bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 6
Numbers 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
1
इस्राएलीहरूलाई यी तल लेखिएका आदेशहरू दिनू भनी
2
परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्त्री, जसले नाजिरी बन्नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ,
3
त्यो दाखमद्य र अन्य मद्य पिउनदेखि जोगिओस्। त्यसले दाखबाट वा कुनै मद्यबाट बनेको सिर्का नपिओस्। त्यसले अङ्गुरको रस नपिओस् र ताजा वा सुकाएका दाखहरू नखाओस्।
4
जबसम्म त्यसले नाजिरीको भाकल राख्दछ, त्यसले दाखको बोटबाट पाइने कुनै कुरो— बीयाँ, फल वा बोक्रा केही नखाओस्।
5
“जबसम्म त्यसले नाजिरीको भाकल राख्छ, त्यसले आफ्ना केश काट्न वा खौरनुहुँदैन। परमप्रभुकहाँ चढाइएको पूरा समयभरि त्यो नाजिरीको भाकलले बाँधिएको हुन्छ र त्यसले आफ्ना केश बढ्न दिनुपर्नेछ।
6
[6-7] केश त्यसको परमप्रभुमा चढाइएको चिनो हो र त्यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्यो आफ्नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्।
8
जबसम्म त्यो नाजिरी रहनेछ, त्यो परमप्रभुमा चढाइएको हुनेछ।
9
“त्यो कसैको छेउमा बसेको छ र त्यो व्यक्ति अचानक मरिगयो र त्यसकारणले नाजिरीको चढाइएको केश अपवित्र भयो भने त्यसले सात दिनसम्म पर्खोस्। अनि त्यसले आफ्नो केश र दाह्री खौरोस् र यसरी ऊ विधिअनुसार शुद्ध हुनेछ।
10
त्यसपछि आठौँ दिनमा त्यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्।
11
पूजाहारीले एउटाचाहिँ पापबलि र अर्को होमबलिको रूपमा चढाओस् र त्यसको शुद्धीकरणको विधि पूरा गरोस् किनभने त्यसले लाश छोएको छ। त्यही दिन त्यसले आफ्ना केश अर्पण गरेर
12
परमप्रभुकहाँ आफूले भाकल गरेको नाजिरी रहने समयभरिको लागि फेरि आफैंलाई समर्पण गरोस्। त्यसको अर्पण गरिएका केश अपवित्र भएको कारणले त्यसले अघि नाजिरी भएर बिताएको समय गनिनेछैन। त्यसले एउटा एक वर्षको भेडाको थुमा दोषबलिको निम्ति ल्याओस्।
13
“एउटा नाजिरीले आफ्नो भाकल पूरा गरिसकेपछि त्यसले आफ्नो विधि पूरा गर्नेछ। त्यो परमप्रभुको पवित्रपालका ढोकामा जानेछ
14
र परमप्रभुलाई तीनवटा निष्खोट पशुहरू— होमबलिको लागि एउटा एकवर्षे थुमा, पापबलिको लागि एउटी एकवर्षे पाठी र मेलबलिको लागि एउटा साँढ-भेडा चढाउनेछ।
15
त्यसले एक डालो अखमिरी रोटी, जैतुनको तेलसित मुछेर बनाएको मोटो रोटी र जैतुनको तेल दलेका सानो पातला रोटीहरू पनि चढाउनेछ। त्यसमाथि तोकिएको अन्नबलि र मद्यबलिहरू पनि त्यसले चढाउनेछ।
16
“पूजाहारीले यी सबै थोक परमप्रभुकहाँ टक्र्याउनेछ र पापबलि र होमबलि चढाउनेछ।
17
उसले साँढ-भेडालाई मेलबलिका रूपमा बलि चढाउनेछ र त्योसित रोटीको डालो पनि चढाउनेछ। उसले अन्नबलि र मद्यबलि पनि चढाउनेछ।
18
पवित्र पालको ढोकामा नाजिरीले आफ्नो केश खौरेर मेलबलि बलिरहेको आगोमा हाल्नेछ।
19
“त्यसपछि साँढ-भेडाको काँध पानीमा उमालिसकेपछि पूजाहारीले त्यो निकालेर डालोबाट एउटा बाक्लो रोटी र एउटा सानो पातलो रोटी पनि लिई ती सबै नाजिरीको हातमा दिनेछ।
20
तब ती सबै विशेष भेटीका रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ। ती पूजाहारीको निम्ति पवित्र भेटी हुन्, जुन विधिअनुसार पूजाहारीको भागमा पर्ने साँढ-भेडाका ह्याकुला र साँप्रोमाथि उसले अरू थप पाउनेछ। त्यसपछि नाजिरीले मद्यपान गर्न सक्छ।
21
“यी नियमहरू नाजिरीका निम्ति हुन्। तर यदि नाजिरीले आफ्नो भाकलअनुसार चाहिएको भन्दा बढी वा ठूलो भेटी चढाउने प्रतिज्ञा गरेको छ भने त्यसले सो प्रतिज्ञा ठीक गरी पूरा गर्नुपर्नेछ।”
22
हारून र तिनका छोराहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा
23
यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो:
24
“परमप्रभुले तिमीलाई आशिष् देऊन् र तिम्रो रक्षा गरून्,
25
परमप्रभु तिमीमाथि दयालु र कृपालु रहून्।
26
परमप्रभुले तिमीमाथि कृपादृष्टि गरून् र शान्ति देऊन्।”
27
तब परमप्रभुले भन्नुभयो, “यदि तिनीहरूले मेरो नाम इस्राएलीहरूलाई आशीर्वाद दिएर उच्चारण गरे भने म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36