bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 8
Joshua 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
परमप्रभुले यहोशूलाई भन्नुभयो, “सारा सेना लिएर ऐमाथि आक्रमण गर्। नडरा वा निराश नहो। म तँलाई ऐका राजा, त्यसका प्रजा र सहरमाथि विजय दिनेछु र त्यो देश तेरो हातमा पर्नेछ।
2
यरीहो र त्यसका राजालाई जे गरेको थिइस्, त्यस्तै ऐ र त्यसका राजालाई गर्नू। तर यसपालि त्यहाँका सर-सामान र गाई-वस्तु आफ्नो लागि राख्नू। त्यस सहरमाथि थाहा नदिई झुक्याएर पछिल्लो पट्टिबाट हमला गर्ने तयारी गर्।”
3
यसकारण सारा सेना लिई ऐमा जानलाई यहोशू तयार भए। उनले आफ्ना सबैभन्दा असल-असल सेनाका दलबाट तीस हजार योद्धालाई छाने
4
र यस्तो आज्ञा गरी राती तिनीहरूलाई पठाए, “सहरको पल्लोपट्टि गई लुक्नू तर साह्रै टाढै त होइन र हमला गर्न तयार बस्नू।
5
म र मेरा मानिस सहरका छेउमा आउनेछौं। जब ऐका मानिसहरू हाम्रा विरुद्धमा निस्किआउनेछन् हामी पहिले भागेझैँ फर्केर भाग्नेछौं।
6
तिनीहरूले हामीलाई खेद्नेछन् र त्यसरी हामी तिनीहरूलाई सहरदेखि टाढै पुर्याउनेछौं। पहिलेजस्तै हामी तिनीहरूदेखि भाग्दै छौं भनी तिनीहरूले सोच्नेछन्।
7
त्यति बेला तिमीहरू लुकेका ठाउँबाट निक्लेर आई सहर कब्जा गरिहाल्नू। परमप्रभु तिम्रा परमेश्वरले त्यो सहर तिमीहरूलाई दिनुहुनेछ।
8
सहर कब्जा गरेपछि परमप्रभुको आज्ञाअनुसार त्यसलाई आगो लाइदिनू। तिमीहरूलाई यही आज्ञा छ।”
9
यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्ने ठाउँमा गई पर्खिबसे। त्यो ठाउँ ऐको पश्चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्यो। यहोशूले त्यो रात छाउनीमा नै बिताए।
10
भोलिपल्ट बिहानै उठेर यहोशूले सिपाहीहरूलाई भेला गरे। त्यसपछि तिनले र इस्राएलका अगुवाहरूले सिपाहीहरूलाई लिई ऐ सहरमा गए।
11
तिनीसँग भएका सिपाहीहरू सहरका मूल-ढोकातिर गए र उत्तरपट्टि छाउनी हाले। तिनीहरू र ऐ सहरका बीचमा बेसी थियो।
12
प्राय: पाँच हजार मानिसहरूलाई लगेर तिनी ऐ र बेथेलका बीचमा सहरको पश्चिमपट्टि लुकाएर राखे।
13
लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्चिमपट्टि राखे। त्यो रात यहोशूले बेसीमा बिताए।
14
ऐका राजाले यहोशूका सेनालाई देख्नासाथ तुरुन्तै तयारी गरे। तिनी आफ्ना सारा सेनासाथ त्यो अगाडिको ठाउँमा नै इस्राएलीहरूसित लड्न अघि बढे। पछिबाट आफूमाथि आक्रमण हुनेछ भनी उनलाई थाहै भएन।
15
यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए।
16
सहरका सबै पुरुषहरूलाई तिनीहरूको पछि लाग्ने आज्ञा भएको थियो। तिनीहरू यहोशूलाई खेद्दै जाँदा सहरदेखि टाढा हुँदैगए।
17
ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्यसको रक्षा गर्ने कोही भएन।
18
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो भाला ऐतिर ताकेर उचाल्, म त्यो सहर तेरा हातमा दिँदै छु।” यहोशूले त्यसै गरे।
19
उनले हात उचाल्ने बित्तिकै लुकिबसेका सिपाहीहरू निस्केर सहरमा पसे र त्यसलाई कब्जामा लिए। तुरुन्तै सहरमा डढेलो लगाइदिए।
20
ऐका पुरुषहरूले फर्केर हेर्दा धुवाँ आकाशतिर उठिरहेको देखे। तिनीहरूको भाग्ने केही उपाय थिएन किनभने उजाड-भूमितिर दगुरी गएका इस्राएलीहरूले फर्केर तिनीहरूलाई हमला गर्न लागे।
21
अर्को दलले सहर कब्जा गरी डढेलो लाइदिएको देखी यहोशू र तिनका मानिसले फर्केर ऐका मानिसहरूलाई मार्न थाले।
22
सहरमा पुगेका इस्राएलीहरू लडाइँ गर्न ओर्ली आए। यसरी ऐका पुरुषहरू सम्पूर्ण इस्राएलीहरूका घेरामा परे र मारिए। कोही पनि भाग्न पाएनन्
23
र ऐका राजाबाहेक अरू कोही बाँच्न सकेन। तिनलाई पक्रेर यहोशूका सामुन्ने लगे।
24
आफूले खेदिलगेका उजाड-भूमिमा इस्राएलीहरूले शत्रुहरूलाई एक-एक गरी मारे। त्यसपछि तिनीहरू फर्केर ऐमा गए र त्यहाँ भएका सबैलाई मारे।
25
[25-26] यहोशूले आफ्नो भाला ऐतिर ताकेर उचालिराखे। त्यहाँ भएका सबै मानिसहरू नमारेसम्म तिनले भाला तल झारेनन्। त्यो दिन ऐका सबै बासिन्दाहरू बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।
27
परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार इस्राएलीहरूले सहरमा हात पारेका गाई-वस्तु र सामानहरू आ-आफ्ना निम्ति राखे।
28
यहोशूले ऐलाई आगोले भस्म गरेर छोडे। त्यो आजसम्म त्यस्तै ध्वस्त छ।
29
तिनले ऐका राजालाई एउटा रूखमा झुन्डाएर साँझसम्म त्यतिकै छोडिराखे। घाम अस्ताउँदा तिनले राजाको लाश हटाउने आज्ञा दिए र तिनीहरूले लाश सहरको ढोकामा फ्याँकिदिए अनि थुप्रै ढुङ्गाहरूको राशले लाश ढाकिदिए र त्यो ढुङ्गाको थुप्रो आजसम्म त्यहाँ छँदैछ।
30
त्यसपछि यहोशूले एबाल पहाडमा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा वेदी बनाए।
31
त्यो वेदी परमप्रभुको सेवक मोशाले इस्राएलीहरूलाई दिएका आदेशहरूअनुसार तिनले कहिल्यै फलामले नछोएका ढुङ्गाले बनाए। मोशाको व्यवस्थामा भनेअनुसार त्यस वेदीमा तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।
32
त्यहाँ यहोशूले इस्राएलीहरूका आँखा सामुन्ने पत्थरमा खोपेर मोशाले लेखेका नियमहरूको नक्कल बनाए।
33
इस्राएलीहरू, तिनका अगुवा, भारदार, न्यायकर्ताहरू र आफ्ना बीचमा बास गर्ने विदेशीहरूसमेत परमप्रभुको करारको सन्दुकका दुईपट्टि, सन्दुक बोक्ने लेवी पूजाहारीहरूका सामुन्ने उभिए। आधाजसो मानिसहरू आफ्ना पिठ्युँ गीरीज्जीम पहाडतिर फर्काएर उभिए र अर्को आधाजसोचाहिँ पिठ्युँ एबाल पहाडतिर फर्काई उभिए। आशिष् थाप्ने समयमा त्यसो गर्न परमप्रभुका सेवक मोशाले तिनीहरूलाई आज्ञा गरेका थिए।
34
तब यहोशूले सम्पूर्ण नियमहरू, तिनका आशिष् र सरापहरूसमेत पवित्र नियमको पुस्तकमा लेखेअनुसार उच्च सोरले पढे।
35
सारा जन-समूह, जसमा स्त्री, छोरा-छोरीहरू र तिनका माझमा बास गर्ने विदेशीहरू पनि थिए, तिनीहरूलाई यहोशूले मोशाका सम्पूर्ण आज्ञाहरू पढेर सुनाए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24