bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 24
Joshua 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
1
यहोशूले इस्राएलका सबै कुलहरूलाई शकेममा एकसाथ भेला गरे। उहाँले इस्राएलका बुढापाका, अगुवा, न्यायकर्ता र भारदारहरूलाई बोलाए र तिनीहरू सबै जना परमेश्वरको सामुन्ने हाजिर भए।
2
यहोशूले सबै मानिसहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘धेरै वर्षअघि तिम्रा पुर्खाहरू यूफ्रेटिस नदीको पल्लोपट्टि बास गर्थे र अरू देव-देवता पुज्दथे। ती पुर्खाहरूमध्ये एक जना अब्राहाम र नाहोरका बुबा तेरह थिए।
3
तब यूफ्रेटिस पारिका देशबाट मैले तिम्रा पुर्खा अब्राहामलाई निकालें र सारा कनान देशमा चारैतिर डोर्याएर लगें। मैले त्यसलाई धेरै सन्तान दिएँ। त्यसलाई इसहाक दिएँ
4
र इसहाकलाई याकूब र एसाव दिएँ। मैले एसावलाई एदोमीको पहाडी देश दिएँ तर तिम्रा पुर्खा याकूब र त्यसका बालबच्चा मिश्रमा गए।
5
पछिबाट मैले मोशा र हारूनलाई पठाई मिश्रमा ठूल्ठूला विपत्ति ल्याएँ। तर मैले तिमीहरूलाई चाहिँ निकाली ल्याएँ।
6
मैले तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याएँ अनि मिश्रीहरूले रथ र घोडचढी सेना लिएर तिनीहरूलाई खेदे। तर जब तिम्रा पुर्खाहरू लाल समुद्रमा पुगे,
7
तिनीहरूले मलाई मद्दतको निम्ति पुकारे अनि मैले तिनीहरू र मिश्रीहरूका बीचमा अन्धकार पारें। समुद्र फर्काई मिश्रीहरूलाई मैले डुबाउन लाएँ। मिश्रलाई मैले के गरें, सो तिमीहरूले आफ्नै आँखाले देख्यौ। “धेरै दिनसम्म तिमीहरू उजाड-स्थानमा रह्यौ।
8
तब मैले तिमीहरूलाई यर्दनको पूर्वपट्टि बास गर्ने एमोरीहरूका देशमा ल्याएँ। तिनीहरू तिमीहरूसित लड्न आए; तर मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ। तिमीहरूले तिनीहरूको देश जित्यौ र तिमीहरू बढेर जाँदा मैले तिनीहरूलाई नाश पारें।
9
त्यसपछि मोआबका राजा सिप्पोरको छोरो बालाक तिम्रा विरुद्धमा लड्यो। त्यसले बओरको छोरो बालामलाई खबर पठाएर तिमीहरूलाई सराप दिन लायो।
10
तर मैले बालामलाई सराप्न दिइनँ र त्यसले तिमीहरूलाई आशीर्वाद दियो। यसरी तिमीहरूलाई बालाकका हातबाट बचाएँ।
11
तिमीहरू यर्दन पार गरी यरीहोमा आयौ। एमोरी, परिज्जी, कनानी, हित्ती, हिव्वी, गिर्गाशी र यबूसीहरू, यरीहोका पुरुषहरू तिम्रा विरुद्धमा लडे। तर मैले तिनीहरू सबैमाथि तिमीहरूलाई विजय दिएँ।
12
तिमीहरू अघि बढेर जाँदा मैले तिनीहरूलाई थरहरी पारें र दुई एमोरी राजाहरूलाई धपाएँ। त्यसमा तिम्रा तरवार र धनुहरूले केही काम गर्नुपरेन।
13
तिमीहरूले आफ्नै हातले कहिल्यै अन्न नरोपेको देश र नबनाएका सहरहरू मैले तिमीहरूलाई दिएँ। अहिले तिमीहरू त्यहाँ बास गरिरहेका छौ र आफूले नरोपेका दाखको बोटबाट दाख र जैतुनका बोटहरूबाट फल खाइरहेका छौ’।”
14
“यसकारण अब,” यहोशूले भन्दै गए, “परमप्रभुलाई आदर गर अनि विश्वासयोग्य र इमानदारीसाथ उहाँको सेवा गर। तिम्रा पुर्खाहरूले मेसोपोटामिया र मिश्रमा पुज्ने गरेका देव-देवताहरू हटाओ र केवल परमप्रभुको मात्र सेवा गर।
15
तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने— मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दैगरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं।”
16
मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्न भनी हामी परमप्रभुलाई कहिल्यै त्याग्नेछैनौं
17
परमप्रभु हाम्रा परमेश्वरले हामी र हाम्रा बुबा-बाजेलाई मिश्रको दासत्वबाट निकाली ल्याउनुभयो। हामीले उहाँले गर्नुभएको उदेकका कामहरू देख्यौं। हामीले पार गरी आएका भिन्न-भिन्न जातिहरूका देशमा जहाँ हामी गयौं उहाँले हामीलाई कुशल राख्नुभयो।
18
हामी यस देशभित्र पसेर आउँदा परमप्रभुले यहाँ बास गर्ने सबै एमोरीहरूलाई धपाउनुभयो। यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं, उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।”
19
यहोशूले मानिसहरूलाई भने, “तर; सायद तिमीहरू परमप्रभुको सेवा गर्न नसकौला। उहाँ पवित्र परमेश्वर हुनुहुन्छ र तिम्रा पाप उहाँले क्षमा गर्नुहुन्न होला। आफूसित जोरी खोज्ने कसैलाई उहाँ सहनुहुन्न।
20
विदेशी देव-देवताहरूको सेवा गर्नलाई तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँ तिमीहरूको विरुद्धमा हुनुहुनेछ र तिमीहरूलाई सजाय दिनुहुनेछ। अघि उहाँले तिमीहरूको भलाइ नै गर्नुभए तापनि तिमीहरूलाई नाश पार्नुहुनेछ।”
21
मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुकै सेवा गर्नेछौं।”
22
यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभुको सेवा गर्नेछौ भन्ने कुराका साक्षी तिमीहरू आफैं भएका छौ।” तिनीहरूले भने, “हजुर, हामी आफैं नै साक्षी छौं।”
23
यहोशूले भने, “त्यसो भए आफूसित भएका विदेशी देव-देवताहरू हटाओ र परमप्रभु इस्राएलका परमेश्वरलाई आफ्नो भक्ति दिने वाचा गर।”
24
तब मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्नेछौं। हामी उहाँका आज्ञापालन गर्नेछौं।”
25
यसकारण यहोशूले मानिसहरूका पक्षमा त्यो दिन एउटा करार बाँधे र त्यहाँ शकेममा तिनीहरूलाई नियम-कानुनहरू मान्न भनी दिए।
26
यहोशूले ती आज्ञाहरू परमप्रभुको पवित्र नियमको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिएर, फलाँटको रूखमुनि परमप्रभुको पवित्र-स्थानमा खडा गरे।
27
तिनले मानिसहरूलाई भने, “यो ढुङ्गा हाम्रो साक्षी हुनेछ। परमप्रभुले हामीलाई भन्नुभएको सबै कुरा यसले सुनेको छ। यसकारण यो तिम्रो विरुद्धमा साक्षी रहनेछ। तिमीहरूलाई आफ्ना परमेश्वरको विरुद्धमा जानदेखि रोक्नेछ।”
28
त्यसपछि यहोशूले सबै मानिसहरूलाई बिदा गरे र सबै जना आ-आफ्नो भागमा परेका ठाउँमा फर्की गए।
29
त्यसपछि परमप्रभुको सेवक नूनको छोरो यहोशू एक सय दश वर्षको उमेरमा मरे।
30
गाश पहाडको उत्तरमा एफ्राइमको पहाडी देशमा, तिम्नथ-सेरहको उनको आफ्नै जमिनमा तिनीहरूले उनको लाश गाडे।
31
यहोशूको प्राण रहुञ्जेलसम्म इस्राएलका मानिसहरूले परमप्रभुको सेवा गरे अनि उनको मृत्युपछि परमप्रभुले इस्राएलका लागि गर्नुभएको सबै कुरा आफ्नै आँखाले देख्ने अगुवाहरू जहिलेसम्म जीवित थिए त्यतिञ्जेलसम्म तिनीहरूले त्यसरी नै परमप्रभुको सेवा गरे।
32
मिश्रबाट ल्याएको योसेफको लाश इस्राएलीहरूले शकेममा गाडे। त्यो जमिन शकेमका बुबा हमोरका छोराहरूबाट एक सय वटा चाँदीका टुक्रामा याकूबले किनेका थिए। त्यो जमिन योसेफका सन्तानले पैतृक-सम्पत्तिको रूपमा पाएका थिए।
33
हारूनका छोरो एलाजार पनि मरे र गिबामा गाडिए। त्यो सहर एफ्राइमको पहाडी देशमा तिनको छोरो पीनहासलाई दिइएको थियो।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24