bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 1
Joshua 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
1
[1-2] परमप्रभुको सेवक मोशाको मृत्यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो सेवक मोशा मर्यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ।
3
मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु।
4
तिमीहरूका देशका सिमाना दक्षिणमा भएका मरुभूमिदेखि उत्तरमा लेबनानका पर्वतहरूसम्म, पूर्वमा महानदी यूफ्रेटिसदेखि हित्तीहरूका देश लिएर पश्चिममा भूमध्य सागरसम्म पुग्नेछ।
5
यहोशू, तेरो जीवनकालमा कसैले पनि तँलाई हराउन सक्नेछैन। मोशासित झैँ म तँसित रहनेछु। म सधैँ तँसित रहनेछु, म तँलाई कहिल्यै त्याग्नेछैनँ।
6
भरोसा राख् र साहस गर् किनभने यी मानिसहरूले मैले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गरेको देश अधीन गर्दा तैँले तिनीहरूका अगुवाइ गर्नेछस्।
7
केवल भरोसा राख् र साहस गर् अनि मेरा सेवक मोशाले दिएका नियमहरू सबै पालन गर्ने निश्चय गर्। त्यसको कुनै भाग नछोड्नू र तँ जहाँ जान्छस्, त्यहाँ सफल हुनेछस्।
8
व्यवस्थाको पुस्तक सधैँ पढ्ने गर्। रात-दिन त्यसमा ध्यान गर् र त्यहाँ लेखिएका हरकुरा पालन गर्। तब तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सफल हुनेछौ।
9
याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्वर तँ जहाँ गए तापनि तँसित छु।”
10
[10-11] तब यहोशूले अगुवाहरूलाई छाउनीमा गई मानिसहरूलाई यसो भन्ने आज्ञा दिए, “केही खाने कुरा जोहो गर किनभने अब तीन दिनमा यर्दन पार गरी तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश अधीन गर्नेछौ।”
12
रूबेन र गादका कुल र मनश्शेका आधा कुललाई यहोशूले भने,
13
“परमप्रभु तिम्रा परमेश्वरले यर्दनको पूर्वपट्टिको देश तिमीहरूलाई दिनुहुनेछ र त्यहाँ तिमीहरूले आफ्ना घर बनाउनेछौ भनी परमप्रभुको सेवक मोशाले भनेका कुरा याद गर।
14
तिम्रा स्वास्नी, बालबच्चा र गाई-वस्तुहरू यहीँ बस्नेछन् तर लडाइँ गर्न तयार भएका सैनिकहरू आफ्ना इस्राएली बन्धुहरूका मद्दतको निम्ति जानेछन्।
15
परमप्रभु तिम्रा परमेश्वरले दिनुभएको यर्दनको पश्चिमपट्टिको देश कब्जा नगरेसम्म तिनीहरू अघि-अघि जानेछन्। उहाँले इस्राएलका सारा कुललाई सुरक्षित पार्नुभएपछि मात्र तिमीहरू फर्केर परमप्रभुका सेवक मोशाले तिमीहरूलाई यर्दनका पूर्वमा दिएका आफ्नो देशमा बसोबास गर्न सक्नेछौ।”
16
तिनीहरूले यहोशूलाई उत्तर दिए, “तपाईंले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र जहाँ पठाउनुभए तापनि जानेछौं।
17
हामीले सधैँ मोशाको कुरा मानेझैँ तपाईंको कुरा पनि मान्नेछौं र परमप्रभु तपाईंका परमेश्वर मोशासँग झैँ तपाईंसित पनि रहून्!
18
कसैले तपाईंको अधिकारबारे शङ्का गरे वा आज्ञापालन नगरे, त्यो मारिनेछ। तपाईं भरोसा र साहस गर्नुहोस्!”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24