bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 15
Numbers 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 16 →
1
[1-2] परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई यी तलका नियमहरू दिनुभयो। उहाँले तिनीहरूलाई दिनुहुने देशमा ती तिनीहरूले पालन गर्नुपर्ने थियो।
3
एउटा साँढे, एउटा साँढ-भेडा र एउटा भेडा वा बाख्रा परमप्रभुलाई होमबलि वा भाकल-बलि वा राजीखुसीको बलि वा नियमअनुसार धार्मिक चाडहरूमा चढाउने बलिका रूपमा चढाउनू। यी सबै बलिका बासनाले परमप्रभुलाई खुसी पार्नेछ।
4
[4-5] जसले भेडा वा बाख्रा परमप्रभुकहाँ होमबलि चढाउँछ, त्यसले पशुसित एक लिटर जैतुनको तेल मिसाएको एक किलोग्राम पीठो, अन्नबलिका रूपमा एक लिटर दाखमद्यको साथमा ल्याओस्।
6
जब एउटा साँढ-भेडा बलि चढाइन्छ, त्योसित डेढ लिटर जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो अन्नबलिको लागि ल्याओस्
7
र त्योसित डेढ लिटर दाखमद्य पनि ल्याओस्। यी बलिका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
8
परमप्रभुलाई एउटा साँढ होमबलि वा भाकल-बलि वा मेलबलि चढाइन्छ भने
9
त्योसित दुई लिटर जैतुनको तेल मिसाएको तीन किलोग्राम पिठोको अन्नबलि
10
दुई लिटर दाखमद्यसित चढाउनुपर्छ। यो बलिको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
11
प्रत्येक साँढे, साँढ-भेडा, भेडा वा बाख्रासित ती कुराहरू चढाउनुपर्छ।
12
एकभन्दा धेरै पशुबलि चढाइन्छ भने तीसँग चढाउनुकर्ने अरू भेटी त्यही हिसाबले चढाउनुपर्छ।
13
हरेक इस्राएलीले आगोद्वारा चढाइने बलि चढाउँदा यस्तो गर्नुपर्छ। यसको बासनाले परमप्रभुलाई खुसी पार्नेछ।
14
अनि कुनै समयमा तिमीहरूका माझमा थोरै दिनको लागि वा सदाको लागि बास गर्ने विदेशीले आगोद्वारा चढाइने बलि चढाउँछ भने त्यसले त्यही नियमहरू पालन गरोस्, त्यसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
15
तिमी र तिम्रा माझमा बास गर्ने विदेशीहरूले सधैँभरि एउटै नियमहरू मान्न कर लाग्छ। परमप्रभुको नजरमा उनीहरू र तिमीहरू एउटै हौ।
16
एउटै नियम र व्यवस्थाहरू तिमीहरू र तिनीहरू दुवैमाथि लागू हुनेछन्।
17
[17-18] परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई यी तलका नियमहरू दिनुभयो। उहाँले तिनीहरूलाई दिनुहुने देशमा ती तिनीहरूले पालन गर्नुपर्ने थियो।
19
त्यस देशमा उब्जनी भएको अन्न खाँदा त्यसको केही हिस्सा परमप्रभुलाई विशेष भेटीको रूपमा छुट्ट्याउनुपर्नेछ।
20
जब तिमीहरू रोटी पोल्दछौ, नयाँ अन्नले बनेको पहिलो रोटी परमप्रभुलाई एउटा विशेष भेटीका रूपमा चढाउनुपर्छ। त्यो रोटी ठीक त्यही प्रकारले चढाउनुपर्नेछ, जसरी तिमीहरू आफूले छाँटेका पहिलो अन्नबाट विशेष भेटी चढाउँदछौ।
21
आउँदो सदाकालको निम्ति तिमीहरूले यो विशेष भेटी आफूले पोलेको रोटीबाट परमप्रभुलाई दिनुपर्नेछ।
22
तर यदि कसैले अन्जानमा परमप्रभुले मोशालाई दिनुभएको यी नियम पालन गरेन भने
23
वा त इस्राएली समाजले आउँदा दिनमा परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञाहरू मानेनन् भने
24
र समाजमा अज्ञानताले यदि त्यो भुल भएको हो भने तिनीहरूले उचित अन्नबलि र मद्यबलिसित एउटा साँढे होमबलि चढाऊन्। तिनका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्यसमाथि तिनीहरूले एउटा बाख्राको पापबलि चढाऊन्।
25
पूजाहारीले समाजको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ र तिनीहरूले क्षमा पाउनेछन् किनभने तिनीहरूले जानी-जानी भुल गरेका होइनन् र तिनीहरूले पापबलि र आगोद्वारा चढाइने बलि परमप्रभुलाई चढाएका छन्।
26
इस्राएलका सारा समाज र तिनीहरूका माझमा बास गर्ने विदेशीहरूले क्षमा पाउनेछन् किनभने सबै जना त्यस भुलमा दोषी भएका थिए।
27
कुनै एक व्यक्तिले अन्जानमा पाप गर्यो भने त्यसले एउटा एकवर्षे पाठी पापबलि चढाओस्।
28
वेदीमा पूजाहारीले त्यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्यसले क्षमा पाउनेछ।
29
अन्जानमा पाप गर्ने इस्राएली होस् वा त्यहीँ बास गर्ने विदेशी, दुवैमाथि एउटै नियम लागू हुनेछ।
30
तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्नेछ र त्यसलाई मार्नुपर्छ
31
किनभने त्यसले परमप्रभुको वचनलाई लत्यायो र उहाँको आज्ञा जानी-जानी तोड्यो। त्यसको मृत्युको लागि त्यो आफैं जिम्मेवार छ।
32
इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो।
33
त्यसलाई तिनीहरूले मोशा, हारून र सारा समाजको अघि पुर्याए।
34
त्यसलाई के गर्नुपर्ने हो, त्यो पक्का थाहा नपाएकोले तिनीहरूले त्यसलाई थुनामा राखे।
35
तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।”
36
यसकारण परमप्रभुले आज्ञा गर्नुभएअनुसार सारा समाजले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हानेर मारे।
37
परमप्रभुले इस्राएलका मानिसहरूलाई यसो भन्नू भनी
38
मोशालाई आज्ञा गर्नुभयो, “आफ्ना वस्त्रका कुना-कुनामा झुम्का लगाओ र झुम्कामा नीलो डोरी हाल। आउँदो सदाकालको लागि तिमीहरूले त्यसो गर्नू।
39
ती झुम्काले तिमीहरूलाई सम्झना दिइरहनेछ र ती झुम्कालाई देख्नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्नै मनका इच्छा र चाहनाको पछि लाग्नेछैनौ।
40
ती झुम्काहरूले मेरा आज्ञाहरू पालन गर्न तिमीहरूलाई याद दिलाउनेछन् र तिमीहरू सम्पूर्णरूपले मेरा हुनेछौ।
41
म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई तिमीहरूका परमेश्वर बनूँ भनी मिश्रदेखि निकाली ल्याएँ। म परमप्रभु हुँ।”
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36