bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 14
Joshua 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
1
अब लेखिएका कुरामा यर्दनको पश्चिममा रहेको कनान देश इस्राएलका मानिसहरूका बीचमा बाँडिएको वर्णन पाइन्छ। एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएली कुलका परिवार-परिवारका अगुवाहरूले त्यो देश जनसाधारणका बीचमा बाँडिदिएका थिए।
2
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यर्दनको पश्चिममा रहेको देश बाँकी रहेका ती नौ र आधा कुलहरूका बीचमा गोला हालेर बाँडियो।
3
[3-4] यर्दनको पूर्वपट्टिको देश मोशाले अघिबाटै अढाई कुलहरूका बीचमा बाँडिसकेका थिए। (योसेफका सन्तान दुई कुल मनश्शे र एफ्राइममा बाँडिदिएका थिए।) तब मोशाले लेवीहरूलाई त्यो देशको कुनै पनि भाग दिएनन्। त्यसका सट्टामा तिनीहरूलाई बस्नको लागि सहरहरू र तिनका गाई-गोरु र भेडाहरूको लागि चरन दिए।
5
परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलका मानिसहरूले देश बण्डा लगाए।
6
एक दिन यहूदा कुलका केही मानिसहरू गिलगालमा यहोशूकहाँ आए। तिनका बीचबाट एक जना कनज्जी यपुन्नेको छोरो कालेबले उनलाई भने, “परमेश्वरका भक्त जन मोशालाई परमप्रभुले कादेश-बर्नेमा म र तपाईंबारे के भन्नुभयो, सो तपाईं जान्नुहुन्छ।
7
परमप्रभुको सेवक मोशाले मलाई कादेश-बर्नेबाट यस देशको भेद लिन पठाउँदा मेरो उमेर चालीस वर्ष थियो। मैले तिनलाई आफ्नो सत्य बयान ल्याइदिएँ।
8
तरै पनि मसँग जाने मानिसहरूले हाम्रा मानिसहरूलाई डरमा पारे। तर मैले विश्वाससाथ परमप्रभु मेरा परमेश्वरको आज्ञा मानें।
9
मैले त्यसो गरेको हुनाले मोशाले मलाई प्रतिज्ञा गरेका थिए कि मैले पाइला टेकेको देश निश्चय म र मेरा सन्तानले सम्पत्तिका रूपमा पाउनेछौं।
10
तर अहिले हेर्नुहोस्, परमप्रभुले मोशालाई त्यसो भन्नुभएको पैँतालीस वर्ष भइसक्यो। त्यो बेला इस्राएलीहरू उजाड-स्थानका बीच नै घुमफिर गरिरहेका थिए। त्यसपछि आजसम्म परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार मलाई जिउँदै राख्नुभएको छ। मलाई हेर्नुहोस्! म पचासी वर्ष पुगिसकें
11
अनि मोशाले पठाउँदा जति बलियो थिएँ, आज म उत्तिकै बलियो छु। लडाइँको निम्ति बाहिर जानलाई मेरो ताकत त्यस बेला जति थियो, अहिले पनि त्यतिकै छ
12
र अब मलाई त्यो पहाडी देश दिनुहोस्, जुन परमप्रभुले म र मेरा मानिसहरूले आफ्नो बयान दिएको दिन मलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। हामीले त्यस बेला तपाईंहरूलाई भनेका थियौं कि अनाकी भनिने दैँत्यहरू जस्ता त्यहाँ ठूल्ठूला पर्खाल लाएका सहरहरूमा बस्दथे। हुन सक्छ परमप्रभु मसँग रहनुहुनेछ र उहाँको वचनअनुसार म तिनीहरूलाई धपाउनेछु।”
13
यहोशूले यपुन्नेको छोरो कालेबलाई आशीर्वाद दिए र हेब्रोन सहर उनको सम्पत्तिको रूपमा दिइहाले।
14
हेब्रोन अझ पनि कनज्जी यपुन्नेको छोरा कालेबका सन्तानका हातमा छ किनकि उनले विश्वासयोग्यसाथ परमप्रभु इस्राएलका परमेश्वरको आज्ञापालन गरेका थिए।
15
त्यसअघि हेब्रोनलाई किर्यत-अर्बाको सहर भनिन्थ्यो। (अर्बा अनाकीहरूमध्ये सबैभन्दा महान् थियो।) त्यसपछि देशमा शान्ति भयो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24