नेछन् र धनु-काँड लिएर त्यसलाई खेद्नेछन्,
24
तर इस्राएलको रक्षक र गोठाला, याकूबको सामर्थी परमेश्वरको शक्तिले त्यसको धनु दरिलो रहनेछ र त्यसका पाखुरा बलिया बनाइनेछन्।
25
तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरले तँलाई आशीर्वाद दिनुहुन्छ उहाँले तँलाई आकाशदेखि वर्षा, पृथ्वीमुनिको गहिरो पानी, धेरै-धेरै बालबच्चाहरू,
26
अन्न र फलफूलहरू, पुराना समयका पर्वतहरू र अनन्त डाँडाका रमाइला थोकहरू यी सबैमा आशिष् दिनुहुनेछ। यी आशिष्हरू योसेफको शिरमा होऊन्, दाजुभाइहरूसित अलग राखिएको योसेफको शिरमा होऊन्।
27
“बेन्यामीन खतरनाक ब्वाँसोजस्तो छ, त्यसले बिहान र बेलुका मार्दछ र खाँदछ।”
28
इस्राएलका बाह्र कुलहरू यिनै हुन्। तिनीहरूका बुबाले बिदाको आशीर्वाद यिनै शब्दमा प्रत्येक छोरालाई दिएका थिए।
29
तब याकूबले आफ्ना छोराहरूलाई आज्ञा गरे, “अब म मरेर आफ्ना पुर्खाहरूसित मिल्न जानेछु। हित्ती एप्रोनको खेतमा भएको ओडारमा मलाई मेरा बुबा-बाजेहरूसित गाड्नू।
30
त्यो ओडार कनान देशमा मम्रेको पूर्वपट्टि मक्पेलामा छ। त्यो ठाउँ अब्राहामले चिहान बनाउन एप्रोनबाट किनेका थिए।
31
अब्राहाम र तिनकी स्वास्नी सारा त्यहीँ गाडिएका छन्। त्यहीँ इसहाक र तिनकी स्वास्नी रिबेका गाडिएका छन् र मैले लेआलाई त्यहीँ गाडें।
32
त्यो खेत र ओडार हित्तीहरूबाट किनिएको हो। मलाई त्यहाँ गाड्नू।”
33
छोराहरूलाई सबै कुरा भनिसकेपछि उनी पलङ्गमा सोझो भएर तेर्सिएर मरे।
← Chapter 48
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 50 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50