bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 22
Joshua 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 23 →
1
त्यसपछि यहोशूले रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूलाई एक ठाउँमा भेला गरे।
2
उनले तिनीहरूलाई भने, “परमप्रभुका सेवक मोशाले आज्ञा गरेका सबै काम तिमीहरूले सक्यौ र मेरो पनि सबै आज्ञापालन गर्यौ।
3
यति दिन तिमीहरूले आफ्ना इस्राएली बन्धुहरूलाई कहिल्यै त्यागेनौ। तिमीहरूले होशियारीसित परमप्रभु आफ्ना परमेश्वरका आज्ञाहरू पालन गर्यौ।
4
अब परमप्रभु तिम्रा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा इस्राएली बन्धुहरूलाई शान्ति दिनुभएको छ। यसकारण अब घर फर्केर तिमीहरूले आफ्ना अधीनमा गरेका ठाउँमा, जुन परमप्रभुका सेवक मोशाले तिमीहरूलाई यर्दनका पूर्वपट्टि दिएका थिए, त्यहाँ जाओ।
5
मोशाले आज्ञा गरेका नियमहरू मान्ने पक्का निश्चय गर। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, उहाँका इच्छा र आज्ञाहरू पालन गर, उहाँका विश्वासयोग्य प्रजा बन र आफ्ना पूरा हृदय र प्राणले उहाँको सेवा गर।”
6
[6-8] यहोशूले तिनीहरूलाई आशीर्वाद दिई यसो भनी पठाए, “तिमीहरू अति धनी भई धेरै गाई-वस्तु, चाँदी, सुन, काँसा, फलाम र लुगाफाटाहरू साथमा लिई घर फर्कंदै छौ। तिम्रा शत्रुहरूबाट लिएका जति कुरा छन्, ती आफ्ना कुलका भाइ-बन्धुहरूसित बाँडचुँड गर।” त्यसपछि तिनीहरू घर फर्के। मनश्शेका आधा कुललाई मोशाले यर्दनका पूर्वमा ठाउँ दिएका थिए तर अर्को आधा कुललाई चाहिँ यहोशूले यर्दनका पश्चिममा अरू कुलहरूसित ठाउँ दिएका थिए।
9
यसकारण रूबेन, गाद र पूर्वी-मनश्शे कुलका मानिसहरू घर फर्के। इस्राएलका बाँकी मानिसहरूलाई कनान देशको शीलोमा छोडेर तिनीहरू आफ्ना देश गिलादतिर लागे। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले गिलादको भूमि आफ्ना अधीनमा लिएका थिए।
10
जब रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरू यर्दनको पश्चिम किनारको गलीलोतमा आइपुगे, तिनीहरूले नदीको छेउमा एउटा धेरै ठूलो वेदी बनाए।
11
इस्राएलका बाँकी मानिसहरूलाई यसरी भनियो, “सुन! रूबेन, गाद र पूर्वी मनश्शे कुलका मानिसहरूले तिमीहरूपट्टि यर्दनछेउका गलीलोतमा एउटा वेदी बनाएका छन्!”
12
यो कुरा सुनेर इस्राएलका सारा जन-समुदाय पूर्वी कुलहरूसित लडाइँ गर्न शीलोमा भेला भए।
13
तब इस्राएलका मानिसहरूले पूजाहारी एलाजारको छोरा पीनहासलाई गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूकहाँ पठाए।
14
पीनहाससित हरेक पश्चिमी कुलको लागि एक जना गरेर दश जना मुख्य व्यक्तिहरू पनि गए। तिनीहरू भिन्न-भिन्न गोत्रका परिवारका प्रधानहरू थिए।
15
तिनीहरू गिलाद देशमा रूबेन, गाद र पूर्वी-मनश्शेका मानिसहरूकहाँ आए
16
र परमप्रभुका सम्पूर्ण मानिसहरूका पट्टिबाट तिनीहरूलाई भने, “किन तिमीहरूले इस्राएलका परमेश्वरको विरुद्धमा यो दुष्कर्म गर्यौ? आफ्नै लागि यो वेदी बनाएर तिमीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेका छौ। तिमीहरूले अब उहाँलाई मान्न छोडेछौ!
17
के हामीले पोरमा गरेको पाप याद छ, जब परमप्रभुले महामारी पठाएर आफ्ना मानिसहरूलाई सजायँ दिनुभएको थियो। हामीले अझै त्यसको पीर भोगिरहेका छौं। के त्यो पाप सानो थियो र?
18
के अब तिमीहरू उहाँलाई मान्न अस्वीकार गर्ने? आज तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोह गर्छौ भने भोलि इस्राएलका हरेक व्यक्तिसँग उहाँ रिसाउनुहुनेछ।
19
यसकारण अब यदि तिमीहरूको देशमा आराधना गर्न उचित हुँदैन भने परमप्रभुको देशमा उहाँको पवित्र पाल भएको ठाउँमा आओ। हाम्रा बीचबाट केही जग्गा माग। तर परमप्रभु हाम्रा परमेश्वरको वेदीमाथि अर्को एउटा वेदी बनाएर परमप्रभुको विरुद्धमा विरोध नगर वा हामीलाई विरोधी नबनाओ।
20
याद राख कि कसरी जेरहको छोरो आकानले परमप्रभुले नाश पार्न आज्ञा गर्नु भएका थोकहरूका सम्बन्धमा दिइएको आज्ञापालन गर्न अस्वीकार गर्दा त्यसको दण्ड सारा इस्राएलका जन-समुदायमाथि परेको थियो। आफ्नो पापले आकान मात्र एक्लै मरेन।”
21
रूबेन, गाद र पूर्वी-मनश्शे कुलहरूका मानिसहरूले पश्चिमी कुलका परिवारहरूका प्रधानहरूलाई भने,
22
“परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! उहाँले जान्नुहुन्छ कि किन हामीले यो काम गर्यौं र हामी चाहन्छौं कि त्यो तिमीहरूले पनि जान! यदि हामीले विद्रोह गरेर परमप्रभुसित विश्वास राखेका छैनौं भने हामीलाई अब जीवित रहन नदेओ!
23
यदि हामीले परमप्रभुको आज्ञा तोडेका छौं र होमबलि गर्न वा अन्नबलि वा मेलबलि चढाउनलाई आफ्नै वेदी बनाएका हौं भने परमप्रभु आफैंले हामीलाई दण्ड देऊन्!
24
त्यसो होइन! आउँदा दिनमा तिम्रा सन्तानले हाम्रा सन्तानलाई यसो भन्ने छन् कि भन्ने डर छ— ‘इस्राएलका परमेश्वर परमप्रभुसित तिमीहरूको के काम छ र?
25
उहाँले यर्दनलाई हामी र रूबेन र गादका मानिसका बीचमा सिमाना बनाउनुभयो। अब परमप्रभुसित तिमीहरूको केही काम छैन।’ त्यस बेला तिम्रा सन्तानले हाम्रा सन्तानलाई परमप्रभुको आराधना गर्न बन्द गर्न लगाउलान्। त्यसैकारण हामीले यसो गरेका हौं।
26
यसकारण हामीले वेदी बनायौं, होमबलि गर्न वा भेटी चढाउन भनी होइन;
27
तर त्यसका सट्टामा तिम्रा र हाम्रा सन्तानका बीच, पुस्ता-पुस्तासम्म, हामीले साँच्चै होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुलाई उहाँको पवित्र पालअघि पुज्दछौं भनी बुझाउनलाई चिन्हको रूपमा यो हामीले बनाएका हौं। पछि तिम्रा सन्तानले हाम्रा सन्तानलाई ‘तिमीहरूको परमप्रभुसित केही काम छैन’ भन्न नपाऊन् भनी यो गरेका हौं।
28
हाम्रो विचार यो थियो कि आउँदा दिनहरूमा कतै त्यसो भइगयो भने हाम्रा सन्तानले यसो भन्न सक्छन्, ‘हेर! हाम्रा पिता-पुर्खाले परमप्रभुको वेदीजस्तै एउटा वेदी बनाए। त्यो होमबलि वा बलिदान चढाउनलाई होइन तर तिम्रा र हाम्रा मानिसहरूका बीचमा एउटा चिन्हको रूपमा छ।’
29
अवश्य हामी परमप्रभुको विरुद्धमा विद्रोह गर्दैनौं न त होमबलि गर्न वा अन्नबलि वा मेलबलि चढाउनलाई अर्कै वेदी बनाएर उहाँलाई मान्न छोड्नेछौं। परमप्रभु हाम्रा परमेश्वरको वेदी, जुन उहाँको पवित्र पालको सामुन्नेमा खडा छ, त्योबाहेक अरू कुनै वेदी हामी बनाउँदैनौं।”
30
पूजाहारी पीनहास र तिनीसँग भएका पश्चिमी कुलका परिवारहरूका प्रधान, जो समाजका दश जना मुख्य मानिसहरू थिए, रूबेन, गाद र पूर्वी मनश्शेका कुलका कुरा सुनी सन्तुष्ट भए।
31
पूजाहारी एलाजारको छोरो पीनहासले तिनीहरूलाई भने, “परमप्रभु हामीसित हुनुहुन्छ भनी अब हामीले थाहा पायौं। तिमीहरूले उहाँसित विद्रोह गरेका छैनौ र इस्राएलका मानिसहरूलाई परमप्रभुको दण्डबाट बचाएका रहेछौ।”
32
त्यसपछि पीनहास र ती अगुवाहरू रूबेन र गादका मानिसहरूलाई गिलाद देशमा छोडिराखेर कनानमा इस्राएलका मानिसकहाँ गए र तिनीहरूलाई आफ्नो बयान दिए।
33
इस्राएलीहरू सन्तुष्ट भए र परमप्रभुको प्रशंसा गरे। तिनीहरूले फेरि लडाइँ गरेर रूबेन र गाद कुलका मानिस बसेको ठाउँ ध्वस्त पार्ने कुरा कहिल्यै गरेनन्।
34
रूबेन र गादका मानिसहरूले “यस वेदीले परमप्रभु हाम्रा परमेश्वर को हुनुहुन्छ भनी साक्षी दिँदछ” भनेर त्यसको नाम ‘साक्षी’ राखे।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24