bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 3
Joshua 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
1
यहोशू र इस्राएलका सबै मानिसहरू भोलिपल्ट बिहानै उठे र छाउनी छोडी शित्तीमबाट हिंडे। तिनीहरू यर्दनको तीरमा आए र नदी पार गर्ने समय पर्खंदै त्यहाँ पाल हालेर बसे।
2
तीन दिनपछि अगुवाहरू पालका बीचबाट गए
3
र मानिसहरूलाई भने, “जब तिमीहरूले पूजाहारीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक बोकेका देख्छौ, तब पाल उठाएर तिनीहरूको पछि लाग्नू।
4
तिमीहरू अघि यहाँ आएका थिएनौ र तिनीहरूले बाटो देखाउनेछन्। तर सन्दुकको छेउमा नजानू, त्यसको एक किलोमिटर जति पछि बस्नू।”
5
यहोशूले मानिसहरूलाई भने, “आफैंलाई चोख्याओ किनभने भोलि परमप्रभुले तिम्रा बीचमा उदेकका कामहरू गर्नुहुनेछ।”
6
त्यसपछि उनले पूजाहारीहरूलाई करारको सन्दुक बोकी मानिसहरूका अघि-अघि हिँड्न अह्राए। तिनीहरूले त्यसै गरे।
7
परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज म जे गर्नेछु, त्यसले गर्दा इस्राएलका मानिसहरूले तँलाई ठूलो मानिस भनी आदर गर्न थाल्नेछन् र मोशासँग झैँ म तँसित छु भनी थाहा पाउनेछन्।
8
करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई भन् कि नदीमा पुगेपछि तिनीहरू पानीमा पसी उभिऊन्।”
9
तब यहोशूले मानिसहरूलाई भने, “यहाँ आएर परमप्रभु तिम्राहरू परमेश्वर के भन्नुहुन्छ, सुन।
10
तिमीहरूका अघि बढ्दैजाँदा उहाँले निश्चय नै कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ। जीवित परमेश्वर हाम्रा बीचमा हुनुहुन्छ भनी
11
तिमीहरू त्यस बेला बुझ्नेछौ, जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दुक तिम्रा अघि-अघि यर्दन पार गरी जानेछ।
12
इस्राएलको प्रत्येक कुलबाट एकएक जना गरी बाह्र जना पुरुषहरू छान।
13
सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक बोक्ने पूजाहारीहरूले जब खुट्टा पानीमा हाल्छन्, यर्दन नदीको पानी थामिनेछ र एक ठाउँमा राश लागेर थुप्रिनेछ।”
14
[14-15] त्यो अन्न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्नेबित्तिकै
16
नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्न पूरा बन्द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके।
17
मानिसहरू ओबानो भूमिमा हिँडी नदी पार गर्दा करारको सन्दुक बोक्ने पूजाहारीहरू यर्दनका बीचमा सुख्खा ठाउँमा उभिए। सबै मानिसहरू पारी नतरून्जेल पूजाहारीहरू त्यहीँ उभिरहे।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24