bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 3
Joshua 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
1
यहोशू बिहान सखारै उठे, र तिनी र सबै इस्राएलीहरू शित्तीम छोड़ेर यर्दनमा आए, जहाँ पारि तर्नभन्दा पहिले तिनीहरू वास बसे।
2
तीन दिनपछि अधिकृतहरू छाउनीका बीच-बीचमा गए,
3
र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दूक, र त्यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्छौ, तब तिमीहरू आ-आफ्नो ठाउँ छोड़ेर त्यसको पछि लाग।
4
यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्यसको बीचमा करीब एक हजार मिटरको अन्तर राख। त्यसको नजिक नआओ।”
5
यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”
6
यहोशूले पूजाहारीहरूलाई यसो भने, “करारको सन्दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।
7
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।
8
करारको सन्दूक बोक्ने पूजाहारीहरूलाई तैंले यस्तो आज्ञा गर्नू, ‘तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्नासाथ यर्दनमा खड़ा रहनू’।”
9
यहोशूले इस्राएलीहरूलाई भने, “यता आओ, र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन।
10
“जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ र उहाँले निश्चय नै तिमीहरूका सामुन्नेबाट कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ।
11
हेर, सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक तिमीहरूका अगिअगि यर्दनमा जानेछ।
12
अब इस्राएलका कुलहरूबाट बाह्र पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी छान।
13
जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”
14
यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ-आफ्ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्दूक बोकेर मानिसहरूका अगि लागे।
15
कटनीको अवधिभरि यर्दनमा बाढ़ी आइरहन्छ। तापनि सन्दूक बोक्ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै
16
माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड़्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे।
17
सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्जेलसम्म परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खड़ा रहे।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Joshua Commentaries
→
Devotional
Joshua Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→