bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Numbers 22
Numbers 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
1
इस्राएलीहरू अघि बढे र मोआबको समथर भूमिमा छाउनी हाले। त्यो ठाउँ यर्दनको पूर्वमा यरीहोको सामुन्नेपट्टि पर्थ्यो।
2
सिप्पोरको छोरो मोआबको राजा बालाकले इस्राएलीहरूको सङ्ख्या कति छ अनि एमोरीहरूलाई के गरेका थिए, सुने।
3
त्यो सुनेर तिनी र तिनका प्रजा सबै डराए।
4
मोआबीहरूले मिद्यानीहरूका अगुवाहरूलाई भने, “साँढेले चरनमा घाँस खाएर सिध्याएजस्तै यी इस्राएलीहरूका हुलले हाम्रा चारैपट्टि भएका सबै कुराहरू ध्वंस पार्नेछन्।”
5
यसकारण बालाक राजाले बओरको छोरो बालामलाई बोलाउन दूतहरू पठाए। बालाम त्यस बेला यूफ्रेटिस नदीको छेउमा अमाऊ देशको पतोरमा थिए। तिनी भएको ठाउँमा दूतहरू बालामको यो खबर लिई आए, “म तिमीलाई यो खबर दिँदै छु, मिश्रबाट एउटा जाति निस्की आएको छ। ती मानिसहरू चारैतिर फैलिएर जाँदै छन् र हाम्रो देश कब्जा गर्ने धम्की दिँदै छन्।
6
तिनीहरूको सङ्ख्या हाम्रो भन्दा धेरै बढी छ। यसकारण तिमी आएर तिनीहरूलाई मेरो खातिर सराप देऊ। त्यसो भए सायद हामी तिनीहरूलाई जितेर देशबाट बाहिर धपाउन सक्नेछौं। म जान्दछु कि तिमीले आशीर्वाद दिँदा मानिसहरूले आशिष् पाउँछन् अनि तिमीले सराप दियौ भने त्यो सराप तिनीहरूलाई लाग्दछ।”
7
त्यसरी मोआबी र मिद्यानी अगुवाहरूले त्यस सरापको लागि तिर्नुपर्ने मोल लिएर गई बालामलाई बालाकको समाचार दिए।
8
बालामले तिनीहरूलाई भने, “आज राती यहीँ बिताओ। परमप्रभुले मलाई के भन्नुहुन्छ, त्यो म भोलि तिमीहरूलाई सुनाउनेछु।” यसकारण मोआबी अगुवाहरू बालामसित बसे।
9
परमेश्वरले बालामकहाँ आएर सोध्नुभयो, “यी तँसित बास गर्ने मानिसहरू को हुन्?”
10
बालामले जवाफ दिए, “मोआबको राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका हुन्।
11
मिश्रबाट आएको एउटा जातिले सारा देश ढाकिसक्यो भन्ने समाचार पठाएका छन्। बालाक चाहन्छन् उनको खातिर म ती मानिसहरूलाई सराप दिऊँ र उनले तिनीहरूसित लडाइँ गरी तिनीहरूलाई धपाउन सकून्।”
12
परमेश्वरले बालामलाई भन्नुभयो, “तँ यी मानिसहरूसित नजा र इस्राएलीहरूलाई सराप नदे किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु।”
13
भोलिपल्ट बिहान बालाम बालाकका दूतहरूकहाँ गएर भने, “तिमीहरू आफ्ना घर फर्क। परमप्रभुले मलाई तिमीहरूसित जान दिनुभएन।”
14
यसकारण तिनीहरू बालाककहाँ फर्की गए र बालाम आउन राजी नभएको कुरा तिनलाई बताए।
15
तब बालाकले अघिको भन्दा धेरै तथा प्रभावशाली अगुवाहरूलाई बालामकहाँ पठाए।
16
तिनीहरूले गई बालाकको समाचार बालामलाई दिए, “मकहाँ आउनलाई कुनै कुराले तिमीलाई नरोकोस्!
17
म तिमीलाई ठूलो इनाम दिनेछु र तिमीले जे भन्छौ, त्यही गर्नेछु। तिमी आएर यी मानिसहरूलाई मेरो खातिर सराप देऊ।”
18
तर बालामले उत्तर दिए, “बालाकले मलाई आफ्नो राजदरबारका सारा सुन र चाँदी दिए भने पनि म परमप्रभु मेरा परमेश्वरको आज्ञा कुनै सानो कुरामा पनि तोड्न सक्दिनँ।
19
तर अघि आउनेहरूजस्तै तिमीहरू पनि यो रात यहीँ बास बस र परमप्रभुले मलाई अर्को कुरा भन्नुहुन्छ कि म बुझ्नेछु।”
20
त्यस रात बालामकहाँ आएर परमेश्वरले भन्नुभयो, “यदि यी मानिसहरू तँलाई तिनीहरूसँग लैजान भनी आएका हुन् भने जान तयार हो। तर म जे भन्छु, त्यो मात्र तैँले गर्नू।”
21
यसकारण बालामले भोलिपल्ट बिहान आफ्नो गधामा काठी कसे र मोआबी अगुवाहरूसित गए।
22
बालाम त्यसरी गएको देखेर परमेश्वर रिसाउनुभयो र तिनी गधामा चढेर आफ्ना दुई जना चाकरहरूसित गइरहेका बेलामा परमप्रभुको दूत बाटो थुनेर तिनको अघि खडा भए।
23
जब गधाले हातमा तरवार लिएर उभिएको स्वर्गदूतलाई बीच बाटोमा देख्यो, त्यो बाटो छोडेर खेतबारीतिर लाग्यो। बालामले गधालाई चुटेर बाटोमा ल्याए।
24
बाटो दुईवटा दाखबारीका बीचमा साँघुरिएर गएको थियो र त्यहाँ दुवैपट्टि ढुङ्गाका पर्खाल पनि थिए। स्वर्गदूत त्यही साँगुरो बाटोमा उभिए।
25
जब गधाले दूतलाई देख्यो, त्यो पर्खालपट्टि हट्यो र बालामको खुट्टा पर्खालमा चेप्टियो। बालामले गधालाई फेरि चुटे।
26
दूत फेरि अघि बढे र एउटा साँगुरो ठाउँमा गई उभिए र त्यहाँ दुवैपट्टि ठाउँ नभएकाले कोही छिर्न सक्दैनथ्यो।
27
यसपालि दूतलाई देखेर गधा भूईमा बस्यो। बालाम रिसाए र आफ्नो लौराले गधालाई चुट्न थाले।
28
तब परमप्रभुले गधालाई बोल्ने शक्ति दिनुभयो र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्ट चुट्नुभयो?”
29
बालामले जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! मसित तरवार भए, तँलाई काट्नेथिएँ।”
30
गधाले जवाफ दियो, “के म त्यही गधा होइनँ र जसमाथि तपाईंले आफ्नै जीवनभरि सवार गर्नुभयो? तपाईंसित के मैले यस्तो व्यवहार अघि कहिल्यै गरेको थिएँ?” “गरेको थिइनस्।” उनले उत्तर दिए।
31
तब परमप्रभुले बालामलाई हातमा तरवार लिई त्यहाँ उभिएको दूत देखाइदिनुभयो। तब बालामले भूइँमा घोप्टो परेर दण्डवत् गरे।
32
दूतले सोधे, “किन तिमीले तीनपल्ट गधालाई त्यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन।
33
तर तिम्रो गधाले मलाई देख्यो र तीनपल्ट बाटो तर्क्यो। त्यसले त्यसरी बाटो नतर्केको भए म तिमीलाई मार्नेथिएँ र गधालाई चाहिँ जिउँदै छोड्नेथिएँ।”
34
बालामले उत्तर दिए, “मैले पाप गरेको छु। मेरो बाटो थुनेर तपाईं खडा हुनुभएको छ भनी मलाई थाहा थिएन। तर अब म यसरी जानु ठीक छैनँ भन्ठान्नुहुन्छ भने म घर फर्कनेछु।”
35
तर स्वर्गदूतले भने, “यी मानिसहरूसित जाऊ तर मैले भनेका कुरा मात्र भन्नू।” यसरी बालाम तिनीहरूसित गए।
36
बालाकले बालाम आउँदै छन् भनी सुने र तिनलाई भेट्न मोआबको सीमानाको अर्नोन नदीको छेउमा आर सहरसम्म गए।
37
बालाकले तिनलाई भने, “पहिलोचोटि मैले बोलाउन पठाउँदा किन आएनौ? म तिमीलाई जति भने पनि इनाम दिन सक्नेछु भनी तिमीले पत्याएनौ?”
38
बालामले उत्तर दिए, “हेर्नुहोस्, म आएँ, आइनँ र? अब मसित के शक्ति छ र? जे परमेश्वरले मलाई भन्न लाउनुहुन्छ, त्यही मात्र म भन्न सक्छु।”
39
यसरी बालाम बालाकसित किर्यत-हुसोत सहरमा गए।
40
त्यहाँ बालाकले गाई-गोरु र भेडाहरू मारे र केही मासु बालाम र तिनीसित आएका अगुवाहरूलाई दिए।
41
भोलिपल्ट बिहान बालाकले बालामलाई बमोत-बालमा लगे। त्यहाँबाट बालामले नजिकका केही भागसम्म इस्राएलीहरूलाई देखे।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36