bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 21
Joshua 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएलका सारा कुलका प्रधानहरूकहाँ लेवी परिवारहरूका अगुवाहरू गए।
2
तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा भन्नुभएको थियो कि हामीलाई बास गर्ने सहरहरू र हाम्रा गाई-वस्तु चर्नलाई तिनका चारैपट्टिका चरनहरूसमेत दिइनेछन्।”
3
यसकारण परमप्रभुको आज्ञाअनुसार इस्राएलका मानिसहरूले लेवीहरूलाई केही सहर र चरनहरू आफ्ना अधीनका इलाकाहरूबाट दिए।
4
पहिले कहातवंशी लेवी परिवारहरूलाई सहरहरू दिइयो। पूजाहारी हारूनबाट आएका परिवारहरूलाई यहूदा, शिमियोन र बेन्यामीन कुलबाट तेह्र वटा सहरहरू दिइयो।
5
कहातका बाँकी सन्तानले एफ्राइम, दान र पश्चिमी मनश्शे कुलका इलाकाबाट दश सहरहरू पाए।
6
गेर्शोनका सन्तानले इस्साखार, आशेर, नप्ताली र पूर्वी-मनश्शे कुलका इलाकाबाट तेह्र सहरहरू पाए।
7
मरारी वंशका परिवारहरूले रूबेन, गाद र जबूलूनका इलाकाबाट बाह्र सहरहरू पाए।
8
चिठ्ठा हालेर इस्राएलका मानिसहरूले लेवीहरूलाई यी सहर र चरनहरू दिए। परमप्रभुले मोशाद्वारा यस्तै आज्ञा दिनुभएको थियो।
9
[9-10] लेवीबाट आएका कहातवंशी हारूनका सन्तानहरूलाई दिइएका सहरहरूका नाम यी हुन्। यी सहरहरू सबैभन्दा पहिले भाग लगाइएका थिए।
11
यहूदाका पहाडी देशमा किर्यत-अर्बा सहर (अर्बा अनाकको बुबा थियो), जसलाई अहिले हेब्रोन भनिन्छ, त्यसका चारैतिरका चरनहरूसहित तिनीहरूलाई दिइयो।
12
तर सहरका खेतबारी र अरू गाउँहरूचाहिँ यपुन्नेको छोरो कालेबलाई अघि नै दिइसकेका थिए।
13
पूजाहारी हारूनका सन्तानलाई हेब्रोन (ज्यानमाराको एउटा शरण-स्थल) बाहेक यी सहरहरू पनि दिइएका थिए— लिब्ना,
14
यत्तीर, एश्तमो,
15
होलोन, दबीर,
16
ऐन, युत्ता र बेथ-शेमेश तिनका चरनहरूसहित यहूदा र शिमियोन कुलबाट नौ सहरहरू।
17
बेन्यामीन कुलबाट तिनीहरूले चार सहरहरू गिबोन, गेबा,
18
अनातोत र अल्मोन तिनका चरनहरूसहित पाए।
19
चरनसहित जम्मा तेह्र सहरहरू हारूनका सन्तानका पूजाहारीहरूले पाए।
20
अरू कहात-वंशी लेवी परिवारहरूले एफ्राइमका इलाकाबाट केही सहरहरू पाए।
21
तिनीहरूलाई चार सहर दिइयो, एफ्राइमका पहाडी देशमा शकेम (एउटा ज्यानमाराको शरणस्थल) र त्यसका चरनहरू, गेजेर,
22
किब्सैम र बेथ-होरोन र तिनमा भएका चरनहरू।
23
दान कुलका इलाकाबाट तिनीहरूले चार सहरहरू, एल्तके, गिब्बतोन,
24
अय्यालोन र गात-रिम्मोन तिनका चरनहरूसहित पाए।
25
पश्चिमी मनश्शे कुलका इलाकाबाट दुई सहरहरू तानाक र गात-रिम्मोन चरनहरूसहित तिनीहरूलाई दिइयो।
26
कहातका वंशका यी परिवारहरूले जम्मा दश सहरहरू तिनका चरनहरूसहित पाए।
27
गेर्शोनका वंशका लेवीहरूको अर्को दलले पूर्वी मनश्शे कुलका इलाकाबाट दुई सहरहरू बाशानका गोलान (एउटा शरणस्थल) र बे-एश्तरा तिनीहरूका चरनहरूसहित पाए।
28
इस्साखारका इलाकाबाट तिनीहरूले चार सहरहरू किश्योन, दाबरत,
29
यर्मूत र एन-गन्नीम तिनीहरूका चरनहरूसहित पाए।
30
आशेरका इलाकाबाट तिनीहरूले चार सहरहरू मिशाल, अब्दोन,
31
हेल्कत र रहोब तिनीहरूका चरनहरूसहित पाए।
32
नप्तालीका इलाकाबाट तीन सहरहरू गालीलमा केदेश (एउटा शरणस्थल) त्यसका चरनहरूसहित हम्मोत-डोर र कर्तान तिनका चरनहरूसहित तिनीहरूले पाए।
33
गेर्शोन वंशका भिन्न-भिन्न परिवारहरूले जम्मा तेह्र सहरहरू तिनीहरूका चरनहरूसहित पाए।
34
बाँकी लेवीहरूले, जो मरारी वंशका थिए, जबूलूनका इलाकाबाट चार सहरहरू योक्नाम, कर्तह,
35
दिम्ना र नहलल चरनहरूसहित पाए।
36
रूबेनका इलाकाबाट तिनीहरूले चार सहरहरू बेसेर, यहसा,
37
कदेमोत र मेपात चरनहरूसहित पाए।
38
गाद कुलबाट तिनीहरूले चार सहरहरू गिलादका रामोत (शरणस्थलमध्ये एउटा) त्यसका चरनहरूसहित र महनोम,
39
हेश्बोन र याजेर चरनहरूसहित पाए।
40
यसरी मरारीका वंशले जम्मा बाह्र सहरहरू पाए।
41
[41-42] इस्राएलका मानिसहरूका अधिकारमा परेका देशबाट जम्मा अठ्चालीस सहरहरू तिनका चरनहरू सहित लेवीहरूले पाए।
43
यसरी परमप्रभुले इस्राएललाई उहाँले तिनका पुर्खाहरूलाई दिन्छु भनी गम्भीर प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो। त्यो अधीनमा लिएपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले।
44
परमप्रभुले सारा देशभरि तिनीहरूलाई शान्ति दिनुभयो। उहाँले तिनका पुर्खाहरूसित त्यस्तै प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरूको एउटै शत्रु पनि तिनको अघि खडा हुन सकेन किनभने परमप्रभुले इस्राएलीहरूलाई तिनका सबै शत्रुहरूमाथि विजय दिनुभयो।
45
इस्राएलका मानिसहरूसित गर्नुभएको प्रत्येक प्रतिज्ञा परमप्रभुले पूरा गर्नुभयो।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24