bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 5
Joshua 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
1
परमप्रभुले सारा इस्राएलको मानिसहरू पार नभएसम्म यर्दन नदी सुख्खा पारिदिनुभएको कुरा यर्दनको पश्चिमका सबै एमोरी राजाहरू र भूमध्य सागरको किनारका राजाहरू सबैले सुने। तिनीहरू डराए र इस्राएलीहरूका कारणले आफ्नो साहस हराए।
2
परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शन ढुङ्गाका छुराहरू बनाई इस्राएलीहरूको खतना गर्।”
3
तब यहोशूले परमप्रभुको आज्ञाअनुसार गरे र खतनाको डाँडा भन्ने ठाउँमा इस्राएलीहरूको खतना गरे।
4
[4-6] जब इस्राएलका मानिसहरूले मिश्र छोडे, सबै पुरुषहरूका खतना भइसकेको थियो। तर उजाड-स्थान पार गर्नलाई तिनीहरूले बिताएका चालीस वर्षभरि जन्मेका बालकहरूको खतना भएको थिएन। त्यो समय बितिसक्दा जति जना पुरुषहरू मिश्रबाट निस्किआउँदा लडाइँ गर्ने उमेरका थिए, तिनीहरू सबै मरिसकेका थिए किनभने तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन्। उहाँले तिनीहरूलाई आफ्नो शपथअनुसार तिनीहरूका पुर्खालाई दिने प्रतिज्ञा गर्नुभएको धनी र मलिलो देश हेर्न दिनुभएन।
7
ती मानिसहरूका छोराहरूको खतना कहिल्यै भएको थिएन र यहोशूले तिनीहरूको खतना गराए।
8
खतना गरिसकेपछि घाउ निको नहोउन्जेल सारा जाति छाउनीमा नै बसे।
9
परमप्रभुले यहोशूलाई भन्नुभयो, “आज मैले तिमीहरूबाट मिश्रमा कमारा-कमारी रहेको निन्दा मेटाएको छु।” त्यसैकारण त्यस ठाउँको नाम गिलगाल राखियो, त्यो नाम अझसम्म चलेकै छ।
10
इस्राएलीहरू यरीहोको छेउ गिलगालको मैदानमा पाल टाँगेर बसेका बेलामा त्यस महिनाको चौधौँ दिन तिनीहरूले निस्तार-चाड मनाए।
11
भोलिपल्ट पहिलोचोटि तिनीहरूले कनानमा उब्जेको भोजन, अखमिरी रोटी र भुटेको अन्नका दाना खाए।
12
तब मन्न झर्न बन्द भयो र इस्राएलीहरूले त्यो फेरि खाएनन्। त्यस बेलादेखि तिनीहरूले कनानमा उब्जनी भएको खाना खान थाले।
13
यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?”
14
ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्टो परेर उनलाई दण्डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्छ?”
15
परमप्रभुका सेनाका सेनापतिले भने, “तेरा खुट्टाका चप्पल खोल्, तँ पवित्रस्थानमा उभिएको छस्।” यहोशूले त्यसै गरे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24