bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 2
Joshua 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
1
तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने, “त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे, र त्यहीँ वास बसे।
2
अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्।”
3
यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।”
4
तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन।
5
साँझपख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्केर गए। ती मानिसहरू कता गए, मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ।”
6
(तर त्यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई, र कौसीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरूमुनि तिनीहरूलाई लुकाइराखेकी थिई।)
7
खेद्ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्दै यर्दनका जँघारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सहरको मूल ढोका बन्द भयो।
8
ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई,
9
र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्।
10
तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।
11
यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।
12
यसकारण अब म तपाईंहरूलाई बिन्ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्,
13
कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्युबाट बचाउनुहुनेछ।”
14
ती मानिसहरूले त्यसलाई आश्वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौं।”
15
तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो।
16
त्यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुञ्जेल तीन दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोला।”
17
ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन।
18
हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्यही झ्यालमा यो रातो डोरी बाँधिराख्नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ।
19
जो तिम्रो घरबाट बाहिर सड़कमा निस्कन्छ त्यसको रगत त्यसैको शिरमा पर्नेछ, र हामी निर्दोष रहनेछौं। अनि जो तिमीसँग यस घरमा रहनेछ त्यसमाथि कसैको हात पर्यो भने त्यसको रगत हाम्रो शिरमा पर्नेछ।
20
तर तिमीले हाम्रो यो कुरा प्रकट गर्यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्वतन्त्र हुनेछौं।”
21
त्यसले भनी, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस्।” अनि त्यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी।
22
तिनीहरू गए, र डाँड़ामा पुगे, र खेद्नेहरू नफर्कुञ्जेल तीन दिनसम्म त्यहीँ बसे। खेद्न आउनेहरूले सम्पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्।
23
तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्तार सुनाए।
24
तिनीहरूले यहोशूलाई भने, “साँच्ची नै परमप्रभुले त्यो सम्पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24