bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 19
Numbers 19
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
1
[1-2] परमप्रभुले मोशा र हारूनलाई यी नियमहरू इस्राएलीहरूलाई दिन भन्नुभयो, “एउटा निष्खोट कहिले पनि जुवा नहालेको रातो गाई ल्याएर
3
पूजाहारी एलाजारलाई दिनू। त्यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्नेमा मार्नू।
4
तब एलाजारले केही रगत औँलाले उठाएर पवित्र पालको अगाडिपट्टि सातचोटि छर्कोस्।
5
सम्पूर्ण गाई— छाला, मासु, रगत र आन्द्रा-भुँडीसहित पूजाहारीको सामुन्नेमा डढाउनू।
6
त्यसपछि पूजाहारीले केही देवदारुको काठ, हिसपको हाँगा र एउटा रातो धागो आगोमा लाइदेओस्।
7
त्यसपछि उसले आफ्नो वस्त्र धोओस्, आफैंमाथि पानी खन्याओस् र छाउनीभित्र पसोस्। तर साँझसम्म ऊ अशुद्ध रहनेछ।
8
जुन मानिसले गाई जलाउँछ, त्यसले पनि आफ्ना वस्त्र धुनु र आफैंमाथि पानी खन्याउनुपर्नेछ। तर त्यो पनि साँझसम्म अशुद्ध रहनेछ।
9
तब जो मानिस विधिअनुसार शुद्ध छ, त्यसले त्यो गाईको खरानी बटुलेर छाउनी बाहिर रीतिअनुसार शुद्ध ठाउँमा राखोस्। विधिअनुसार अशुद्धि हटाउने पानी तयार गर्नलाई त्यो इस्राएलीहरूले चलाउनेछन्। यो विधि पाप हटाउन पूरा गर्नुपर्छ।
10
खरानी बटुल्ने मानिसले आफ्ना वस्त्र धुनुपर्नेछ तर ऊ साँझसम्म अशुद्ध रहनेछ। यो व्यवस्था आउँदो सदाकालको निम्ति इस्राएलीहरू र तिनीहरूका बीचमा बास गर्ने विदेशीहरू सबैको निम्ति लागू हुनेछ।
11
“लाश छुने मानिस सात दिन अशुद्ध रहनेछ।
12
त्यसले चोख्याउने पानी लिएर तेस्रो र सातौँ दिन आफैंलाई चोख्याउनुपर्छ, तब त्यो शुद्ध हुनेछ। तर त्यसले तेस्रो र सातौँ, दुवै दिन आफैंलाई चोख्याएन भने त्यो शुद्ध हुनेछैन।
13
जसले लाश छोएपछि आफैंलाई चोख्याउँदैन, त्यो अशुद्ध रहनेछ। त्यसमाथि चोख्याउने पानी नलगाएको कारणले त्यसले परमप्रभुको पवित्र पाललाई अपवित्र पार्दछ र त्यसलाई परमेश्वरको जन मानिनेछैन।
14
“यदि कोही पालमा मर्यो भने त्यस बेला पालमा हुने वा पस्ने मानिस सात दिन अशुद्ध रहनेछ।
15
त्यस पालमा भएका ढकनीबिनाको हरेक भाँडो पनि अशुद्ध हुनेछ।
16
यदि कसैले मारिएको वा घरदेखि बाहिर साधारण प्रकारले मरेको मानिसको लाशलाई छोयो वा कसैले मानिसको हड्डी वा चिहान छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ।
17
“त्यस मानिसको अशुद्धता हटाउन पाप कटनीको होमबलिबाट केही खरानी लिएर एउटा भाँडोमा हाली त्यसमा चोखो पानी हाल्नू।
18
त्यसपछि शुद्ध भएको मानिसले हिसपको एउटा हाँगा पानीमा डुबाएर पाल र त्यसभित्र भएका सारा सर-सामानहरू र त्यहाँ भएका मानिसमाथि छर्कोस्। जसले मानिसको हड्डी वा चिहान वा मारिएको लाश र मरेको लाश छुन्छ, त्यसमाथि पनि त्यस मानिसले पानी छर्कोस्।
19
तेस्रो अनि सातौँ दिनमा त्यो शुद्ध व्यक्तिले अशुद्ध भएको मानिसमाथि पानी छर्कनुपर्छ। सातौँ दिनमा अशुद्ध व्यक्तिलाई त्यसले शुद्ध पार्नुपर्छ। त्यो अशुद्ध व्यक्तिले आफ्ना वस्त्र धोएर आफैंमाथि पानी खन्याउनेछ र घाम डुब्दाखेरि शुद्ध हुनेछ।
20
“जो अशुद्ध भएर आफैं चोखिएको छैन, त्यो अशुद्ध रहनेछ किनभने चोख्याउने पानी त्यसमाथि खन्याइएको छैन। त्यसले परमप्रभुको पवित्र पाललाई अपवित्र गर्दछ र त्यसलाई परमेश्वरको जन मानिनेछैन।
21
आइन्दा सधैँभरि यो नियम तिमीहरूले मान्नुपर्नेछ। जुन मानिसले चोख्याउने पानी छुन्छ, त्यो बेलुकासम्म अशुद्ध रहनेछ।
22
अशुद्ध व्यक्तिले जे कुरा छुन्छ, त्यो अशुद्ध हुन्छ र अरू कसैले त्यो कुरा छोयो भने त्यो पनि बेलुकासम्म अशुद्ध रहनेछ।”
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36