bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 10
Joshua 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
1
यहोशूले यरीहो र त्यसका राजालाई झैँ ऐ र त्यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने।
2
त्यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्यो ऐभन्दा ठूलो थियो र त्यहाँका मानिसहरू असल लडाकु थिए।
3
यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरकहाँ यस्तो खबर पठाए,
4
“आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्यहाँका बासिन्दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।”
5
यी पाँच एमोरी राजाहरू, यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले आ-आफ्ना सेना एकै गरी मिलाए, गिबोनलाई घेरामा पारे र त्यसमाथि आक्रमण गरे।
6
गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्याग्नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!”
7
यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे।
8
परमप्रभुले यहोशूलाई भन्नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्नेछैन।”
9
यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे।
10
एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्केदासम्म हमला गरेर खेदे।
11
इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्म नै ठूला-ठूला असिनाको वर्षाले चुट्नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए।
12
परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँ अय्यालोन बेसीमाथि, अडेर बस्!”
13
इस्राएली जातिले आफ्ना शत्रुलाई विजय नगरेसम्म सूर्य अडिरह्यो अनि चन्द्र रोकियो। यो याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्यो र एक दिनभरि अस्ताएन।
14
त्यसको अघि वा पछि कहिल्यै पनि त्यस्तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो!
15
त्यसपछि यहोशू र उनका सेना आफ्ना छाउनी गिलगालमा फर्की गए।
16
ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्केदाका ओडारमा लुके।
17
कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए।
18
उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख।
19
तर तिमीहरू आफैं त्यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्ना सहरमा पुग्न नदेओ! परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।”
20
यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्।
21
त्यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्यस देशका कसैले केही भन्ने आँट गरेन।
22
यहोशूले भने, “ओडारको मुख खोलेर ती पाँच राजाहरूलाई मकहाँ ल्याओ।”
23
ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूलाई बाहिर निकालियो।
24
अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्न लाए। तिनीहरूले त्यसै गरे।
25
तब यहोशूले अधिकृतहरूलाई भने, “नडराओ अनि हताश नहोओ। साहस गर र भरोसा राख किनभने तिम्रा सबै शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुनेछ।”
26
त्यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्डाए। त्यहाँ तिनका लाश साँझसम्म झुण्डिरहे।
27
घाम अस्ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्याँकिदिए। ओडारको मुखमा ठूल्ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्म त्यहीँ छन्।
28
त्यस दिन यहोशूले हमला गरी मक्केदा र त्यसका राजालाई कब्जा गरे। सहरमा भएका हरेकलाई तिनले मारे, कोही जिउँदो छोडिएन। तिनले यरीहोका राजालाई गरेझैँ मक्केदाका राजालाई पनि गरे।
29
त्यसपछि यहोशू र तिनका सेना मक्केदाबाट लिब्ना गए र त्यसलाई आक्रमण गरे।
30
परमप्रभुले त्यस सहर र त्यसका राजामाथि पनि इस्राएलीहरूलाई विजय दिनुभयो। तिनीहरूले कसैलाई छोडेनन् र त्यहाँ भएका सबै जनालाई मारे। यरीहोका राजालाई जस्तै त्यहाँका राजालाई पनि गरे।
31
त्यसपछि यहोशू र तिनका सेना लिब्नादेखि लाकीशमा गए र त्यसलाई घेरेर आक्रमण गरे।
32
लडाइँ भएको दोस्रो दिन परमप्रभुले इस्राएलीहरूका हातमा लाकीश दिनुभयो। लिब्नामा झैँ तिनीहरूले कसैलाई छोडेनन् तर सहरमा पनि हरेकलाई मारे।
33
गेजेरका राजा होरामचाहिँ लाकीशलाई मद्दत गर्न आए तर तिनी र तिनका सेनालाई यहोशूले हराए र कसैलाई जिउँदो छोडेनन्।
34
त्यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्लोन गए, त्यसलाई घेरा हाले र आक्रमण गरे।
35
त्यही दिन तिनीहरूले त्यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्यहाँका सबै जनालाई मारे।
36
[36-37] त्यसपछि यहोशू र तिनका सेना एग्लोनबाट उँभो पहाडतिर लागे र हेब्रोनमा पुगे अनि त्यसलाई आक्रमण गरी कब्जामा लिए। तिनीहरूले त्यसका राजा, प्रजा र अरू छेउ-छाउका सहरका मानिसहरूलाई पनि मारे। जसरी एग्लोनलाई गरेथे, त्यसरी नै हेब्रोन सहरलाई पनि पूरा विनाश गर्ने आज्ञा यहोशूले दिए। त्यहाँ भएको कोही पनि जिउँदो छोडिएन।
38
तब यहोशू र तिनका सेना दबीरतर्फ फर्के र त्यसमाथि हमला गरे।
39
त्यो राजासहित कब्जामा लिए र छेउछाउका सबै सहरहरू पनि कब्जा गरे। त्यहाँ भएका सबै मानिसहरूलाई तिनीहरूले मारे। जसरी हेब्रोन र लिब्ना र त्यहाँका राजाहरूलाई गरेथे, त्यसरी नै यहोशूले दबीर र त्यसका राजालाई पनि गरे।
40
यहोशूले सारा देश आफ्ना अधिकारमा लिए। तिनले पहाडी देश, पूर्वका भिरालो भूमि र पश्चिमका पहाडका फेदीमा भएका र दक्षिणका सुक्खा इलाकाका राजाहरूलाई जिते। तिनले कसैलाई छोडेनन्, सबै जनालाई मारे। परमप्रभु इस्राएलका परमेश्वरले त्यही आज्ञा दिनुभएको थियो।
41
यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्मै पुगे।
42
एकै धावामा यहोशूले ती सबै राजा र तिनका देशहरू आफ्ना अधिकारमा लिए किनभने परमप्रभु इस्राएलका परमेश्वर तिनीहरूका पक्षमा लडाइँ गर्दै हुनुहुन्थ्यो।
43
त्यसपछि यहोशू र तिनका सारा सेना गिलगालको छाउनीमा फर्के।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24