bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 33
Numbers 33
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
1
मोशा र हारूनका अगुवाइमा इस्राएली कुलहरूले मिश्र छोडेपछि तिनीहरूले कुन-कुन ठाउँमा छाउनी हाले ती ठाउँका नाम तलको बयानबाट पाइन्छ।
2
परमप्रभुको आज्ञाले जतिपल्ट तिनीहरूले छाउनी हाले त्यतिपल्ट मोशाले ती ठाउँको नाम लेखे।
3
निस्तार-चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूले मिश्र छोडे। परमप्रभुको सुरक्षामा मिश्रीहरूले हेर्दाहेर्दै तिनीहरू रामसेस सहरबाट हिँडे।
4
त्यस बेला परमप्रभुले मार्नुभएका आफ्ना जेठा छोराहरूका लाश तिनीहरूले गाड्दै थिए। त्यसरी आफूलाई मिश्रका देवताहरूभन्दा शक्तिशाली छु भनी परमप्रभुले देखाउनुभयो।
5
रामसेस छोडेपछि इस्राएलीहरूले सुक्कोतमा छाउनी हाले।
6
तिनीहरूको दोस्रो छाउनी एताममा, उजाड-स्थानको सीमानातिर पर्यो।
7
त्यहाँबाट तिनीहरू बाल-सेफोनको पूर्वपट्टि पी-हहीरोतमा फर्के र मिग्दोलको छेउमा छाउनी हाले।
8
पी-हहीरोत छोडेर तिनीहरूले लाल समुद्र पार गरे र शूरको उजाड-स्थानमा पसे। तीन दिन हिँडेपछि तिनीहरूले मारामा छाउनी हाले।
9
त्यहाँबाट तिनीहरू एलीम गए र त्यहाँ छाउनी हाले किनभने त्यहाँ बाह्रवटा पानीका मूल र सत्तरीवटा खजुरका रूखहरू थिए।
10
तिनीहरू एलीमबाट बिदा भए र लालसमुद्रनिर छाउनी हाले।
11
त्यसपछि तिनीहरूले सीनको मरुस्थलमा छाउनी हाले।
12
[12-13] त्यसपछि दोफकामा अनि पछि आलूशमा छाउनी हाले।
14
त्यसपछि रपीदीममा, जहाँ तिनीहरूले पिउने पानी पाएनन्।
15
[15-37] रपीदीमदेखि होर पर्वतसम्म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए— सीनैको मरुस्थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्मा, रिम्मोन-फारेस, लिब्ना, रिस्सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्बाता, अब्रोना, एस्योन-गेबेर, सीनको उजाड-स्थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ।
38
[38-39] परमप्रभुको आज्ञाअनुसार पूजाहारी हारून होर पर्वतमा चढे। इस्राएलीहरूले मिश्र छोडेपछि चालीस वर्ष बित्दैगर्दा पाँचौँ महिनाको पहिलो दिन एक सय तेईस वर्ष उमेरमा हारून त्यहाँ मरे।
40
दक्षिण कनानमा आरादको राजाले इस्राएलीहरू आउँछन् भनी सुने।
41
[41-49] होर पर्वतदेखि मोआबका मैदानमा पुग्दा इस्राएलीहरूले यी ठाउँहरूमा छाउनी हालेका थिए— सलमोना, पूनोन, ओबोत, मोआबको सीमानाभित्र इये-अबारीमको भग्नावषेश, इयीम, दीबोन-गाद, अल्मोन-दिब्लातैम, नेबो डाँडाका छेउको अबारीम डाँडा र मोआबका मैदान, जो यर्दन नदीको पारिपट्टि, यरीहोको अघिल्तिर पर्छ अनि जुनचाहिँ बेथ-यशीमोत र हाबिल-शित्तीमका बीचमा पर्दछ।
50
त्यहाँ यर्दनको पारिपट्टि यरीहो अघिल्तिर मोआबका मैदानमा परमप्रभुले मोशालाई
51
इस्राएलीहरूको लागि आदेशहरू दिनुभयो— “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्नेछौ,
52
त्यस देशका सबै बासिन्दाहरूलाई तिमीहरूले धपाउनुपर्नेछ। तिनीहरूका पत्थर र धातुका सबै मूर्तिहरू र पूजा-स्थलहरू ध्वस्त पारिदिनू।
53
त्यो देश जितेर त्यहाँ बास गर्नू किनभने त्यो म तिमीहरूलाई दिँदछु।
54
विभिन्न कुलहरूका बीचमा चिट्ठा हालेर जमिनको बन्डा गर्नू। ठूला कुललाई ठूलै हिस्सा र सानो कुललाई सानै हिस्सा दिनू।
55
तर तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने त्यहाँ रहेकाहरूले तिम्रा आँखाभित्र परेका छेस्का वा शरीरमा बिजेका काँडाले झैँ तिमीहरूलाई कष्ट दिनेछन्। तिनीहरूले तिम्रा विरुद्धमा लडाइँ गर्नेछन्।
56
तिमीहरूले कनानीहरूलाई देशबाट बाहिर लखेटेनौ भने म तिमीहरूलाई त्यसरी नै नाश गर्नेछु, जसरी तिनीहरूलाई नाश गरूँला भन्ने मेरो उद्देश्य थियो।”
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36