bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 16
Numbers 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
1
[1-2] लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्वको विरुद्धमा विद्रोह गर्ने आँट गर्यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्यसको साथ दिए।
3
तिनीहरू मोशा र हारूनको सामुन्ने भेला भए र भन्न लागे, “तिमीहरूले अति गर्यौ! समाजका सबै मानिसहरू परमप्रभुकै हुन् अनि परमप्रभु हामीहरू सबैसित हुनुहुन्छ। तर मोशा, तिमीचाहिँ किन आफैंलाई सबैभन्दा ठूलो बनाई परमप्रभुको समाजभन्दा माथि उठाउँछौ?”
4
यो कुरा सुन्नेबित्तिकै मोशा जमिनमा पस्रिएर प्रार्थना गर्न लागे।
5
अनि कोरह र त्यसका पछि लाग्नेहरूलाई भने, “भोलि बिहान परमप्रभुले कोचाहिँ उहाँको आफ्नो जन हो, देखाउनुहुनेछ। जो उहाँको आफ्नो जन हो वा जसलाई उहाँले चुन्नुभएको हो, त्यसलाई नै उहाँले वेदीमा आफ्नो छेउ आउन दिनुहुनेछ।
6
[6-7] भोलि बिहान तिमी र तिम्रो पछि लाग्ने मानिसहरूले तावाहरूमा बलेको कोइलासहित धूप बालेर वेदीमा लैजाओ। तब हामी देख्नेछौं कि हामीमध्ये कसलाई परमप्रभुले चुन्नुभएको रहेछ। तिमी लेवीहरूले अति नै गर्यौ!”
8
मोशाले कोरहलाई अझै भन्दै गए, “हे लेवी हो! सुन,
9
के यो सानो कुरा ठान्छौ, इस्राएलका परमेश्वरले तिमीहरूलाई समाजका अरू मानिसहरूबाट छुट्ट्याएर उहाँको नजिक जान सक्ने अनि परमप्रभुको पवित्र पालमा उहाँको सेवा गर्ने र समाजको सहायता र सेवा गर्ने बनाउनुभएको छ?
10
तिमीहरू र अरू सबै लेवीहरूलाई परमप्रभुले यस्तो इज्जत दिनुभएको छ। अब तिमीहरू पूजाहारीको पदमा पनि बस्न चाहन्छौ।
11
जब तिमीहरू हारूनको विरुद्धमा दोष दिन्छौ, वास्तवमा तिमीहरूले र तिम्रा पछि लाग्नेहरूले परमप्रभुकै विरोध गरेका हौ।”
12
तब मोशाले दातान र अबीरामलाई बोलाउन पठाए तर तिनीहरूले भने, “हामीहरू आउनेछैनौं!
13
तिमीले हामीलाई मिश्रको मलिलो भूमिबाट निकालेर यहाँ उजाड-स्थानमा मार्न ल्याएका छौ— के त्यतिले तिमीलाई पुगेन, के तिमीले हामीमाथि प्रभुत्व पनि जमाउनुपर्छ?
14
खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्दै छौ। हामी आउदैनौं!”
15
मोशा रिसाए र परमप्रभुलाई भने, “यी मानिसहरूले ल्याएका कुनै भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरू कसैलाई खराब गरेको छैनँ। मैले तिनीहरूको एउटा गधासम्म पनि लगेको छैनँ।”
16
मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा पछि लाग्ने दुई सय पचास जना परमप्रभुले बास गर्ने पवित्र पालमा आउनुपर्छ। त्यहाँ हारून पनि हुनेछ।
17
तिमीहरू सबैले आ-आफ्ना आगोका तावामा धूप बालेर प्रभुकहाँ चढाउनेछौ।”
18
यसकारण प्रत्येक मानिस आ-आफ्नो तावामा बल्दो आगो र धूप लिएर मोशा र हारूनसित पवित्र पालको ढोकामा उभिए।
19
तब कोरहले सारा इस्राएली समाजलाई भेला गर्यो र तिनीहरू मोशा र हारूनका सामुन्नेमा पवित्र पालको ढोकामा उभिए। अचानक परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति सारा समुदायको अघि देखा पर्यो
20
अनि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
21
“यी मानिसहरूदेखि पछि हट्। म अब यिनीहरूलाई तुरुन्तै नाश पार्नेछु।”
22
तर मोशा र हारून भूइँमा घोप्टे र भने, “हे परमेश्वर! तपाईं सारा जीवनको मूल हुनुहुन्छ। एउटा मानिसले पाप गर्दा के सारा समाजमाथि तपाईं रिसाउनुहुन्छ?”
23
परमप्रभुले मोशालाई भन्नुभयो,
24
“मानिसहरूलाई भन्, तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिजाऊन्।”
25
तब इस्राएलका अगुवाहरूलाई साथ लिई मोशा, दातान र अबीरामकहाँ गए।
26
उनले मानिसहरूलाई भने, “यी दुष्ट मानिसहरूका पालदेखि टाढा गएर उभ र तिनीहरूको केही कुरा नछोओ। होइन भने तिनीहरूका पापले गर्दा तिमीहरू पनि तिनीहरूसितै सखाप हुनेछौ।”
27
यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिगए। दातान र अबीराम आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरूसित आफ्ना पालका ढोका-बाहिर निस्केर उभिएका थिए।
28
मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्मा दिनुभएको हो र मैले आफ्नै इच्छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ।
29
परमेश्वरको दण्ड नपाई यी मानिसहरू स्वाभाविकरूपले मरे भने मलाई परमप्रभुले पठाउनुभएको होइन।
30
तर परमप्रभुले कहिल्यै नसुनिएको काम गर्नुभई धरती फाटेर सरसम्पत्तिसहित तिनीहरूलाई निल्यो र तिनीहरू मृत्युलोकमा जिउँदै खसे भने यी मानिसहरूले परमप्रभुलाई अस्वीकार गरेका रहेछन् भनी तिमीहरूले थाहा पाउनेछौ।”
31
मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्यो
32
र ती दुई, तिनका परिवारहरू र कोरहका पछि लाग्नेहरू सबैलाई सर-सम्पत्तिसहित निलिहाल्यो।
33
यसरी तिनीहरू सर-सम्पत्तिसहित जिउँदै मृत्युलोकमा खसे। जमिन तिनीहरूमाथि बन्द भयो र तिनीहरू लोप भए।
34
त्यहाँ भएका सबै इस्राएलीहरू तिनीहरूले चिच्च्याएको सुनेर भागे। “भाग, भाग, पृथ्वीले हामीलाई पनि निलिहाल्ला!” भन्दै तिनीहरू कराए।
35
त्यसपछि परमप्रभुले आगोको ज्वाला पठाउनुभयो र धूप चढाएर उभिएका दुई सय पचास जना मानिसहरूलाई भस्म पार्नुभयो।
36
तब परमप्रभुले मोशालाई भन्नुभयो,
37
“हारून पूजाहारीको छोरो एलाजारलाई बलिरहेको आगोबाट काँसाका धुपौराहरू निकाल्न र फिलिङ्गा निकै टाढा लगेर छरिदिनलाई अह्रा किनभने ती धुपौराहरू पवित्र छन्।
38
परमप्रभुको वेदीमा चढाउँदा ती धुपौराहरू पवित्र भए। यसकारण ती आफ्ना पापका कारणले मारिएका मानिसहरूका धुपौराहरू लिएर तिनीहरूलाई पिटी पातला पाताहरू बनाऊ र तिनले वेदीलाई छोपी मोहोर्ने पाता बनाऊ। यो इस्राएलीहरूका निम्ति एउटा चेतावनी हुनेछ।”
39
यसकारण पूजाहारी एलाजारले आगोका धुपौराहरू बटुले र तिनलाई पिटेर वेदीलाई मोहोर्ने पातला पाताहरू बनाए।
40
यो इस्राएलीहरूको निम्ति एउटा चेतावनी थियो, जो हारूनको सन्तान होइन, त्यो वेदीमा परमप्रभुलाई धूप बाल्न नआओस्। होइन भने त्यो कोरह र त्यसका पछि लाग्ने मानिसहरूझैँ नाश हुनेछ। यी सबै परमप्रभुले मोशाद्वारा एलाजारलाई दिनुभएको आज्ञाअनुसार गरिएका थिए।
41
भोलिपल्ट सारा जन-समुदायले मोशा र हारूनलाई दोष दिदै भने, “तिमीहरूले परमप्रभुका जनहरूलाई मारेका छौ।”
42
मोशा र हारूनको विरोध गर्न तिनीहरू सबै भेला भएपछि तिनीहरू पवित्र पालतर्फ फर्के। तिनीहरूले त्यसलाई बादलले छोपेको र त्यहाँ परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति चम्केको देखे।
43
मोशा र हारून गएर पवित्र पालको सामुन्ने उभिए
44
अनि परमप्रभुले मोशालाई भन्नुभयो,
45
“यी मानिसहरूबाट पछि हट् र म तिनीहरू उभिएकै ठाउँमा तिनीहरूलाई नाश पार्नेछु!” ती दुई भूइँमा घोप्टो परे
46
र मोशाले हारूनलाई भने, “तिम्रो आगोको धुपौरोमा बल्दो आगो वेदीबाट लिएर त्यसमाथि केही धूप हाल। तब त्यसलाई लिएर मानिसहरूकहाँ छिटो-छिटो जाऊ र तिनीहरूका निम्ति शुद्धीकरणको विधि पूरा गर। चाँडो गर! परमप्रभुको रिस खनिएको छ र विपत्ति सुरु भइसकेको छ।”
47
हारूनले त्यो कुरा माने, आफ्नो आगोको धुपौरो लिएर हारून मानिसहरूका बीचमा दगुरेर गए। विपत्ति सुरु भइसकेको देखेर तिनले धूप आगोमा हाले र मानिसहरूको निम्ति शुद्धीकरणको विधि पूरा गरे।
48
त्यसले गर्दा विपत्ति रोकियो र हारून जिउँदा र मरेकाहरूका बीचमा खडा रहे।
49
त्यहाँ मर्नेहरूको सङ्ख्या कोरहका विद्रोहमा मारिएकाहरूको गन्तीबाहेक चौध हजार सात सय थियो।
50
विपत्ति रोकिएपछि हारून मोशाकहाँ पवित्र पालको ढोकामा फर्की आए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36