bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 6
Joshua 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
इस्राएलीहरू पस्न नसकून् भनेर यरीहोका ढोकाहरू बन्द गरी राखिन्थे। कोही भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
2
परमप्रभुले यहोशूलाई भन्नुभयो, “यरीहो त्यसका राजा र साहसी लडाकुहरूसहित म तेरा हातमा दिँदछु।
3
दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू।
4
सात जना पूजाहारीहरू हातमा तुरही लिएर करारको सन्दुकको अघि-अघि हिँडून्। सातौँ दिन तँ र तेरा सैनिकहरू सातपल्ट सहरको फेरो लाएर घुम्नू अनि पूजाहारीहरूले चाहिँ तुरही फुकून्।
5
त्यसपछि तिनीहरूले तुरही धेरै बेरसम्म फुक्नेछन्, त्यो सुन्ने बित्तिकै सबै जना जोडसित चिच्च्याऊन् अनि सहरका पर्खालहरू ढल्नेछन्। त्यसपछि सारा सेना सिधै सहरभित्र पसून्।”
6
यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दुक बोक अनि तिमीहरू सात जनाचाहिँ तुरही बोकेर अघिअघि जाओ।”
7
तब उनले आफ्ना मानिसहरूलाई सहरका चारैपट्टि फेरो मार्न लाए साथै परमप्रभुको करारको सन्दुकको अघिअघि एक दल सेना हिँड्ने आज्ञा दिए।
8
[8-9] यसकारण यहोशूले आज्ञा गरेअनुसार तुरही फुक्ने पूजाहारीहरूका अघिअघि एक दल सैनिक हिंड्यो। तिनको पछि करारको सन्दुक बोक्ने पूजाहारीहरू गए र अन्तमा फेरि अर्को एक दल सैनिक पछिपछि हिँड्यो। त्यस समय तुरही बजिरहेको थियो।
10
तर यहोशूले आफ्ना मानिसहरूलाई नकराउनू र मैले नभनेसम्म एक वचन पनि नबोल्नू भनी आज्ञा गरेका थिए।
11
यसरी उनले त्यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्दुक एकपल्ट सहरको फेरो लाएर घुमाउन लाए। त्यसपछि तिनीहरू छाउनीमा फर्के र त्यहाँ रात काटे।
12
[12-13] भोलिपल्ट यहोशू बिहान सबेरै उठे र अघिल्लो दिनजस्तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्यसपछि तुरही फुक्ने सात जना पूजाहारीहरू, त्यसपछि करारको सन्दुक बोक्ने पूजाहारीहरू र अन्तमा पछि-पछि आउने सैनिक दल गए। त्यति बेला तुरही बजिरहेको थियो।
14
दोस्रो दिन पनि तिनीहरूले एकपल्ट सहरको फेरो मारे र छाउनीमा फर्की गए। तिनीहरूले छ दिनसम्म यसरी नै गरे।
15
सातौँ दिन तिनीहरू मिरमिरेमै उठे र त्यही प्रकारले सातपल्ट सहरको फेरो लाए, त्यस दिन मात्र तिनीहरू सातपल्ट सहरको फेरो मारेर घुमे।
16
सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्न लागेका थिए, यहोशूले आफ्ना मानिसहरूलाई सोर मच्चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ।
17
यो सहर र यसमा भएका सबै थोक परमप्रभुलाई चढाएर पूरा नाश पारिनुपर्छ। राहाब वेश्या र त्यसका घर र कुटुम्ब मात्र बचाइनेछन् किनभने त्यसले हाम्रा जासूसलाई लुकाईदिएकी थिई।
18
तर नाश गरिनुपर्ने केही थोक तिमीहरूले नलिनू, केही लियौ भने तिमीहरूले इस्राएली छाउनीमा कष्ट र विनाश ल्याउनेछौ।
19
चाँदी, सुन, काँसा र फलामले बनेका हरथोक परमप्रभुको निम्ति अलग गरिनुपर्नेछ। ती परमप्रभुको भण्डारमा जानेछन्।”
20
त्यसरी पूजाहारीहरूले तुरही फुके। त्यो सुन्ने बित्तिकै मानिसहरू जोडले चिच्याए र सहरका पर्खालहरू ढले। त्यसपछि सारा सेना सीधै सहरमा पसे र त्यसलाई कब्जा गरे।
21
तरवारले सहरमा भएका पुरुष, स्त्री, जवान, केटाकेटी, बुढा-पाका सबैलाई तिनीहरूले मारे। तिनीहरूले गाई-बस्तु, भेडा, गधाहरू पनि जीवित छोडेनन्।
22
तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ र आफ्ना प्रतिज्ञाअनुसार त्यसलाई घरको परिवारसमेत लिएर आओ।”
23
तिनीहरू गएर राहाब, त्यसका आमा-बुबा, दाजु-भाइ र अरू बाँकी परिवार सबैलाई लिई आए। त्यसका परिवारका सबै कुटुम्ब इस्राएली छाउनीको नजिकमा सुरक्षासाथ राखिए।
24
त्यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्डारमा ल्याए र तीबाहेक अरू सबै थोक भस्म गरिदिए।
25
तर यहोशूले राहाब वेश्या र त्यसका सारा कुटुम्बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्यसले लुकाइदिएकी थिइन्। (आजसम्म तिनका सन्तानले इस्राएलमा बास गरेका छन्।)
26
त्यति बेला यहोशूले एउटा ठूलो चेतावनी दिए, “कसैले यरीहो सहरलाई फेरि बनाउने चेष्टा गर्यो भने त्यसमाथि परमप्रभुको सराप पर्नेछ। “जसले त्यसको जग बसाल्छ, त्यसको जेठो छोरो मर्नेछ, जसले त्यसको ढोका बनाउँछ, त्यसको कान्छो छोरो मर्नेछ।”
27
यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24