bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 31
Numbers 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरे, त्यसको सजायँ तिनीहरूलाई दे। त्यसो गरिसकेपछि तेरो मृत्यु हुनेछ।”
3
यसकारण मोशाले मानिसहरूलाई भने, “लडाइँको लागि तयार होओ र मिद्यानीहरूलाई हमला गर र तिनीहरूले परमप्रभुसित जे गरे, त्यसको लागि तिनीहरूलाई दण्ड देओ।
4
हरेक इस्राएल कुलबाट एक-एक हजार पुरुष लडाइँ गर्नलाई पठाओ।”
5
हरेक कुलबाट एक हजार मानिस चुनिए र जम्मा बाह्र हजार मानिसहरू लडाइँ गर्न तयार भए।
6
मोशाले तिनीहरूलाई लडाइँ गर्न पूजाहारी एलाजारका छोरा पीनहासको हुकुममा अगाडि पठाए। पीनहासले पवित्र सर-सामानहरू र सङ्केत दिने तुरहीहरूको जिम्मा लिए।
7
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले मिद्यानीहरूमाथि आक्रमण गरेर तिनका सबै मानिसहरूलाई मारिदिए।
8
तिनीहरूले मिद्यानीहरूका पाँचै जना राजाहरू— एवी, रेकेम, सूर, हूर र रेबासमेतलाई मारे। तिनीहरूले बओरको छोरो बालामलाई पनि मारे।
9
इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्तुभाउमाथि कब्जा गरे, तिनीहरूका धन-सम्पत्ति लुटे।
10
तिनीहरूका सहर र छाउनीहरू जलाइदिए।
11
तिनीहरूले हात पारेका लुटका सबै माल, कैदी र पशुहरूसमेत लिएर गए
12
अनि तिनलाई मोशा, एलाजार र इस्राएलका सारा जनसमुदायको अघि ल्याए। त्यस बेला तिनीहरू यरीहो र यर्दनको वरिपरि मोआबका मैदानमा छाउनी हालेर बसेका थिए।
13
मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्के।
14
लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए।
15
तिनले उनीहरूलाई सोधे, “किन तिमीहरूले सबै स्त्रीहरूलाई जिउँदै छोडेका छौ?
16
याद राख, बालामको आदेश मान्ने र पोरमा मानिसहरूलाई परमप्रभु विरुद्ध अविश्वासी बनाउने स्त्रीहरू नै थिए। त्यसले गर्दा परमप्रभुका जनहरूका बीचमा विपत्ति आएको थियो।
17
यसकारण हरेक केटालाई र पुरुषसित सहवास गरिसकेकी हरेक स्त्रीलाई मार।
18
तर कन्ये-केटीहरूलाई आफ्नो लागि जिउँदै राख।
19
तिमीहरू जस-जसले मानिस मारेका छौ वा लाश छोएका छौ, सात दिनसम्म छाउनीदेखि बाहिर बस्नुपर्नेछ। तेस्रो र सातौँ दिन तिमीहरूले आफैंलाई र आफूले कैद गरेका स्त्रीहरूलाई चोख्याउने काम गर।
20
कपडाका प्रत्येक टुक्रा र छाला वा बाख्राका रौँ तथा काठले बनेका हरचीज पनि चोख्याउनू।”
21
पूजाहारी एलाजारले लडाइँबाट फर्केका पुरुषहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।
22
[22-23] सुन, चाँदी, काँसा, फलाम, टिन र सिसाजस्ता नडढ्ने प्रत्येक चीज आगोमा हालेर चोख्याइनुपर्छ। अरू सबै थोक पानीद्वारा चोख्याउनुपर्छ।
24
सातौँ दिनमा तिमीहरूले आफ्ना लुगाहरू धुनुपर्छ। तब तिमीहरू विधिअनुसार शुद्ध हुनेछौ र छाउनीभित्र पस्ने अनुमति पाउनेछौ।”
25
परमप्रभुले मोशालाई भन्नुभयो,
26
“तँ र एलाजारले समाजका अरू अगुवाहरूसित मिलेर कब्जामा लिइएका चीजबीजहरू, सबै कैदी र पशुहरूसमेत गन्ती गर्नू।
27
ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि।
28
सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू।
29
ती सबै परमप्रभुलाई चढाइएको विशेष भेटीका रूपमा पूजाहारी एलाजारलाई दिनू।
30
बाँकी समाजका मानिसहरूलाई दिइएका भागबाट पचास कैदीबाट एक जना लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा-बाख्राहरूबाट पनि छुट्ट्याईदिनू। ती सबै परमप्रभुले बास गर्ने पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिनू।”
31
परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा र एलाजारले गरे।
32
[32-35] सिपाहीहरूले आफैंसित राखेका थोकहरूबाहेक आफ्ना अधीनमा लिएका वस्तुहरूको सङ्ख्याको सूची यस प्रकार थियो— ६,७५,००० भेडाबाख्रा, ७२,००० गाई-गोरु, ६१,००० गधा र ३२,००० कन्ये-केटीहरू।
36
[36-40] त्यसको आधा भाग, जुन सिपाहीहरूका हिस्सामा पर्थ्यो, त्यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्ये एकसट्ठीवटा र १६,००० कन्ये-केटीहरूमध्ये बत्तीस जना परमप्रभुको कर थिए।
41
त्यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्ति विशेष भेटीको रूपमा खन्याए।
42
[42-46] सिपाहीहरूको भागमा जति पर्यो, त्यति नै बाँकी समाजलाई पनि पर्यो— ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्ये-केटीहरू।
47
तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए।
48
सेनाका अधिकृतहरू मोशाकहाँ गए
49
र यस्तो बयान दिए, “हजुर, हामीले आ-आफ्ना फौजमा रहेका सिपाहीहरूको गन्ती लियौं अनि तीमध्ये एक जना पनि हराएको छैन।
50
हामीले लिएका सुनका गहनाहरू, बाजु, बाला-औँठी, कानका कुण्डल र मालाहरू यहीँ लिइआएका छौं। यी परमप्रभुलाई हाम्रा प्राणको मोल स्वरूप टक्र्याउँदछौं र उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।”
51
मोशा र एलाजारले ती सुन लिए। ती सबै सुनका गरगहना थिए।
52
अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो।
53
जो अधिकृतहरू थिएनन्, तिनीहरूले लुटेका माल आफैंसित राखे।
54
यसरी मोशा र एलाजारले सुनचाहिँ पवित्र पालमा लगे। परमप्रभुले इस्राएलीहरूको रक्षा गरून् भनेर तिनीहरूले सुन त्यहाँ पुर्याएका थिए।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36