bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 20
Numbers 20
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
1
पहिलो महिना इस्राएलका सारा जन-समुदाय सीनैको उजाड मरुस्थलमा आइपुगे र कादेशमा छाउनी हाली बसे। मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो।
2
तिनीहरू बास बसेको ठाउँमा पानी थिएन। यसकारण मानिसहरूले मोशा र हारूनलाई घेरेर
3
दोष लगाउन थाले, “हाम्रा इस्राएली सङ्गीहरूसित हामी पनि परमप्रभुको पवित्र पालअघि मर्न पाएका भए असल हुनेथियो।
4
किन तिमीहरूले हामीलाई यो मरुस्थलमा ल्यायौ? यहाँ हामी हाम्रा जन्तुहरूसहित मरौं भनेर ल्याएका हौ?
5
किन हामीलाई मिश्रदेखि निकाली यो आत्तेसलाग्दो ठाउँमा ल्यायौ, जहाँ केही उम्रँदैन? यहाँ अन्न, नेभारा, अङ्गुर, अनार केही छैन। पिउने पानी पनि छैन!”
6
मोशा र हारून मानिसहरूदेखि हटेर गई पवित्र पालको ढोकामा उभिए। तिनीहरू जमिनसम्मै घोप्टे र परमप्रभुको उपस्थितिको तिरीमिरी पार्ने ज्योति त्यहाँ देखा पर्यो।
7
परमप्रभुले मोशालाई भन्नुभयो,
8
“करारका सन्दुकको अघि भएको लौरो हातमा ली। हारून र तैँले सबै इस्राएलीहरूलाई भेला गर्नू र तिनीहरूको सामु त्यो चट्टानसित कुरा गर्नू। चट्टानबाट पानी जोडले बही निस्कनेछ। यस प्रकारले चट्टानबाट तिमीहरूले मानिसहरूको लागि पानी निकाल्नेछौ र तिनीहरू र तिनीहरूका पशुहरूले पानी पिउनेछन्।”
9
मोशाले गएर परमप्रभुले आज्ञा गरेअनुसार लौरो लिए।
10
मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?”
11
तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्क्यो र सबै मानिस र पशुहरूले पानी पिए।
12
तर परमप्रभुले मोशा र हारूनलाई हप्काउनुभयो। उहाँले भन्नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्वीकार गर्ने पूरा विश्वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्याउन पाउनेछैनौ।”
13
यो घटना मेरीबामा भएको हो। मेरीबामा मानिसहरूले परमप्रभुका विरुद्धमा गनगन गरे र उहाँले म पवित्र छु भनी तिनीहरूलाई देखाउनुभयो।
14
मोशाले कादेशबाट एदोमको राजाकहाँ दूतहरू पठाए। तिनीहरूले गएर यसो भने, “तपाईंका आफन्तहरू इस्राएलका कुलले यो समाचार पठाउँदै छन्। हामीलाई परेको आएको दु:ख तपाईंलाई थाहा छ।
15
हाम्रा पुर्खाहरू मिश्रदेशमा गए र त्यहाँ हामीहरू धेरै वर्षसम्म बस्यौं। मिश्रीहरूले हाम्रा पुर्खा र हामीसित कसरी खराब व्यवहार गरे, त्यो तपाईंलाई थाहै छ।
16
अनि हामीले सहायताको निम्ति परमप्रभुलाई पुकार्यौं। उहाँले हाम्रो पुकार सुनेर एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई मिश्रबाट बाहिर निकाली ल्याए। अहिले हामी कादेशमा छौं, जुन सहर तपाईंको मुलुकको सीमानानिर छ।
17
हामीलाई तपाईंको मुलुकबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्तु बाटो छोडी यताउति खेतबारी वा दाखबारीमा पस्नेछैनौं र तपाईंका इनारबाट पानी पनि पिउनेछैनौं। तपाईंका देशबाट बाहिर ननिस्कुन्जेल हामी मूल-बाटो भएर जानेछौं।”
18
तर एदोमीहरूले उत्तर पठाए, “हामी तिमीहरूलाई हाम्रो देशबाट भएर जान दिन्नौं! तिमीहरूले त्यसो गर्ने चेष्टा गर्यौ भने हामी आएर तिमीहरूमाथि हमला गर्नेछौं।”
19
इस्राएलीहरूले भने, “हामी मूलबाटोमा हिँड्नेछौं। हामीले वा हाम्रा पशुले तपाईंहरूको पानी खाइदियौं भने त्यसको दाम दिनेछौं। हामी खालि तपाईंहरूका देशबाट भएर जान चाहन्छौं।”
20
एदोमीहरूले दोहोर्याएर भने, “हामी तपाईंहरूलाई जान दिँदैनौं!” तिनीहरू शक्तिशाली फौज लिई इस्राएलीहरूलाई हमला गर्न निस्के।
21
एदोमीहरूले आफ्ना देशबाट इस्राएलीहरूलाई जान नदिएका कारणले इस्राएलीहरू अर्को बाटो लागे।
22
इस्राएलका सारा जन-समूह कादेशबाट हिँडे
23
र एदोमका सीमानामा होर पर्वतमा आइपुगे। त्यहाँ परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
24
“मैले इस्राएललाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा हारून पस्न पाउनेछैन। त्यो मर्नेछ किनभने मेरीबामा तिमी दुवैले मेरो आज्ञाको विरोध गर्यौ।
25
हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतमा लिएर जा
26
र त्यहीँ हारूनदेखि पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदे। हारून त्यही मर्नेछ।”
27
मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। सबै इस्राएलीहरूले देख्दा-देख्दै तिनीहरू होर पर्वतमा गए।
28
त्यहाँ मोशाले हारूनका पूजाहारीका पोशाक उतारेर एलाजारलाई लगाइदिए। त्यहीँ पर्वतमाथि हारून मरे अनि मोशा र एलाजार फर्केर तल झरे।
29
सबै इस्राएलीहरूले हारून मरेका थाहा पाए र तिनको निम्ति तिनीहरूले तीस दिनसम्म शोक मनाए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36