bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 19
Joshua 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
दोस्रो बण्डा शिमियोन कुलका परिवारहरूको निम्ति लगाइयो। त्यसको इलाका यहूदा कुललाई दिइएका ठाउँको इलाकाभित्र थियो।
2
त्योभित्र बेर्शेबा, शेबा, मोलादा,
3
हसर-शूआल, बाला, एसेम,
4
एल्तोलद, बतूल, होर्मा,
5
सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,
6
बेथ-लबाओत र शारूहेन, यी तेह्र वटा सहरहरू तिनका चारैपट्टिका गाउँहरूसहित थिए।
7
यी चार सहर— ऐन, रिम्मोन, एतेर र आशान पनि चारैपट्टिका गाउँहरूसहित थिए।
8
त्यसभित्र ती सहरका चारैपट्टिका गाउँहरू दक्षिणमा बालात-बेअर (अथवा रामा) सम्मै पर्थे। यही देश शिमियोन कुलका परिवारहरूले आफ्ना सम्पत्तिका रूपमा पाए।
9
यहूदाको भागमा दिइएको जग्गा तिनीहरूलाई चाहिँदो भन्दा धेरै थियो र त्यसको एक हिस्सा शिमियोन कुललाई दिइयो।
10
तेस्रो भाग जबूलून कुलका परिवारहरूलाई दिन लगाइयो। तिनीहरूले पाएको जमिन सारीदसम्म पुगेको थियो।
11
त्यहाँबाट सिमाना पश्चिमपट्टि मरलासम्म दब्बेशेत र योक्नामको पूर्वको खोला भएर जान्थ्यो।
12
सारीदको अर्कोपट्टि, त्यो पूर्वमा किस्लोथ-तबोरका सिमाना भएर दाबरत हुँदै यापीसम्म जान्थ्यो।
13
त्यहाँबाट त्यो पूर्व लागे गात-हेपेर र इथ-कासीन पुगी रिम्मोन जाने बाटोमा नेआ भएतिर गएको थियो।
14
उत्तरपट्टिको सिमाना हन्नतोनतिर गई यिप्ताहएल बेसीमा टुङ्गिन्थ्यो।
15
त्यसभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पर्थे। यी बाह्र सहरहरू चारैपट्टिका गाउँहरूसहित थिए।
16
यी सहर र गाउँहरू जबूलून कुलका परिवारहरूले सम्पत्तिको रूपमा पाएका देशभित्र पर्थे।
17
चौथो भाग इस्साखार कुलका परिवारहरूलाई दिन छुट्ट्याइयो।
18
यसका इलाकामा यिजरेल, कसुल्लोत, शूनेम,
19
हपरैम, शीओन, अनाहारत,
20
रब्बीत, किश्योन, एबेस,
21
रेमेत, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्दथे।
22
यो सिमाना तबोर, शहसूमा र बेथ-शेमेश हुँदै गएर यर्दनमा टुङ्गिन्थ्यो। त्यसभित्र सोह्र वटा सहरहरू तिनका छेउछाउका गाउँहरूसहित पर्दथे।
23
यी सहर र गाउँहरू इस्साखार कुलका परिवारहरूले आफ्नो सम्पत्तिको रूपमा पाएको देशभित्र पर्थे।
24
पाँचौँ भाग आशेर कुलका परिवारहरूलाई दिन छुट्ट्याइयो।
25
त्यसका इलाकामा हेल्कत, हली, बेतेन, अक्षाप,
26
अल्लम्मेलेक, अमाद र मिशाल पर्थे। पश्चिममा त्यसको सिमाना कर्मेल र शीहोर-लिब्नातसम्म पुग्थ्यो।
27
पूर्वपट्टिको सिमाना घुमेर बेथ-दागोनतिर गएर जबूलून र यिप्ताह-एलको बेसी हुँदै उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्थ्यो। त्यहाँबाट त्यो उत्तरतिरै काबूल,
28
एब्रोन, रहोब, हम्मोन र कना भएर महासीदोनसम्म जान्थ्यो।
29
त्यसपछि सिमाना रामातिर घुमेर पर्खाल लागेको टुरोस सहरमा पुग्थ्यो र त्यहाँबाट होसातिर घुमेर गई भूमध्य सागरमा टुङ्गिन्थ्यो। त्यसको सिमानाभित्र अक्जीब,
30
उम्मा, अपेक र रहोब पर्थे। यी बाईस सहरहरू छेउछाउका गाउँहरूसहित थिए।
31
यी सहरहरू र गाउँहरू आशेर कुलका परिवारहरूले सम्पत्तिको रूपमा पाएको देशभित्र थिए।
32
छैटौँ भाग नप्ताली कुलका परिवारहरूलाई दिन बण्डा गरियो।
33
त्यसको सिमाना हेलेपदेखि सानन्नीमका फलाँटको रूख अदामी-नेकेव र यब्नेल भएर लक्कूमसम्म गई यर्दनमा टुङ्गिन्थ्यो।
34
त्यहाँ सिमाना पश्चिममा अज्नोथ-तबोरतर्फ घुमेर हुक्कोक हुँदै दक्षिणमा जबूलूनसम्म, पश्चिममा आशेरसम्म र पूर्वमा यर्दनसम्म पुग्थ्यो।
35
पर्खाल हालेका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्कत, किन्नरेत,
36
अदामा, रामा, हासोर,
37
केदेश, एद्रेई, एन-हासोर,
38
यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यी उन्नाईस वटा सहरहरू चारैतिरका गाउँहरूसहित थिए।
39
यी सहरहरू र गाउँहरू नप्ताली कुलका परिवारहरूले सम्पत्तिको रूपमा पाएको देशभित्र थिए।
40
सातौँ भाग दान कुलका परिवारहरूलाई दिनको लागि अलग गरियो।
41
त्यसको इलाकाभित्र सोरा, एश्तोल, इर-शेमेश,
42
शालवीन, अय्यालोन, इत्ला,
43
एलोन, तिम्ना, एक्रोन,
44
एल्तके, गिब्बतोन, बालात,
45
यहूद, बने-बरक, गात-रिम्मोन,
46
मे-यरकोन, रक्कोन र योप्पाको चारैपट्टिका इलाका पर्थे।
47
दान कुलका मानिसहरूले आफ्ना भागको जमिन गुमाएपछि तिनीहरू लेशेममा गई त्यसलाई हमला गरे अनि त्यसलाई कब्जामा लिई त्यहाँका बासिन्दाहरूलाई मारे र त्यो सहर आफ्नै बनाए। त्यहाँ तिनीहरू बसोबास गर्न लागे र त्यस सहरको नाम लेशेमबाट साटेर आफ्ना पुर्खाको नामअनुसार दान राखे।
48
यी सहर र गाउँहरू दान कुलका परिवारहरूले सम्पत्तिको रूपमा पाएको देशभित्र पर्थे।
49
इस्राएलका मानिसहरूले देश बण्डा गरिसकेपछि त्यसको एक भाग नूनको छोरो यहोशूलाई निज सम्पत्ति बनाउनलाई दिए।
50
परमप्रभुले आज्ञा गर्नुभएअनुसार उनले मागेको सहर एफ्राइमको पहाडी देशमा भएको तिम्नथ-सेरह तिनीहरूले यहोशूलाई दिए। उनले त्यहाँ फेरि सहर बसाले र बसोबास गर्न लागे।
51
पूजाहारी एलाजार, नूनको छोरो यहोशू र इस्राएली कुलका परिवार-परिवारका अगुवाहरूले परमप्रभुको इच्छा बुझ्नलाई चिठ्ठा हालेर शीलोमा परमप्रभुको पवित्र पालको ढोकानिर देश बण्डा गरी यी भागहरू बाँडिदिए। यसरी तिनीहरूले देश बण्डा लाउने काम सिध्याए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24