bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 17
Joshua 17
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
1
योसेफको जेठो छोरो मनश्शेका केही सन्तानलाई यर्दनको पश्चिमपट्टिका देशको एक भाग दिइएको थियो। गिलादका बुबा माकीर मनश्शेको जेठो छोरो एक वीर योद्धा थिए। यसर्थ पूर्वी यर्दनका गिलाद र बाशान तिनलाई दिइएको थियो।
2
यर्दनको पश्चिमपट्टिको इलाका बाँकी मनश्शेका परिवारहरूलाई दिइएको थियो। ती परिवारहरू अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर र शमीदाका सन्तान थिए। तिनीहरू योसेफको छोरो मनश्शेका छोरा, नाति र आ-आफ्ना परिवारका प्रधान व्यक्तिहरू थिए।
3
मनश्शेको छोरो माकीर, तिनको छोरो गिलाद, फेरि गिलादको छोरो हेपेर र तिनको छोरो सलोफादका छोरीहरू मात्र थिए अनि एउटै पनि छोरो थिएन। तिनको नाम— महला, नोआह, होग्ला, मिल्का र तिर्सा थियो।
4
तिनीहरू पूजाहारी एलाजार, नूनको छोरो यहोशू र अरू अगुवाहरूकहाँ गएर भने, “परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो कि अरू दाजुभाइहरूसरह हामीलाई हकदार बनाई देशको एक भाग दिनुपर्छ।” यसकारण परमप्रभुका आज्ञाअनुसार आफ्ना कुलका पुरुषहरूलाई जस्तै तिनीहरूलाई जमिन दिइयो।
5
त्यही कारण मनश्शेले यर्दनका पूर्वमा पाएका गिलाद र बाशानमाथि अरू दश हिस्सा जमिन पाए
6
किनभने त्यो जमिन तिनका छोरा-छोरीहरू सबैको लागि दिइएको थियो। बाँकी मनश्शेका सन्तानलाई गिलाद दिइएको थियो।
7
मनश्शेको भागको जमिन आशेरदेखि शकेमका पूर्वमा मिक्मतातसम्म पुग्दथ्यो। त्यसपछि त्यसको सिमाना दक्षिणपट्टि जान्थ्यो र एन-तप्पूहका बासिन्दाहरू बसेका ठाउँसमेत त्यसभित्र पर्थ्यो।
8
तप्पूहको छेउछाउको जमिन मनश्शेको थियो। तर सिमाना भएको तप्पूह सहरचाहिँ एफ्राइमका सन्तानको थियो।
9
त्यसपछि सिमाना कनाको खोलातिर जान्थ्यो। खोलाको दक्षिणपट्टिका सहरहरू मनश्शेका इलाकापट्टि परेका भए तापनि एफ्राइमका थिए। मनश्शेको सिमाना खोलाका उत्तरपट्टि भएर जान्थ्यो र भूमध्य सागरमा टुङ्गिन्थ्यो।
10
दक्षिणतिर एफ्राइम र उत्तरतिर मनश्शे थिए र दुवैका पश्चिम सिमानामा भूमध्य सागर पर्थ्यो। आशेर उत्तर-पश्चिममा अनि इस्साखार उत्तर-पूर्वमा थिए।
11
इस्साखार र आशेरका इलाकाभित्र यी ठाउँहरू मनश्शेले पाएका थिए, बेथ-शान र यिबलाम, तिनका चारैपट्टिका गाउँहरू साथै डोर (जुन समुद्र किनारमा थियो), एन्दोर, तानाक, मगिद्दो र तिनका चारैतिरका गाउँहरू।
12
तापनि मनश्शे कुलका मानिसहरूले ती सहरमा बास गर्ने मानिसहरूलाई धपाउन सकेनन् र कनानीहरू त्यहाँ नै रहिरहे।
13
इस्राएलीहरू अझ शक्तिशाली हुँदा पनि तिनीहरूले सबै कनानीहरूलाई खेदेनन् तर आफ्ना निम्ति काम गर्न कर लगाए।
14
योसेफका सन्तानले यहोशूलाई भने, “किन तपाईंले हामीलाई एकै भाग मात्र जमिन दिनुभयो? परमप्रभुले हामीलाई आशिष् दिनुभएको छ र हाम्रो सङ्ख्या औधि नै बढेको छ।”
15
यहोशूले जवाफ दिए, “यदि तिमीहरूको सङ्ख्या धेरै छ र एफ्राइमको पहाडी इलाका तिमीहरूलाई सानो हुन्छ भने जङ्गलतर्फ जाओ र परिज्जी र रपाईहरूका देशभित्र आफ्ना निम्ति जङ्गल फाँड।”
16
तिनीहरूले जवाफ दिए, “पहाडी इलाका हाम्रो निम्ति पुगेन किनभने मैदानमा बास गर्ने सबै कनानीहरू अर्थात् बेथ-शान र त्यसका चारैतिरका सहरहरू अनि यिजरेलका बेसीमा बास गर्ने कनानीहरूसित फलामका रथहरू छन्।”
17
यहोशूले एफ्राइम र पश्चिमी मनश्शेका कुलहरूलाई भने, “साँच्चै तिमीहरू धेरै छौ अनि खुबै शक्तिशाली पनि छौ। तिमीहरूले एकभन्दा बढी भाग पाउनुपर्छ।
18
पहाडी इलाका तिमीहरूकै हो। यद्यपि त्यो जङ्गल छ, त्यो तिमीहरूले फाँड्नू र वारपार आफ्ना हातमा लिनू। कनानीहरू बलिया छन् र तिनीहरूसित फलामका रथै भए तापनि तिमीहरूले तिनीहरूलाई खेदी पठाउनेछौ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24