bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 27
Numbers 27
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 28 →
1
योसेफका छोरा मनश्शे, मनश्शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए।
2
ती केटीहरू गएर मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा इस्राएली समाजको सामुन्ने परमप्रभुले बास गर्ने पवित्र पालका ढोकामा उभिएर भने,
3
“हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्नै पापमा मरेका हुन्।
4
उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।”
5
मोशाले तिनका कुरा परमप्रभुको अघि लगे।
6
परमप्रभुले भन्नुभयो,
7
“सलोफादका छोरीहरूले जे बिन्ती गरेका छन्, त्यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्पत्ति दिनू। त्यसको अंश ती केटीहरूले पाऊन्।
8
इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्यसको सम्पत्तिमाथि त्यसकी छोरीको हक लाग्नेछ।
9
त्यसकी छोरी पनि छैन भने त्यसका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्।
10
यदि त्यसका भाइहरू पनि छैनन् भने त्यसको बुबाका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्।
11
त्यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्यसका सबैभन्दा नजिकका नातेदारले सम्पत्ति पाउनेछ र त्यसलाई आफ्नो निजी सम्पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्नुपर्नेछ, जस्तो म परमप्रभुले आज्ञा गरेको छु।”
12
परमप्रभुले मोशालाई भन्नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्यस देशलाई हेर्।
13
तैँले त्यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस्
14
किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्ने मेरो पवित्र शक्ति स्वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।)
15
मोशाले प्रार्थना गरे,
16
“परमप्रभु परमेश्वर, सारा प्राणीका मूल! म बिन्ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्ने एउटा मानिस नियुक्त गर्नुहोस्।
17
जसले लडाइँमा पनि आदेशहरू दिन सक्छन् र तपाईंका मानिसहरू गोठालाबिनाका भेडाझैँ हुनेछैनन्।”
18
परमप्रभुले मोशालाई भन्नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्यसको शिरमाथि हात राख्। त्यो एक योग्य मानिस हो।
19
त्यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्यो हो भनी घोषणा गर्।
20
तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्।
21
त्यो पूजाहारी एलाजारमाथि भरपर्नेछ र एलाजारले ऊरीम र तुम्मीमद्वारा मेरो इच्छा बुझ्नेछ। यस प्रकारले एलाजारले यहोशूलाई बाटो देखाउनेछ र सबै विषयमा इस्राएली समुदायलाई पनि अगुवाइ गर्नेछ।”
22
परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुरा गरे। तिनले यहोशूलाई एलाजार र सारा समाजको अघि उभ्याए।
23
परमप्रभुको आज्ञाअनुसार मोशाले आफ्ना हात यहोशूको शिरमा राखे र तिनलाई आफ्नो उत्तराधिकारी र इस्राएलीहरूको अगुवा हो भनी घोषणा गरे।
← Chapter 26
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 28 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36