bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 28
Numbers 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 29 →
1
[1-2] आगोद्वारा चढाइने बलिहरू इस्राएलीहरूले परमप्रभुलाई तोकिएका समयहरूमा चढाऊन् भन्ने आदेश परमप्रभुले मोशाद्वारा दिनुभयो। ती अन्नबलिहरूको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
3
परमप्रभुलाई चढाउनुपर्ने आगोद्वारा चढाउने अन्नबलिहरू यी नै हुन्: दिन-दिनको होमबलिको निम्ति दुईवटा एकवर्षे निष्खोट थुमाहरू।
4
पहिलो पाठो बिहान र दोस्रो पाठो बेलुका चढाउनू।
5
प्रत्येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्नबलि पनि चढाउनू।
6
यो दैनिक चढाइने र आगोले पूरा भस्म गर्नुपर्ने बलि हो, जो पहिलोपल्ट सीनै पर्वतमा आगोद्वारा चढाइने अन्नबलिका रूपमा चढाइएको थियो र जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
7
पहिलो पाठोसित एक लिटर दाखमद्य मद्यबलिका रूपमा वेदीमा खन्याउनू।
8
बेलुका बिहानको जस्तै गरी दोस्रो पाठो मद्य-बलिसहित बलि चढाउनू। यो पनि एउटा होमबलि हो, जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
9
विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्खोट थुमा चढाउनू र साथै जैतुनको तेल मिसाएका दुई किलोग्राम पिठोको अन्नबलि र मद्यबलि चढाउनू।
10
दैनिक बलि र मद्यबलिबाहेक यो होमबलि हरेक विश्रामको दिन चढाउनू।
11
हरेक महिनाको पहिलो दिनमा यी पशुहरूको होमबलि चढाउनू— दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू यी सबै पशुहरू निष्खोट हुनुपर्छ।
12
अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको पिठो यस रीतिले चढाउनू— हरेक साँढेसित तीन किलोग्राम पिठो, साँढ-भेडासित दुई किलोग्राम
13
र हरेक भेडाको पाठोसित एक किलोग्राम पिठो। यी अन्नबलिहरू होमबलि हुन्, जसका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
14
उचित मद्यबलि यस्तो हुन्छ, हरेक साँढेसित दुई लिटर दाखमद्य, साँढ-भेडासित डेढ लिटर र पाठोसित एक लिटर दाखमद्य। वर्षभरि हरेक महिनाको पहिलो दिनमा चढाउने होमबलिको यही नियम हो।
15
दिनहुँ मद्यबलिसित चढाउने होमबलिबाहेक एउटा बोको पापबलिको रूपमा चढाउनू।
16
परमप्रभुको आदरमा मानिने निस्तार-चाड पहिलो महिनाको चौधौँ दिनमा मनाउनुपर्छ।
17
पन्ध्रौँ दिनमा एउटा धार्मिक चाड सुरु गरिनुपर्छ, जुन सात दिनसम्म चल्नेछ। ती दिनमा बिनाखमिरको रोटी मात्र खानुपर्नेछ।
18
चाडको पहिलो दिन तिमीहरू आराधनाको निम्ति भेला हुनेछौ, त्यो दिन कुनै काम नगर्नू।
19
निष्खोट दुईवटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि गरी परमप्रभुलाई चढाउनू।
20
जैतुनको तेल मिसाएको पिठो ठीक प्रकारले अन्नबलिका रूपमा यसरी चढाउनू— साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम
21
र हरेक थुमासित एक किलोग्राम।
22
एउटा बोकाको पापबलि पनि चढाउनू र यसरी मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नू।
23
सधैँ बिहान चढाउने होमबलिबाहेक यी कुराहरू चढाउनू।
24
त्यस्तै प्रकारले सात दिनसम्म परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। यो सधैँ चढाउने होमबलि र मद्यबलिबाहेक छुट्टै चढाउनू
25
सातौँ दिन फेरि आराधनाको निम्ति भेला हुनू, त्यो दिन केही काम नगर्नू।
26
कटनी चाडको पहिलो दिन परमप्रभुलाई नयाँ अन्न चढाउँदा तिमीहरू आराधनाको निम्ति एक साथ भेला हुनू। त्यो दिन केही काम नगर्नू।
27
परमप्रभुलाई खुसी पार्ने बास्नाको निम्ति एउटा होमबलि चढाउनू। निष्खोट दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू बलि चढाउनू।
28
उचित अन्नबलि— जैतुनको तेल मिसाएको पिठो, हरेक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई
29
र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू।
30
पापबलिको निम्ति एउटा बोको पनि चढाउनू। यसरी मानिसहरूको शुद्धीकरणको विधि पूरा गर्नू।
31
दिन-दिनको होमबलि र अन्नबलिबाहेक छुट्टै यी बलिहरू र मद्यबलि चढाउनू।
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36