Numbers 7

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)

← Chapter 6 Chapter 8 →
12[12-83] तिनीहरूले आफ्‍ना भेटीहरू यस प्रकारले चढाए: [दिन] — [कुल] — [मुखिया] पहिलो — यहूदा — अम्‍मीनादाबको छोरो नहशोन दोस्रो — इस्‍साखार — सूआरको छोरो नतनेल तेस्रो — जबूलून — हेलोनको छोरो एलीआब चौथो — रूबेन — शदेऊरको छोरो एलीसूर पाँचौँ — शिमियोन — सूरीशद्दैको छोरो शलूमीएल छैटौँ — गाद — दूएलको छोरो एल्‍यासाप सातौँ — एफ्राइम — अम्‍मीहूदको छोरो एलीशामा आठौँ — मनश्‍शे — पदासूरको छोरो गमलिएल नवौँ — बेन्‍यामीन — गिदेओनीको छोरो अबीदान दशौँ — दान — अम्‍मीशद्दैको छोरो अहीएजेर एघारौँ — आशेर — ओक्रानको छोरो पगीएल बाह्रौँ — नप्‍ताली — एनानको छोरो अहीरा। हरेक मुखियाले ल्‍याएका भेटीहरू एकनासका र यस प्रकारका थिए— अन्‍नबलिको निम्‍ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू— एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्‍ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्‍ति एउटा बाख्रा र मेलबलिको निम्‍ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू।
← Chapter 6 Chapter 8 →