bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 4
Joshua 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
1
जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्नुभयो,
2
“मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी लिएर
3
तिनीहरूलाई यसो भन्ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यहीँ राखिदेओ’।”
4
यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए।
5
यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ।
6
तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्दा
7
तिमीहरूले तिनीहरूलाई यसो भन्नू, ‘परमप्रभुका करारका सन्दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्।”
8
परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहोशूको आदेश पालन गरेर इस्राएलका कुलको संख्याअनुसार इस्राएलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेका ठाउँमा राखे।
9
करारको सन्दूक बोक्ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात् यर्दनको बीचबाट ल्याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यहीँ छन्।
10
मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्जेल सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे।
11
अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे।
12
मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्तान, गादका सन्तान र मनश्शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्ने हातहतियार भिरेर तरे।
13
करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे।
14
त्यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे।
15
तब परमप्रभुले यहोशूलाई भन्नुभयो,
16
“गवाहीको सन्दूक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट उक्लिआउनू भनी हुकुम गर्।”
17
यसकारण यहोशूले पूजाहारीहरूलाई, “तिमीहरू यर्दनबाट उक्लेर आओ,” भन्ने हुकुम गरे।
18
परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्न थाल्यो।
19
पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए।
20
तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे।
21
अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्चाले आफ्ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने,
22
तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए’।
23
जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुञ्जेल हाम्रा सामुन्ने सुकाउनुभएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुञ्जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।
24
पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Joshua Commentaries
→
Devotional
Joshua Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→