bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 17
Joshua 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
1
योसेफका जेठा छोरा मनश्शेको कुलमा परेको भाग, अर्थात् मनश्शेका जेठा छोरा माकीरको भाग यही हो। गिलादीहरूका बुबा माकीरले गिलाद र बाशान पाए, किनभने तिनी लड़ाका थिए।
2
यसकारण मनश्शेका बाँकी सन्तानले, अर्थात् अबीएजेरका सन्तान, हेलेकका सन्तान, अस्रीएलका सन्तान, शकेमका सन्तान, हेपेरका सन्तान, शमीदाका सन्तानहरूले तिनीहरूका वंश-वंशअनुसार भाग पाए। तिनीहरूका वंशअनुसार, योसेफका छोरा मनश्शेका पुरुष सन्तानहरू यी नै हुन्।
3
तर मनश्शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा सलोफादका छोरीहरूबाहेक छोराहरू थिएनन्। तिनका छोरीहरूका नाउँ यी नै हुन्: महला, नोआह, होग्ला, मिल्का र तिर्सा।
4
तिनीहरूले पूजाहारी एलाजार, नूनका छोरा यहोशू र नायकहरूका सामुन्ने आएर यसो भने, “हामीलाई हाम्रा दाजुभाइहरूका बीचमै अधिकार दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” परमप्रभुको आज्ञाअनुसार यिनले तिनीहरूलाई तिनका काकाहरूका बीचमा भाग दिए।
5
तब मनश्शेलाई यर्दन पारिका गिलाद देश र बाशान देशबाहेक दश भाग मिल्यो,
6
किनभने मनश्शेका छोरीहरूले पनि तिनका छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देशचाहिँ मनश्शेका बाँकी सन्तानहरूको भागमा पर्यो।
7
अब मनश्शेका भागको सिमाना आशेरदेखि शकेमका सामुन्नेको मिक्मतातसम्म थियो। त्यो सिमाना दक्षिणतिर लागेर एन-तप्पूहका बासिन्दाहरू भएका ठाउँसम्म पुगेको थियो।
8
तप्पूहीहरूको देश मनश्शेको भागमा पर्यो, तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राइमका सन्तानको भागमा पर्यो।
9
अनि त्यो सिमाना दक्षिणतिर कनाको खोल्सासम्म गएको थियो। मनश्शेका कति सहरहरू एफ्राइमको भागमा पर्यो, तर मनश्शेको सिमानाचाहिँ खोल्साको उत्तरतिर थियो, र त्यो समुद्रमा गएर टुङ्गिएको थियो।
10
दक्षिणतिर एफ्राइमको र उत्तरतिर मनश्शेको भाग थियो। मनश्शेको सिमानाचाहिँ समुद्रमा गएको थियो, र त्यो उत्तरतिर आशेर र पूर्वतिर इस्साखारसम्म पुगेको थियो।
11
इस्साखार र आशेरमा मनश्शेलाई यति पर्यो: बेथ-शान र त्यसका बस्तीहरू, यिबलाम र त्यसका बस्तीहरू र डोरका, एन्दोरका, तानाकका र मगिद्दोका बासिन्दाहरू र तिनीहरूका बस्तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।
12
तैपनि मनश्शेका सन्तानले ती सहरहरूका बासिन्दाहरूलाई धपाउन सकेनन्, किनभने ती कनानीहरू त्यस देशमा बस्न मन गरेका थिए।
13
तर रहँदा-बस्दा इस्राएलीहरू सामर्थी भएपछि, तिनीहरूले उनीहरूलाई बेगारी काममा लाउन थाले, तर पूर्ण रूपले उनीहरूलाई धपाएनन्।
14
योसेफका सन्तानले यहोशूलाई यसो भने, “परमप्रभुले हामीलाई अहिलेसम्म प्रशस्त आशिष् दिनुभएको हुनाले हामी गन्तीमा बढ्ता नै छौं भन्ने जानेर पनि हाम्रो अधिकारको निम्ति किन एउटै भाग मात्र तपाईंले दिनुभयो?”
15
तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरू गन्तीमा धेरै छौ, र एफ्राइमको पहाड़ी देश तिमीहरूलाई साँघुरो हुन्छ भने परिज्जी र रपाईहरूका देशको जङ्गलमा गएर तिमीहरूका निम्ति जङ्गल फाँड़।”
16
योसेफका सन्तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्यसका बस्तीहरूमा बस्नेहरूसँग र यिजरेलको बेँसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्।”
17
तब यहोशूले योसेफका घराना, अर्थात् एफ्राइम र मनश्शेलाई यसो भने, “तिमीहरू धेरै जना छौ र बलिया पनि छौ। तिमीहरूलाई एक भाग मात्र हुनेछैन,
18
तर पहाड़ी देशको जङ्गल पनि तिमीहरूकै हुन्छ। त्यसका रूखहरू फाँड़, र त्यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ। ती कनानीहरूसँग फलामका रथहरू छन् र तिनीहरू सामर्थी छन् तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24