bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 1
Joshua 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
1
परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो,
2
“मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।
3
मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।
4
मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ।
5
तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ।
6
“बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
7
बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।
8
व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।
9
तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
10
तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे,
11
“छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”
12
तर यहोशूले रूबेनी, गादी र मनश्शेको आधा कुललाई भने,
13
“परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात् ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्ने वचन सम्झ।
14
तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाईबस्तुहरू मोशाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्। तर तिमीहरूका सबै योद्धाहरू हतियार भिरी आ-आफ्ना दाजुभाइहरूका अगिअगि पारि जानुपर्छ।
15
अनि जबसम्म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्नेछैनन् तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ।”
16
अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं।
17
जसरी हामीले मोशाका सबै कुरा मान्थ्यौं त्यसरी हामी तपाईंलाई पनि मान्नेछौं। परमप्रभु तपाईंका परमेश्वर जसरी मोशाका साथमा हुनुहुन्थ्यो, त्यसरी तपाईंका साथमा पनि रहून्।
18
तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24