bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 13
Joshua 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
1
जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्नुभयो, “तँ वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्याउन बाँकी छन्।
2
“अझै बाँकी रहेका देश यी नै हुन्: पलिश्तीहरूका सारा प्रान्त र गशूरीहरू,
3
मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्तीहरूका पाँच प्रान्त, गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्वीहरूका पनि),
4
दक्षिणतिर कनानीहरूका सारा देश, सीदोनीहरूको आरा नाउँ भएको देशदेखि अपेक र एमोरीहरूको सिमानासम्म,
5
फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्म सारा लेबनान।
6
“अनि लेबनानदेखि मिस्रपोतमैमसम्मका पहाड़ी देशका सबै बासिन्दा, अर्थात् सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्ति बाँड़िदे।
7
अब यो देश नौ कुलहरूलाई र मनश्शेको आधा कुललाई अधिकारको निम्ति बाँड़िदे।”
8
परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए।
9
तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्मै,
10
र हेश्बोनमा राज्य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्मोनीहरूको सिमानासम्मै,
11
गिलाद देश र गशूरी र माकातीका सिमानासम्मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्म सारा बाशान—
12
अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्यसम्मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए।
13
तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्। आजको दिनसम्म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्।
14
तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्वरको निम्ति चढ़ाइएको अग्नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो।
15
मोशाले रूबेनको कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
16
तिनीहरूको सिमाना थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहर, र मेदबाका सारा टारदेखि लिएर
17
हेश्बोन र त्यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,
18
यहसा, कदेमोत, मेपात,
19
किर्यातैम, सिब्मा र बेँसीको डाँड़ामा बसेको सेरेथशेहार,
20
बेथ-पोर, पिसगाको भिरालो ठाउँ, र बेथ-यशीमोतसम्मै—
21
टारका सबै सहरहरू र हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात् सीहोनसँग सन्धि गरेका त्यस देशमा बस्ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए।
22
लड़ाइँमा मारिएकाहरूबाहेक बओरका छोरा, ईश्वरवाणी गर्ने बालामलाई पनि इस्राएलीहरूले तरवारले मारे।
23
रूबेनीहरूको सिमाना यर्दनको किनार भएको थियो। रूबेनीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार सहरहरू र गाउँहरू यी नै हुन्।
24
फेरि मोशाले गादका कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
25
तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्मोनीहरूको आधा देश, रब्बाका नजिकको अरोएरसम्म,
26
र हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, र महनोमदेखि दबीरको सिमानासम्मै,
27
र बेँसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्कोत, सापोन र हेश्बोनका राजा सीहोनका राज्यका बाँकी रहेजति (यर्दनको पूर्वतिरको किन्नरेत झीलको पल्लो छेउसम्म)।
28
गादीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार, सहरहरू र गाउँहरू यी नै हुन्।
29
फेरि मोशाले मनश्शेको आधा कुललाई, अर्थात् मनश्शेका आधा सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
30
तिनीहरूको सिमाना थियो: महनोमदेखि बाशानसम्म, बाशानका राजा ओगको सम्पूर्ण राज्य— बाशानमा भएको याईरका सबै बस्तीहरू, जम्मै साठी सहर,
31
र गिलादको आधा भाग, अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्शेका छोरा माकीरका सन्तानका निम्ति, अर्थात् माकीरका आधा सन्तानका निम्ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
32
यरीहोको पूर्वपट्टि, यर्दन पारि मोआबको मैदानमा मोशाले अधिकारको निम्ति बाँड़ेका भागहरू यी नै हुन्।
33
तर लेवीको कुललाई मोशाले कुनै अधिकारको भाग दिएनन्। इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँ नै तिनीहरूका अधिकारको भाग हुनुभयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24