bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 4
Joshua 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
1
सारा जातिले यर्दन पार गरिसकेपछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
2
“हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान्।
3
यर्दनका बीच जहाँ पूजाहारीहरू उभिएका छन्, त्यस ठाउँबाट बाह्र वटा ढुङ्गाहरू लिन तिनीहरूलाई आज्ञा गर्। ती ढुङ्गाहरू बोकेर लगी आज राती बास बस्ने पालमा राखिदिन तिनीहरूलाई भन्।”
4
तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने,
5
“परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक अघि यर्दनमा जाओ र प्रत्येक इस्राएली कुलको निम्ति एक-एक वटा ढुङ्गा आ-आफ्ना काँधमा बोकेर ल्याओ।
6
परमप्रभुले के गर्नुभएको थियो, सो कुरा यी ढुङ्गाहरूले मानिसहरूलाई सम्झना गराउनेछन्। आउँदा दिनमा जब तिम्रा छोरा-छोरीहरूले यी ढुङ्गाको अर्थ के हो भनी सोध्नेछन्,
7
तब तिमीहरूले भन्नेछौ कि परमप्रभुको करारको सन्दुकले यर्दन पार गर्दा नदी बग्न बन्द भएको थियो। यी ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यहाँ के घटना भएको थियो, सधैँ त्यसको सम्झना गराउनेछन्।”
8
ती पुरुषहरूले यहोशूको आज्ञा माने। परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले हरेक इस्राएल कुलैपिच्छे एउटा-एउटा गरेर यर्दनका बीचबाट बाह्र वटा ढुङ्गाहरू लिए र पाल हाल्ने ठाउँमा बोकेर लगी त्यहाँ राखे।
9
यर्दनका बीचमा करारको सन्दुक लिएर पूजाहारीहरू खडा भएका ठाउँमा पनि यहोशूले बाह्र वटा ढुङ्गाहरू खडा गरे। (ती ढुङ्गाहरू अझसम्म त्यहाँ छन्।)
10
मानिसहरूलाई जे-जे गर्न लाउनु भनी परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएको थियो, ती सबै पूरा नहुञ्जेलसम्म पूजाहारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले यहोशूलाई त्यस्तै आज्ञा गरेका थिए। मानिसहरूले हतार-हतार नदी पार गरे।
11
सबै जना पारिपट्टि पुगेपछि परमप्रभुको करारको सन्दुक लिएर हिँड्ने पूजाहारीहरू मानिसहरूका अघि-अघि लागे।
12
मोशाले भनेअनुसार बाँकी मानिसहरूका अघि-अघि रूबेन र गादका कुल र मनश्शेका आधा कुलका मानिसहरू युद्ध गर्नलाई तयार भई नदी तरे।
13
परमप्रभुको सामुन्ने प्राय: चालीस हजार पुरुषहरू लडाइँको निम्ति तयार भई नदी पार गरी यरीहोको छेउको मैदानमा पुगे।
14
त्यस दिन परमप्रभुले जे गर्नुभयो, त्यसका कारण इस्राएलीहरूका बीचमा यहोशू एउटा ठूला मानिस मानिन लागे। उनको जीवनकालभरि मोशालाई झैँ तिनीहरूले उनलाई आदर गरे।
15
[15-16] त्यसपछि परमप्रभुले यहोशूलाई करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट निस्किआउने आज्ञा गर्न अह्राउनुभयो।
17
यहोशूले त्यस्तै गरे।
18
पूजाहारीहरू नदीको पल्लो किनारमा पुग्दा नदी फेरि बग्न थाल्यो र पानीले फेरि किनार ढाक्यो।
19
पहिलो महिनाको दशौँ दिन मानिसहरूले यर्दन पार गरे र यरीहोको पूर्वपट्टि गिलगालमा पाल टाँगे।
20
यहोशूले त्यहाँ यर्दनबाट ल्याएका बाह्र वटा ढुङ्गाहरू खडा गरे।
21
उनले इस्राएलका मानिसहरूलाई भने, “आउँदा दिनमा यी ढुङ्गाको अर्थ के हो भनी जब तिम्रा छोरा-छोरीहरूले सोध्नेछन्
22
तब इस्राएलीहरूले ओबानो भूमिमाथि यर्दन पार गरेका कुरा तिनीहरूलाई भन्नू।
23
हाम्रा लागि लाल-समुद्र सुकाइदिनुभएझैँ यर्दन नदीको पानी पनि त्यो हामीले पार नगरेसम्म परमप्रभु हाम्रा परमेश्वरले सुकाइदिनुभएको थियो भनी तिनीहरूलाई भन्नू।
24
यसले गर्दा परमप्रभुको शक्ति कति महान् छ भनी पृथ्वीका हरेक मानिसले जान्नेछ र सदासर्वदा तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्नेछौ।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24