bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 32
Numbers 32
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
1
रूबेन र गादका कुलहरूसित अति धेरै गाईवस्तुहरू थिए। तिनीहरूले याजेर र गिलादका जमिन चरनको निम्ति असल देखे।
2
अनि तिनीहरूले मोशा, एलाजार र समाजका अन्य अगुवाहरूकहाँ गएर भने,
3
[3-4] “परमप्रभुले इस्राएलीहरूलाई कब्जा गर्न मद्दत गर्नुभएको यो भूभाग— यी अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन सहरहरू— चरनको लागि असल ठाउँ रहेछ। हाम्रा धेरै गाई-वस्तुहरू छन्।
5
यो जमिन कृपा गरी हामीलाई आफ्नो सम्पत्ति बनाउन दिनुहोस्। हामीलाई यर्दन नदी तरी पारिपट्टि बसोबास गर्न नलाउनुहोला।”
6
मोशाले तिनीहरूलाई उत्तर दिए, “तिम्रा अरू इस्राएली साथी-भाइहरू लडाइँ गर्न जाँदा तिमीहरूचाहिँ यहीँ ढुक्कसित बस्न चाहन्छौ?
7
इस्राएलीहरू यर्दन तरी परमप्रभुले दिनुभएको देशमा पस्न लाग्दा तिनीहरूलाई किन यस्तो निरुत्साही कुरा गर्छौ।
8
मैले तिम्रा बुबाहरूलाई कादेश-बर्नेदेखि पठाएको बेलामा पनि तिनीहरूले त्यसै गरे।
9
तिनीहरू एश्कोलको बेसीसम्म गएर त्यस देशलाई हेरे। तर तिनीहरू फर्की आएपछि परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा पस्नदेखि मानिसहरूलाई हतोत्साही बनाए।
10
त्यो दिन परमप्रभु रिसाउनुभयो र उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो,
11
‘म शपथ खान्छु कि बीस वर्ष वा त्योभन्दा बढ्ता उमेर भएका जुन मानिसहरू मिश्रबाट निस्किआएका थिए, मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्नेछैनन् किनभने तिनीहरूले मप्रति भक्ति देखाएनन्।’
12
कनज्जी यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक अरू सबैले त्यसै गरे। ती दुईमा भने परमप्रभुप्रति भक्ति रहेछ।
13
परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूलाई चालीस वर्षसम्म उजाड-जङ्गलमा घुमिहिँड्न लगाउनुभयो। आफ्नो दृष्टिमा यो दुष्टता गर्ने सारा पुस्ता मरेर सखाप नहुञ्जेलसम्म उहाँले तिनीहरूलाई घुमिहिँड्न लगाउनुभयो।
14
अब तिमीहरूले आफ्ना दुष्ट बुबाहरूका स्थान लिएका छौ। तिमीहरू पापी मानिसहरूको एउटा नयाँ पुस्ता हौ। यो पुस्ताले परमप्रभुको डरलाग्दो क्रोध इस्राएलमाथि फेरि ल्याउन तयार भएको छ।
15
तिमी, रूबेन र गादका कुलका मानिसहरूले अहिले उहाँलाई पछ्याउन मानेनौ भने उहाँले फेरि एकपल्ट सबै मानिसहरूलाई उजाड-जङ्गलमा त्यागिदिनुहुनेछ र तिनीहरूको विनाशको लागि तिमीहरू जिम्मेवार हुनेछौ।”
16
तिनीहरूले मोशाको छेउमा गएर भने, “पहिले हामीलाई यहाँ हाम्रा भेडा बथान थुन्नको लागि ढुङ्गाको पर्खाल र हामीमाथि भर पर्ने हाम्रा मानिसहरूका लागि पर्खाल हालेका सहरहरू बनाउन दिनुहोस्।
17
त्यसपछि हामी हाम्रा इस्राएली दाजुभाइहरूसित लडाइँमा जान र त्यसको अगुवाइ गर्न तयार छौं। यसरी तिनीहरूलाई त्यो देशमा बसोबास गराउन हामी मद्दत गर्न तयार छौं। त्यस बीचमा हाम्रा आश्रयका मानिसहरू सुरक्षित भएर यस देशका मानिसहरूदेखि निडर भई पर्खाल लगाएको सहरमा बस्न सक्नेछन्।
18
इस्राएलीहरूले आ-आफ्नो जमिन अधिकार नगरुञ्जेल हामी घर फर्कनेछैनौं।
19
यर्दन पारिपट्टि हामी तिनीहरूका माझमा कुनै सम्पत्ति लिनेछैनौं किनभने हामीले आफ्ना हिस्सा यर्दनको पूर्वपट्टि नै पाएका छौं।”
20
मोशाले जवाफ दिए, “तिमीहरूले भनेको कुरा साँचो हो भने अब परमप्रभुका सामुन्ने लडाइँमा जानलाई तयार होओ।
21
तिम्रा सबै लडाकुहरू यर्दन तरी जानुपर्छ र परमप्रभुको आज्ञामा तिनीहरूले हाम्रा शत्रुहरूमाथि हमला गर्नेछन्। परमप्रभुले शत्रुहरूलाई जितेर
22
त्यो देश आफ्नो अधीन नगर्नुभएसम्म तिमीहरू शत्रुहरूमाथि हमला गर्नेछौ। त्यसपछि तिमीहरू फर्की आउन सक्छौ किनभने तिमीहरूले परमप्रभु र आफ्ना इस्राएली दाजुभाइहरूप्रति आफ्नो कर्तव्य पूरा गर्नेछौ। त्यसपछि यर्दनको पूर्वको देश तिमीहरूको हो भनी परमप्रभुले स्वीकार गर्नुहुनेछ।
23
म तिमीहरूलाई यो चेतावनी दिन्छु— तर तिमीहरूले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका हुनेछौ। तिमीहरूले आफ्ना पापको सजायँ पाउने नै छौ भनी निश्चय जान।
24
ठीकै छ, तिमीहरू आफ्ना सहरहरू र भेडा बथानको लागि पर्खालहरू बनाओ तर आफूले गरेको प्रतिज्ञाचाहिँ पूरा गर!”
25
रूबेन र गाद कुलका मानिसहरूले भने, “हजुर! हामी तपाईंको आज्ञाअनुसार गर्नेछौं।
26
हाम्रा स्वास्नी, छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू यहाँ गिलादका सहरहरूमा रहनेछन्।
27
तर बाँकी हामी सबैचाहिँ परमप्रभुको अधीनमा भई लडाइँमा जान तयार छौं। हामी यर्दनपारि गई तपाईंले भनेअनुसार लडाइँ गर्नेछौं।”
28
यसकारण मोशाले एलाजार, यहोशू र इस्राएलका अरू अगुवाहरूलाई यस्ता आज्ञा दिए,
29
“यदि गाद र रूबेनका मानिसहरू यर्दन तरेर परमप्रभुको अधीनमा भई लड्न तयार हुन्छन् र तिनका मद्दतले तिमीहरूले त्यो देश जित्न सक्यौ भने तिनीहरूलाई गिलाद देश दिइहाल्नू र त्यो तिनीहरूले आफ्ना सम्पत्ति बनाऊन्।
30
तर तिनीहरू यर्दनपारि तरेनन् र तिमीहरूसित लडाइँमा गएनन् भने तिनीहरूले पनि तिमीहरूले जस्तै कनान देशमा आफ्ना सम्पत्तिको हिस्सा पाउनेछन्।”
31
गाद र रूबेनका मानिसहरूले भने, “हजुर! हामी परमप्रभुको आज्ञाअनुसार गर्नेछौं।
32
उहाँको आज्ञाअनुसार हामी कनान देशमा तरी जानेछौं र त्यहाँ लडाइँ गर्नेछौं। यसरी यहाँ यर्दनको पूर्वपट्टि आफ्ना सम्पत्ति हामी अधीनमा गर्नेछौं।”
33
अनि मोशाले गाद र रूबेनका कुलहरू र मनश्शेका आधा कुललाई एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगका सबै इलाकाहरू त्यहाँ छेउछाउका सहर र गाउँ-बस्तीहरूसहित दिए।
34
गादका कुलले दीबोन, अतारोत, अरोएर,
35
अत्रोत-शोपान, याजेर, योगबहा,
36
बेथ-निम्रा र बेथ-हारान नामका पर्खालले घेरेका सहरहरू फेरि बनाए।
37
रूबेनको कुलले हेश्बोन, एलाले, किर्यातैम,
38
नेबो, बाल-मोन र सिब्मा सहरहरू फेरि बनाए। आफूले बनाएका सहरहरूलाई तिनीहरूले नयाँ नामहरू दिए।
39
मनश्शेका छोरा माकीरको कुलले गिलाद देशमाथि आक्रमण गरेर त्यसलाई आफ्नो अधीनमा गरे र त्यहाँ बास गर्ने एमोरीहरूलाई धपाइपठाए।
40
यसकारण मोशाले माकीरको वंशलाई गिलाद दिए र तिनीहरू त्यहाँ बस्न लागे।
41
मनश्शे कुलको याईरले हमला गरी केही गाउँहरू कब्जा गरे र तिनको नाम ‘याईरका गाउँहरू’ राखे।
42
नोबहले हमला गरेर केनात र त्यसका गाउँहरू आफ्नो अधीनमा लिए र तिनको नाम आफ्नै नामअनुसार नोबह राखे।
← Chapter 31
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 33 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36