bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 18
Joshua 18
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
त्यो देश विजय गरिसकेपछि इस्राएलीहरूका सारा जन-समुदाय शीलोमा भेला भए र परमप्रभुको पवित्र पाल खडा गरे।
2
अझै इस्राएलीहरूमध्ये सात कुल बाँकी थिए, जसले देशको आ-आफ्ना भाग पाएका थिएनन्।
3
यसकारण यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति बेलासम्म पर्खने?
4
हरेक कुलबाट तीन-तीन जना गरी पुरुषहरू मकहाँ आऊन्। म तिनीहरूलाई सारा देशभरि पठाउनेछु र तिनीहरू गई आफ्ना अधिकारमा लिने इलाकाहरू नाप-जोख गरी तिनीहरू मकहाँ फर्की आउनेछन्।
5
त्यो भूमि सात भाग गरेर तिनीहरूका बीच बण्डा गरिनेछ। यहूदा र योसेफ दक्षिण र उत्तरमा आ-आफ्नो ठाउँमा रहनेछन्।
6
यी सात भागको बयान लेखी मकहाँ लिई आओ र परमप्रभु हाम्रा परमेश्वरको इच्छा बुझ्नलाई म चिठ्ठा हाल्नेछु।
7
तिमीहरूसित लेवीहरूले जमिनबाट केही भाग पाउनेछैनन् किनभने परमप्रभुका पूजाहारी भई सेवा गर्नु नै तिनीहरूको अधिकारको कुरो हो। अनि गाद, रूबेन र पूर्वका आधा मनश्शे कुलहरूले यर्दनको पूर्वमा आ-आफ्ना जग्गा पाइसकेका छन्, जुन परमप्रभुका सेवक मोशाले तिनीहरूलाई दिएका थिए।”
8
यहोशूले यस्तो आदेश दिएपछि मानिसहरू देश घुमेर हेर्न र त्यसको बयान लेख्न हिंडे। आदेशमा यो भनिएको थियो— “सारा देश घुमेर हेर, त्यसको बयान लेख र मकहाँ फर्की आओ अनि यहाँ शीलोमा म चिठ्ठा हाली तिमीहरूको लागि परमप्रभुको इच्छा बुझ्नेछु।”
9
यसर्थ मानिसहरू गएर देशभरि घुमेर हेरे र देश कसरी सात भागमा बण्डा गर्ने हो, सो बयान गरी लेखे र सहरहरूको एउटा सूची बनाए।
10
त्यसपछि तिनीहरू यहोशूकहाँ शीलोमा फर्केर गए। यहोशूले चिठ्ठा हालेर परमप्रभुको इच्छा बुझे र बाँकी रहेका हरेक कुललाई त्यस इलाकाको एक-एक भाग दिए।
11
बेन्यामीन कुलका परिवारहरूका भागमा परेको जमिन पहिलो बण्डा लगाइयो। तिनीहरूका भागका जमिन यहूदा र योसेफका कुलहरूका माझमा पर्यो।
12
उत्तरमा तिनीहरूको सिमाना यर्दनमा सुरु भई, यरीहोको उत्तरपट्टि उकालो लागी पश्चिमतिरको पहाडी देश उक्लँदै बेथ-आवनको उजाड-स्थानमा पुग्थ्यो।
13
त्यसपछिको सिमाना लूजको (जसलाई बेथेल पनि भन्दछ) दक्षिणपट्टि उकालो जान्थ्यो र त्यहाँबाट ओह्रालो लागी तल्लो बेथ-होरोनको दक्षिणमा भएको पहाडमाथि अतारोत-अद्दारमा पुग्थ्यो।
14
त्यहाँदेखि सिमाना अर्को दिशातिर घुम्थ्यो, त्यस पहाडको पश्चिमपट्टिबाट दक्षिणतर्फ घुमी त्यो यहूदा कुलका अधिकारमा भएको किर्यत-बाल (अथवा किर्यत-यारीम) सम्म पुग्थ्यो। पश्चिम सिमाना त्यही थियो।
15
दक्षिणको सिमाना किर्यत-यारीमको किनारामा सुरु भई नेप्तोहका मुहानमा पुग्थ्यो।
16
ओह्रालो पहाडको फेदीसम्म जान्थ्यो जहाँबाट रपाईहरूका बेसीका उत्तर कुनामा भएको बेन-हिन्नोमको बेसी देखिन्थ्यो। त्यसपछि त्यो बेन-हिन्नोमका बेसीबीच भएर दक्षिणतर्फ लाग्थ्यो र यबूसी-डाँडाको दक्षिण हुँदै एन-रोगेलतिर जान्थ्यो।
17
तब त्यो उत्तरपट्टि एन-शेमेशतिर घुमेर जान्थ्यो र अदुम्मीमको घाटीको सामुन्ने रहेको गलीलोतमा निक्लन्थ्यो। त्यसपछि त्यो बोहनको ढुङ्गातिर झर्थ्यो (बोहन रूबेनको छोरो थियो)
18
र डाँडाको उत्तरपट्टि लाग्थ्यो, जुन डाँडाबाट यर्दन बेसी देखिन्थ्यो। त्यहाँबाट सिमाना बेसीमा पुग्थ्यो
19
र बेथ-होग्ला डाँडाको उत्तर भएर गई मृत सागरका उत्तरमा जहाँ यर्दन नदी सागरमा पस्थ्यो, त्यहाँ गई टुङ्गिन्थ्यो। त्यो दक्षिण सिमाना थियो।
20
पूर्वको सिमानामा यर्दन नदी पर्थ्यो। बेन्यामीन कुलका परिवारहरूले आफ्ना अधिकारमा पाएका देशको सिमाना यिनै थिए।
21
बेन्यामीन कुलका परिवारहरूका सहरहरू यी थिए— यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
22
बेथ-अराबा, समारैम, बेथेल,
23
अब्बीम, पारा, ओप्रा,
24
कपर-अमोनी, ओप्नी र गेबा। यी बाह्र वटा सहरहरू तिनका चारैतिर भएका गाउँहरूसहित थिए।
25
तीबाहेक गिबोन, रामा, बेरोत,
26
मिस्पा, कपीरा, मोशा,
27
रेकेम, यिर्पल, तरला,
28
सेलाह, एलेप, यबूसी (अथवा यरूशलेम), गिबा र किर्यत-यारीम, यी चौध सहरहरू तिनका चारैपट्टि भएका गाउँहरूसहित थिए। बेन्यामीन कुलका परिवारहरूले आफ्ना सम्पत्तिका रूपमा पाएको देश यही हो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24