bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 14
Numbers 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 15 →
1
रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे।
2
तिनीहरूले मोशा र हारूनका विरुद्धमा भने, “मिश्रमा वा यही वनमा मर्नु असल हुनेथियो!
3
किन परमप्रभुले हामीलाई त्यस देशमा लैजाँदै हुनुहुन्छ? लडाइँमा हामी मारिनेछौं, हाम्रा जहान, बालबच्चा कैदमा पर्नेछन्। के मिश्रमा फेरि जानु असल हुँदैन र?”
4
तिनीहरूले आपसमा सल्लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!”
5
मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्टो परे।
6
नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले अफसोस गरेर आफ्ना वस्त्र च्याते। ती दुई जासूसहरूले
7
इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ।
8
परमप्रभु हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यस देशमा पुर्याउनुहुनेछ र त्यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ।
9
परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्यहाँ बस्ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्नेछौं। परमप्रभु हामीसित हुनुहुन्छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्नुभएको छ। यसकारण भय नमान।”
10
सारा इस्राएली समाजले तिनीहरूलाई ढुङ्गाले हानेर मार्ने डर देखाउँदै थिए। तर अचानक ती मानिसहरूले आँखा तिरीमिरी पार्ने ज्योति, पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको देखे।
11
परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म यी मानिसहरूले मलाई अस्वीकार गर्ने हुन्? मैले तिनीहरूका बीचमा यति धेरै उदेकका कामहरू गरिसकें, तापनि अझै कतिञ्जेल तिनीहरू ममाथि भरोसा नगर्ने हुन्।
12
म महामारी पठाएर तिनीहरूलाई नाश पार्नेछु। तर तँलाई चाहिँ म एउटा जातिको पिता बनाउनेछु। त्यो जाति यो अहिलेको जातिभन्दा ठूलो र बलवान् हुनेछ!”
13
तर मोशाले परमप्रभुलाई भने, “तपाईंले आफ्नो शक्तिले यी मानिसहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। तपाईंले आफ्ना मानिसहरूलाई कसो गर्नुभएको छ, त्यो कुरा मिश्रीहरूले जब सुन्छन्,
14
तिनीहरूले सो कुरा यो देशमा बस्नेहरूलाई सुनाउनेछन्। यी मानिसहरूले सुनिसकेका छन् कि तपाईं परमप्रभु हामीसित हुनुहुन्छ। तपाईंको बादल हामीमाथि अडिँदा तपाईंले आफ्नो दर्शन दिनुहुन्छ अनि दिउँसो बादलका खम्बामा र राती आगोका खम्बामा तपाईं हाम्रा अघि-अघि हिँड्नुहुन्छ भनी तिनीहरूले जानेका छन्।
15
अब तपाईंले आफ्ना मानिसहरूलाई नाश गर्नुभयो भने तपाईंको सुनाम सुन्ने जातिहरूले भन्नेछन् कि
16
तपाईंले आफ्ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्याउन सक्नुभएन।
17
यसकारण परमप्रभु, म बिन्ती गर्दछु, तपाईंले आफ्नो शक्ति देखाउनुहोस् र आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले यसो भन्नुभएको थियो,
18
‘म परमप्रभु, सजिलै रिसाउँदिनँ। म ठूलो प्रेम र विश्वासयोग्यता देखाउँछु र पाप र विद्रोह क्षमा गर्दछु। तापनि आमा-बुबाका पापका निम्ति म तिमीहरूका छोरा-नातिहरूलाई तेस्रो वा चौथो पुस्तासम्म दण्ड दिन छोड्दिन।’
19
र अब, हे परमप्रभु, म बिन्ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्म तपाईंले माफ गर्दै ल्याउनुभएको छ।”
20
परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु।
21
म जीवित छु र मेरो उपस्थितिले पृथ्वी भरिँदै छ भन्ने स्वयम् साक्षी राखी म भन्दछु कि
22
यी मानिसहरूमध्ये एक जना पनि त्यस देशमा पस्न पाउनेछैनन्। मेरो उपस्थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्न चाहेका छैनन्।
23
मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्न पाउनेछैनन्। मलाई इन्कार गर्ने कोही पनि त्यस देशमा पस्न पाउनेछैन।
24
तर मेरो सेवक कालेबको मन बेग्लै छ र त्यो मेरो भक्त रहेको छ। त्यसकारण म त्यसलाई त्यसले जाँचबुझ गरी आएको सो देशमा पुर्याउनेछु र त्यसका सन्तानले
25
अहिले अमालेकी र कनानीहरूले बास गरेको त्यस देशमा अधिकार गर्नेछन्। भोलि फर्केर लाल समुद्रको खाडीतिर भएको उजाड-भूमिमा जाओ।”
26
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
27
“अब कहिलेसम्म यी दुष्ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु!
28
अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, त्यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु।
29
तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्यसकारण तिमीहरूमध्ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्यस देशमा पस्न पाउनेछैनन्।
30
मैले तिमीहरूलाई त्यहाँ बस्न दिने प्रतिज्ञा गरेको थिएँ तर अब कालेब र यहोशूबाहेक अरू कोही त्यहाँ बस्न पाउनेछैनन्।
31
तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्यौ तर म तिनीहरूलाई तिमीहरूले इन्कार गरेको यस देशमा ल्याउनेछु र त्यो तिनीहरूको बासस्थान हुनेछ।
32
तिमीहरू यही जङ्गलमा मर्नेछौ।
33
तिम्रा सन्तानहरू यस जङ्गलमा चालीस वर्षसम्म घुमफिर गरिबस्नेछन् र तिमीहरूका पापको निम्ति तिमीहरू सबै नमरुञ्जेल तिनीहरूले कष्ट भोग्नेछन्।
34
त्यस देशको भेद बुझ्न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्म तिमीहरूले आफ्ना पापको फल भोग्नुपर्नेछ। मेरो आफ्ना विरुद्धमा खडा भएको खण्डमा के हुन्छ, त्यो तिमीहरूले बुझ्नेछौ।
35
मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।”
36
[36-37] जुन मानिसहरूलाई मोशाले त्यस देशको भेद लिन पठाएका थिए, तिनीहरूले एउटा झूटो खबर ल्याए। त्यसले गर्दा मानिसहरूले परमप्रभुको विरुद्धमा गनगन गरे। यसकारण परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो र तिनीहरू मरे।
38
ती बाह्र जना जासूसहरूमध्ये यहोशू र कालेब मात्र बाँचे।
39
परमप्रभुका कुरा मोशाले इस्राएलीहरूलाई सुनाए। तिनीहरूले दु:ख मानी विलाप गरे।
40
भोलिपल्ट बिहान सबेरै पहाडपट्टि हमला गर्न तिनीहरू यसो भन्दै बढे, “अब परमप्रभुले हामीलाई भन्नुभएको ठाउँमा जानलाई हामी तयार छौं। हामीले पाप गरेका छौं भनी हामी मानिलिन्छौं।”
41
तर मोशाले भने, “त्यसो भए, किन अहिले परमप्रभुको आज्ञा तिमीहरूले मान्दैनौ त? तिमीहरू असफल हुनेछौ!
42
तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्नेछन्।
43
अमालेकी र कनानीहरूको सामना गर्दा तिमीहरू लडाइँमा मर्नेछौ। परमप्रभु तिमीहरूसित रहनुहुनेछैन किनभने तिमीहरूले उहाँलाई पछ्याउन चाहेनौ।”
44
तरै पनि तिनीहरूले पहाडपट्टि जाने साहस गरे। परमप्रभुको करारको सन्दुक र मोशा छाउनीबाट निस्केनन्।
45
तब पहाडमा बास गर्ने अमालेकी र कनानीहरूले तिनीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर होर्मासम्म खेदेर लगे।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36