bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 1
Numbers 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
1
[1-2] इस्राएलीहरूले मिश्र देश छोडेको दुई वर्ष भएको थियो। त्यस वर्ष दोस्रो महिनाको पहिलो दिनमा परमप्रभु मोशासित बोल्नुभयो, त्यस बेला सीनैको मरुभूमिमा परमेश्वरले आफू बसेको पवित्र पालमा मोशालाई यसो भन्नुभयो, “तँ र हारूनले परिवार-परिवार र गोत्र-गोत्रअनुसार इस्राएलका जन-समुदायको गन्ती लिनुपर्नेछ।
3
बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक सबै मानिसहरूका नामको सूची बनाओ।
4
हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।”
5
[5-16] यस कामको लागि इस्राएली समाजबाट छानिएका कुल-कुलका मुखियाहरू यी मानिसहरू हुन्: [कुल] — [मुखिया] रूबेन — शदेऊरको छोरो एलीसूर शिमियोन — सूरीशद्दैको छोरो शलूमीएल यहूदा — अम्मीनादाबको छोरो नहशोन इस्साखार — सूआरको छोरो नतनेल जबूलून — हेलोनको छोरो एलीआब एफ्राइम — अम्मीहूदको छोरो एलीशामा मनश्शे — पदासूरको छोरो गमलिएल बेन्यामीन — गिदेओनीको छोरो अबीदान दान — अम्मीशद्दैको छोरो अहीएजेर आशेर — ओक्रानको छोरो पगीएल गाद — दूएलको छोरो एल्यासाप नप्ताली — एनानको छोरो अहीरा।
17
[17-19] यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्ती गरे। सीनैको उजाड-स्थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे।
20
[20-46] बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक पुरुषहरूको नाम तिनका परिवार-परिवार र गोत्र-गोत्रअनुसार लेखिए। त्यसको सुरु याकूबका जेठा छोरा रूबेनको कुलबाट भएको थियो। तिनीहरूका सङ्ख्या यस्ता थिए: [कुल] — [सङ्ख्या] रूबेन — ४६,५०० शिमियोन — ५९,३०० गाद — ४५,६५० यहूदा — ७४,६०० इस्साखार — ५४,४०० जबूलून — ५७,४०० एफ्राइम — ४०,५०० मनश्शे — ३२,२०० बेन्यामीन — ३५,४०० दान — ६२,७०० आशेर — ४१,५०० नप्ताली — ५३,४०० जम्मा — ६,०३,५५०।
47
लेवीहरूका नाम अरू कुलका नामसित लेखिएनन्
48
किनभने परमप्रभुले मोशालाई भन्नुभएको थियो,
49
“जब तिमीहरूले फौजी काम गर्न लायक मानिसहरूका नामको गन्ती लिन्छौ, त्यसमा लेवीका कुल नलिनू।
50
त्यसको सट्टामा लेवीहरूलाई मेरो पवित्र पाल र त्यसका सर-सामानको जिम्मा दिनू। तिनीहरूले पवित्र पाल र सर-सामान बोक्नेछन् र त्यहाँ सेवाकार्य गर्नेछन् र आफ्ना पाल त्यसका चारैपट्टि टाँग्नेछन्।
51
जब तिमीहरूले पवित्र पाल सार्छौ, लेवीहरूले मेरो पवित्र पाल उठाउनेछन् र नयाँ ठाउँमा फेरि पाल टाँग्नेछन्। अरू कोही पवित्र पालको छेउमा आयो भने त्यो मारिनेछ।
52
बाँकी इस्राएलीहरूले दल-दल गरेर पाल लाउनेछन् र हरेक मानिस आफ्नो हुलसित आफ्नो झन्डामुनि रहनेछ।
53
तर लेवीहरूले नै पवित्र पालको कामकाज गर्नेछन् र त्यसलाई नै घेरेर बस्नेछन्। त्यसो हुँदा परमेश्वरको क्रोध इस्राएली समाजमाथि खनिनेछैन।”
54
अनि इस्राएलका मानिसहरूले सबै कुरा परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36