bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 3
Numbers 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 4 →
1
परमप्रभु मोशासित सीनै पर्वतमा बोल्नुभएको समयमा हारून र मोशाका सन्तान यिनीहरू थिए।
2
हारूनका चार भाइ छोराहरू थिए, जेठो नादाब, अबीहू, एलाजार र ईतामार।
3
तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए।
4
तर सीनैको उजाड-स्थानमा परमप्रभुलाई अपवित्र आगो चढाएको कारणले नादाब र अबीहू मारिएका थिए। तिनीहरूका सन्तान थिएनन्। यसकारण हारूनको जीवनकालमा एलाजार र ईतामारले पूजाहारी काम गर्थे।
5
परमप्रभुले मोशालाई भन्नुभयो,
6
“लेवीका कुललाई ल्याएर पूजाहारी हारूनका सेवक हुनलाई नियुक्त गर्।
7
तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्यक धार्मिक कामहरू गर्नेछन्।
8
तिनीहरूले पवित्र पालका सर-सामानको जिम्मा लिनेछन् र बाँकी सबै इस्राएलीहरूका सेवा गर्नेछन्।
9
लेवीहरूको एउटै जिम्माचाहिँ हारून र उनका छोराहरूको सेवा गर्नु हो।
10
लेवीहरूको जिम्मेवारीमा हारून र त्यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्यो काम गर्न खोज्यो भने त्यो मर्नेछ।”
11
परमप्रभुले मोशालाई भन्नुभयो,
12
[12-13] “अब लेवीहरू मेरा हुनेछन्, जब मैले मिश्रीहरूका सबै पहिले जन्मेकाहरूलाई मारें, तब प्रत्येक इस्राएली परिवारका जेठा छोराहरू र प्रत्येक पहिलो जन्मेको पशुलाई मेरो आफ्नो बनाई पवित्र गरें। अब इस्राएलका जेठा छोराहरूका सट्टामा लेवीहरू मेरा हुन्, तिनीहरू मेरा हुनेछन्। म परमप्रभु हुँ।”
14
[14-15] सीनैको उजाड-स्थानमा परमप्रभुले एक महिना वा त्योभन्दा धेरै उमेर भएका सबै लेवी पुरुषहरूलाई परिवार र गोत्रअनुसार गन्ती गरी लेख्नू भनी मोशालाई आज्ञा गर्नुभयो।
16
मोशाले त्यसै गरे।
17
[17-20] लेवीका तीन छोराहरू थिए— गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्ना नामअनुसार गोत्रहरूका पुर्खा भए। गेर्शोनका दुई छोराहरू भए, लिब्नी र शिमी। कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। मरारीका दुई छोराहरू भए— महली र मूशी। तिनीहरूका नामद्वारा परिवारहरूका पुर्खा तिनीहरू भए।
21
गेर्शोनका गोत्रमा लिब्नी र शिमीका परिवारहरू थिए।
22
यी गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका सबै पुरुषहरूको सङ्ख्या ७,५०० थियो।
23
यो गोत्र पवित्र पाल पछाडि पश्चिमपट्टि बस्नुपर्थ्यो।
24
त्यस गोत्रका मुखिया लाएलको छोरो एल्यासाप थिए।
25
[25-26] त्यो पवित्र पाल, त्यसका भित्री र बाहिरी ढाक्ने पर्दाहरू, ढोकाको पर्दा, पवित्र पाल चारैपट्टिका चोक र वेदीका पर्दाहरू, चोकका ढोकाको पर्दा तिनीहरूका जिम्मामा थिए। यी कुराहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए।
27
कहातका गोत्रमा अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीका परिवारहरू थिए।
28
यो गोत्रमा एक महिना वा त्योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्ख्या ८,६०० थियो। कहातीहरूले पवित्रस्थानको हेरचाह गर्नुपर्थ्यो।
29
यिनीहरू पवित्र पालको दक्षिणपट्टि बस्नुपर्थ्यो।
30
उज्जीएलका छोरा एलीशापान त्यस गोत्रका मुखिया थिए।
31
करारको सन्दुक, टेबिल, सामदान, वेदीहरू, पूजाहारीहरूले पवित्रस्थानमा चलाउने भाँडाकुँडा र महा-पवित्रस्थानका ढोकाको पर्दा तिनीहरूका जिम्मामा थिए। यी थोकहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए।
32
लेवीहरूका मुखिया पूजाहारी हारूनका छोरा एलाजार थिए। पवित्रस्थानमा काम गर्नेहरू तिनका रेखदेखमा थिए।
33
मरारीका गोत्रमा महली र मूशीका परिवारहरू थिए।
34
गोत्रका एक महिना वा त्योभन्दा धेरै उमेरका पुरुषहरूको सङ्ख्या ६,२०० थियो।
35
यो गोत्र पवित्र पालको उत्तरपट्टि गोत्रका मुखिया अबीहेलका छोरा सूरीएलका साथमा बस्नुपर्थ्यो।
36
पवित्र पालका चौकोस, त्यसका डन्डा, खम्बा र आधारहरू र सर-सामानहरू तिनीहरूका जिम्मामा दिइएका थिए। यी कुराहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए।
37
बाहिरी चोकका खम्बा, आधार, खुट्टी र डोरीहरू पनि तिनीहरूका जिम्मामा थिए।
38
मोशा, हारून र तिनका छोराहरू पवित्र पालको अगाडि पूर्वपट्टि बस्नुपर्थ्यो। पवित्रस्थानमा इस्राएलीहरूका निम्ति गरिने सेवाहरू तिनीहरूका जिम्मामा थिए। अरू कसैले ती काम गर्न खोजे त्यो मारिनुपर्थ्यो।
39
परमप्रभुको आज्ञाअनुसार गोत्र-गोत्र गरी मोशाले गन्ती गरी लेखेका एक महिना वा त्योभन्दा धेरै उमेरका लेवी पुरुषहरूको जम्मा सङ्ख्या २२,००० थियो।
40
[40-41] परमप्रभुले मोशालाई भन्नुभयो, “सारा इस्राएलका जेठा छोराहरू मेरा हुन्। यसकारण एक महिना वा त्योभन्दा धेरै उमेरका प्रत्येक इस्राएली छोराहरूका नाम सूचीमा लेख्। तर तिनीहरूका स्थानमा म सबै लेवीहरूलाई मेरा हुन् भनी दाबी गर्दछु। म परमप्रभु हुँ। गाई-वस्तुले पहिला ब्याएका सबै बाछाहरूका स्थानमा पनि म लेवीहरूका गाई-वस्तुलाई दाबी गर्दछु।”
42
मोशाले परमप्रभुको कुराको पालन गरे र
43
एक महिना वा त्योभन्दा धेरै उमेरका जेठा छोराहरूको नाम लेखे। तिनीहरू जम्मा २२,२७३ जना थिए।
44
परमप्रभुले मोशालाई भन्नुभयो,
45
“अब इस्राएलीका जेठा छोराहरूको सट्टामा लेवीहरूलाई अनि इस्राएलीहरूका पहिला जन्मेका बाछाहरूका सट्टामा लेवीहरूका गाई-वस्तुलाई अर्पण गर्।
46
इस्राएलीहरूका जेठा छोराहरू लेवीहरूभन्दा २७३ जना धेरै छन्, यसकारण ती धेरै भएका छोराहरू तैँले फिर्ता लिन किन्नुपर्नेछ।
47
प्रत्येकको लागि तोकिएको मोलअनुसार पाँच-पाँचवटा चाँदीका टुक्रा तिर्नू
48
र त्यो धन हारून र त्यसका छोराहरूलाई दिनू।”
49
मोशाले परमप्रभुको आज्ञापालन गरे
50
र १,३६५ वटा चाँदीका टुक्रा लिए
51
र हारून र तिनका छोराहरूलाई दिए।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36