bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 23
Numbers 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
1
उनले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदीहरू बनाउनुहोस् र सातवटा साँढे र सातवटा भेडाहरू ल्याउनुहोस्।”
2
बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।
3
तब बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस्। मचाहिँ गएर परमप्रभुले मसित भेट गर्नुहुन्छ कि हुन्न, सो बुझ्नेछु। उहाँले मलाई जे देखाउनुहुन्छ, त्यो म तपाईंलाई भन्नेछु।” यसकारण बालाम एक्लै एउटा डाँडामाथि गए
4
र परमेश्वरले तिनलाई भेट्नुभयो। बालामले भने, “मैले सातवटा वेदी बनाएर हरेकमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाएको छु।”
5
बालामले के बोल्नुपर्ने, त्यो उनलाई परमप्रभुले भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउन उनलाई फर्कन लाउनुभयो।
6
बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे।
7
बालामले यो अगमवाणी गरे: “बालाक, मोआबको राजाले मलाई अरामबाट पूर्वका पहाडहरूबाट ल्याउनुभयो, ‘आएर मेरो लागि बोलिदेऊ,’ उहाँले भन्नुभयो, ‘इस्राएलीहरूमाथि सराप देऊ!’
8
जसलाई परमेश्वरले सराप्नुभएको छैन, त्यसलाई म कसरी सरापूँ? परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ?
9
अग्ला चट्टानहरूबाट म तिनीहरूलाई देख्न सक्छु, पहाडहरूबाट म तिनीहरूलाई हेर्न सक्छु। तिनीहरू छुट्टै बाँच्ने जाति हुन्; तिनीहरू अरू जातिहरूभन्दा आशिष्मय छन् भनी तिनीहरू जान्दछन्।
10
इस्राएलका सन्तान धुलाजस्ता छन्: तिनीहरू यति धेरै छन् कि तिनको गन्ती लिन सकिँदैन। परमेश्वरका मानिसहरूजस्तै मेरो आयु बितोस्, धर्मी मानिसझैँ म शान्तिसित मर्न सकूँ।”
11
तब बालाकले बालामलाई भने, “तिमीले मसित यो के गरेको? मेरा शत्रुहरूलाई सराप दिन भनी मैले तिमीलाई यहाँ ल्याएँ। तर तिमीले त तिनीहरूलाई आशिष् पो दियौ।”
12
बालामले जवाफ दिए, “जे कुरा परमप्रभुले मलाई भन्न लाउनुहुन्छ, म त्यति मात्र भन्न सक्छु।”
13
तब बालाकले बालामलाई भने, “मसित अर्को ठाउँमा जाऔँ, जहाँबाट नजिकका इस्राएलीहरूलाई मात्र देखिन्छ। त्यहाँबाट मेरो खातिर तिनीहरूलाई सराप देऊ।”
14
उनले तिनलाई पिसगाको टाकुरामाथि सोफीमको मैदानमा लगे। त्यहाँ पनि उनले सातवटा वेदी बनाए र प्रत्येकमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए।
15
बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस् र म परमेश्वरसित भेट गर्न जानेछु।”
16
परमप्रभुले बालामलाई भेट्नुभयो र तिनले के बोल्नुपर्ने हो, त्यो तिनलाई भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउनू भनी बालामलाई पठाउनुभयो।
17
यसकारण तिनी फर्के र बालाकलाई होमबलिको छेउमा मोआबका अगुवाहरूसित उभिरहेको भेट्टाए। परमप्रभुले के भन्नुभयो भनी बालाकले सोधे
18
र बालामले यस्तो अगमवाणी गरे: “सिप्पोरको छोरो बालाक! आइज! म के भन्दछु, सुन्।
19
परमेश्वर मानिसहरूजस्ता झूटो बोल्ने हुनुहुन्न; उहाँले मानिसले झैँ मन बदल्नुहुन्न। आफूले प्रतिज्ञा गरेको कुरा उहाँले पूरा गर्नुहुन्छ। उहाँ बोल्नुहुन्छ र त्यो पूरा गर्नुहुन्छ।
20
मैले आशिष् दिने आज्ञा पाएको छु, परमेश्वरले जब आशिष् दिनुहुन्छ, म त्यसलाई टार्न सक्दिनँ।
21
इस्राएलको भविष्यमा दुर्भाग्य वा कष्ट आउनेछैन भनी म देख्दछु। परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसित हुनुहुन्छ; उहाँ तिनीहरूका राजा हुनुहुन्छ भनी तिनीहरूले घोषणा गर्छन्।
22
परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो; उहाँले तिनीहरूका निम्ति अर्नाले झैँ लडाइँ गर्नुहुन्छ।
23
इस्राएल जातिको विरुद्धमा कुनै टुनामुना वा मोहनी चलाउन सकिंदैन र मानिसहरूले इस्राएलको बारेमा यसो भन्नेछन्, ‘हेर, परमेश्वरले गर्नुभएको आश्चर्यकर्म!’
24
इस्राएल जाति एउटा बलियो सिंहजस्तो छ; त्यसले शिकार च्यातचुत पारेर नखाउञ्जेल आफूले मारेको शिकारको रगत नपिउञ्जेल त्यसले आराम गर्दैन।”
25
तब बालाकले बालामलाई भने, “तिमीले इस्राएलीहरूलाई सराप दिन इन्कार गर्यौ तर तिनीहरूलाई आशिष् पनि नदेऊ!”
26
बालामले उत्तर दिए, “मैले तपाईंलाई भनेकै छु, परमप्रभुले मलाई भन्नुभएअनुसार मैले सबै कुरा गर्नुपर्छ?”
27
बालाकले भने, “मसित आऊ, म तिमीलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तिमीले ती मानिसहरूलाई सराप दिनलाई परमेश्वर राजी हुनुहुनेछ।”
28
यसकारण तिनले बालामलाई पोर पर्वतको टुप्पामा लगे, जहाँबाट उजाड-स्थान देखिन्थ्यो।
29
बालामले तिनलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी बनाइदिनुहोस् र सात-सातवटा साँढे र भेडाहरू ल्याउनुहोस्।”
30
बालाकले उनलाई भनेअनुसार सबै गरे र प्रत्येक वेदीमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाए।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36