bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Joshua 15
Joshua 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
1
यहूदा कुलका परिवारहरूले त्यस देशको एक भाग पाए। त्यसको बयान यस्तो छ: त्यो इलाका दक्षिणतर्फ एदोमको सिमानामा भएको सीनको उजाड-स्थानको एकदमै दक्षिणको शेष भागसम्म पुग्दथ्यो।
2
त्यसको दक्षिण सिमाना मृत सागरको दक्षिण किनारबाट सुरु भई
3
दक्षिणपट्टि अक्रब्बीम घाटीबाट सीनसम्म जान्थ्यो, त्यो कादेश-बर्नेको दक्षिण भएर हेस्रोन छोडी अद्दारसम्म उकालो लाग्थ्यो, त्यहाँ पुगेर कर्कातर्फ घुम्थ्यो
4
र अज्मोन पुग्थ्यो र त्यहाँबाट मिश्रको खोलाको सिमाना भएर भूमध्य सागरसम्म पुग्थ्यो। त्यसको सिमाना त्यहीँ टुङ्गिन्थ्यो। त्यही यहूदाको दक्षिण सिमाना थियो।
5
पूर्वी सिमानामा मृत सागर पर्थ्यो, त्यो उँभो उत्तरतिर नदी त्यस सागरमा पस्ने ठाउँसम्म पुग्दथ्यो। उत्तरको सिमाना त्यही ठाउँमा सुरु हुन्थ्यो।
6
त्यो बेथ-होग्ला भएर, यर्दन बेसी माथिको डाँडाको उत्तर भएर जान्थ्यो, त्यस डाँडाबाट यर्दन बेसी देखिन्थ्यो। त्यहाँबाट त्यो बोहनको ढुङ्गामा पुग्थ्यो। (बोहन रूबेनको एउटा छोरो हो।)
7
विपत्तिको बेसीबाट दबीरसम्म पुगेपछि त्यो सिमाना उत्तरपट्टि गिलगालतर्फ घुम्दथ्यो अनि गिलगालको सामुन्नेमा बेसीको दक्षिण दिशामा भएको अदुम्मीमको घाटी पर्दथ्यो। त्यसपछि त्यो एन-शेमेश फोहोरा भएर एन-रोगेलमा पुग्थ्यो
8
र उकालो गएर यबूसीहरूको सहर यरूशलेम बसेको डाँडाको दक्षिण भागबाट भएर हिन्नोमको बेसीबीच भएर जान्थ्यो। त्यसपछि सिमाना हिन्नोम बेसीको पश्चिम भागपट्टिको डाँडै-डाँडा भएर जान्थ्यो, जुनचाहिँ रपाईहरूको बेसीको उत्तर कुनामा पर्थ्यो।
9
त्यहाँबाट सिमाना नेप्तोहको पानीको मुहान भएर, एप्रोन पहाडछेउका सहरहरूसम्म जान्थ्यो। त्यहाँ त्यो बाला (अथवा किर्यत-यारीम) तिर घुमेर
10
बालाको पश्चिम भागको फेरो मारी सेइरको पहाडी भूमितिर लाग्थ्यो। त्यसपछि उत्तरतिर यारीम (अथवा कसालोन) पहाड पुगेर त्यो ओह्रालो बेथ-शेमेशतिर झर्थ्यो र तिम्ना नाघेर जान्थ्यो।
11
त्यहाँबाट सिमाना एक्रोनको उत्तरको डाँडामा पुग्थ्यो र त्यहाँ शिक्करोनतिर घुम्थ्यो अनि बाला नाघेर यब्नेलमा पुग्थ्यो। त्यो भूमध्य सागरमा पुगेर टुङ्गिन्थ्यो
12
जुन त्यसको पश्चिम सिमाना थियो। यी सिमानाका बीच यहूदाका परिवारहरू बास गर्थे।
13
परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहूदाका देशको एक हिस्सा यहूदावंशी यपुन्नेको छोरो कालेबले पाए। तिनले अनाकका बुबा अर्बाको सहर हेब्रोन पाए।
14
त्यस सहरबाट अनाकका सन्तान शेशै, अहीमन र तल्मै गोत्रहरूलाई कालेबले धपाए।
15
त्यहाँबाट तिनले दबीरमा बास गर्ने मानिसहरूमाथि आक्रमण गरे। (यो सहरलाई किर्यत-सेपेर पनि भनिन्थ्यो।)
16
कालेबले भने, “जसले किर्यत-सेपेर कब्जा गर्नेछ, त्यसैलाई म मेरी छोरी अक्सासित बिहे गरिदिनेछु।”
17
कालेबको भाइ कनजको छोरो ओत्निएलले सहर कब्जा गरे अनि कालेबले तिनीसित आफ्नी छोरी अक्साको बिहे गरिदिए।
18
बिहेको दिन ओत्निएलले आफ्नी स्वास्नीलाई बुबासित एउटा खेत माग्न लाए। त्यो आफू सवार भएको गधाबाट उत्री अनि कालेबले तँ के माग्छेस् भनी सोधे।
19
त्यसले उत्तर दिइन्, “म केही पानीका मुहान माग्छु। तपाईंले मलाई दिनुभएको नेगेवको जग्गा सुक्खा छ।” यसर्थ कालेबले त्यसलाई माथिल्ला र तल्ला मुहानहरू दिए।
20
यहूदा कुलका परिवारहरूले आफ्ना सम्पत्तिका रूपमा पाएको देश यही हो।
21
दक्षिणपट्टि सबैभन्दा टाढामा एदोमका सिमानाछेउ तिनका सहरहरूका नाम यिनै हुन्: कब्सेल, एदेर, यागूर,
22
कीना, दीमोना, अदादा,
23
केदेश, हासोर, यित्नान,
24
जीप, तेलेम, बालोत,
25
हासोर-हादत्ता, किर्योत-हेस्रोन (अथवा, हासोर),
26
अमाम, शेमा, मोलादा,
27
हसर-गद्दा, हेश्मोन, बेथ-पालेत,
28
हसर-शूआल, बेर्शेबा, बिज्योत्या,
29
बाला, ईम, एसेम,
30
एल्तोलद, कसील, होर्मा,
31
सिक्लग, मद्मन्ना, सन्सन्ना,
32
लबाओत, शिल्हीम, ऐन र रिम्मोन। जम्मा उनन्तीस वटा सहरहरू र तिनका चारैपट्टि गाउँहरू पनि थिए।
33
पहाडको फेदीमा भएका सहरहरूचाहिँ एश्तोल, सोरा, अश्ना,
34
जानोह, एन-गन्नीम, तप्पूह, एनाम,
35
यर्मूत, अदुल्लाम, सोको, आजेका,
36
शारैम, अदीतैम, गदेरा र गेदेरोतेम, यी चौध र साथै तिनका चारैपट्टि सहरहरू पनि थिए।
37
सनान, हदाशा, मिग्दलाद,
38
दिलान, मिस्पा, योक्तेल,
39
लाकीश, बोस्कत, एग्लोन,
40
कोब्बन, लहमास, कितलीश,
41
गदेरोत, बेथ-दागोन, नामा र मक्केदा; यी सोह्र सहरहरू पनि चारैतिर गाउँहरूसहित थिए।
42
लिब्ना, एतेर, आशान,
43
यिप्ताह, अश्ना, नसीब,
44
कीलाह, अक्जीब र मारेशा, यी नौ सहरहरू पनि चारैपट्टिका गाउँहरूसहित थिए।
45
गाउँ र बस्तीहरूसहित एक्रोन
46
र एक्रोनदेखि भूमध्य सागरसम्म अश्दोदछेउका सबै सहरहरू र गाउँहरू पनि थिए।
47
अश्दोद र गाजा, गाउँ र बस्तीहरूसहित, जुनचाहिँ मिश्रका सिमानामा भएको मिश्र खोल्सा र भूमध्य सागरको किनारसम्म पुगेको थियो।
48
पहाडी देशका सहरहरू शामीर, यत्तीर, सोको,
49
दन्ना, किर्यत-सन्ना (अथवा दबीर),
50
अनाब, एश्तमोह, अनीम,
51
गोशेन, होलोन र गीलोह, यी एघार र चारैपट्टिका गाउँहरूसहित थिए।
52
अरब, दुमा, एशान,
53
यानूम, बेथ-तप्पूह, अपेका,
54
हुम्ता, हेब्रोन र सीओर, यी नौ सहर चारैपट्टिका गाउँहरूसहित थिए।
55
माओन, कर्मेल, जीप, युत्ता,
56
यिजरेल, योक्दाम, जानोह,
57
कैन, गिबा र तिम्ना, यी दश सहर चारैतिरका गाउँहरूसहित थिए।
58
हल्हुल, बेथ-सर, गदोर,
59
मारात, बेथ-अनोत र एल्तकोन, यी छ सहर चारैपट्टिका गाउँहरूसहित थिए।
60
किर्यत-बाल (अथवा किर्यत-यारीम) र रब्बा, यी दुई सहर, चारैतिरका गाउँहरूसहित थिए।
61
उजाड-स्थानमा बेथ-अराबा, मिद्दीन, सकाका,
62
नुनको सहर निब्शान र एन-गदी, यी छ सहर चारैतिरका गाउँहरूसहित थिए।
63
तर यहूदाका सन्तानले यरूशलेममा बास गर्ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजसम्म यहूदाको सन्तानसँग त्यहीँ बास गरिरहेका छन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24