bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 6
Joshua 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
1
त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो।
2
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।
3
सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
4
सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्।
5
अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्। अनि सहरको पर्खाल फेदसम्मै ढल्नेछ, र हरेक मानिस आफ्नो अगि सीधै बढ़ेर जाऊन्।”
6
यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाड़ि हिँडून्।”
7
अनि तिनले मानिसहरूलाई भने, “अगाड़ि बढ़ेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरूचाहिँ परमप्रभुको सन्दूक अगिअगि हिँडून्।”
8
यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्ना तुरही फुक्दै अगि बढ्न लागे। परमप्रभुका करारको सन्दूकचाहिँ तिनीहरूको पछि लाग्यो।
9
हतियार बोक्ने मानिसहरूचाहिँ तुरही फुक्ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्दै हिँड़े।
10
तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नू। मैले कराउनू भनेपछि मात्र कराउनू।”
11
यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे।
12
यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए।
13
ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्दूकको अगिअगि तुरही बजाउँदै हिँड्दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्नेहरू परमप्रभुका सन्दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्दै हिँड़े।
14
यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्म तिनीहरूले यसै गरे।
15
सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे।
16
सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।
17
यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई।
18
तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ।
19
तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ।”
20
जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे।
21
अनि तिनीहरूले त्यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे।
22
अनि यहोशूले त्यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले त्यससित शपथ खाएअनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल।”
23
तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्यसका बुबा, आमा, दाजुभाइ र त्यससँग भएका सबै जना, त्यसका सबै नातेदारलाई बाहिर ल्याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे।
24
तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत् थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्डारमा राखे।
25
तर राहाब वेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई। अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे।
26
त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्। “यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ।”
27
यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो, र तिनको कीर्ति त्यस देशभरि फैलियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24