bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 5
Joshua 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
1
यर्दन वारि पश्चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्ति तिनीहरू पार नतरुञ्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन।
2
त्यस बेला परमप्रभुले यहोशूलाई भन्नुभयो, “पत्थरका कर्दहरू बनाएर फेरि दोस्रो पल्ट इस्राएलीहरूलाई खतना गर्।”
3
तब यहोशूले पत्थरका कर्दहरू बनाएर गिबियथ-हाअरालोथमा इस्राएलीहरूको खतना गरे।
4
यहोशूले खतना गराउनुपरेको कारण यही थियो, कि जति जना मानिसहरू, अर्थात् योद्धाहरू मिश्रदेशबाट आएका थिए, तिनीहरू सबै मिश्रबाट निस्केपछि उजाड़-स्थानको यात्रामा मरिसकेका थिए।
5
मिश्रदेशबाट जति निस्केर आएका थिए, ती सबैको खतना भएकै थियो। तर मिश्रदेशबाट निस्केपछि उजाड़-स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन।
6
इस्राएलीहरूले परमप्रभुका आज्ञा नमानेका हुनाले मिश्रदेशबाट निस्केर आएका सारा मानिसहरू, अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड़-स्थानमा चालीस वर्ष हिँड्दैरहेथे। किनभने तिनीहरूका पिता-पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्नँ भनेर परमप्रभुले प्रण गर्नुभएको थियो।
7
यसकारण तिनीहरूको स्थानमा उहाँले फेरि उत्पन्न गराउनुभएको सन्तान यहोशूले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएका हुनाले बेखतनाका थिए।
8
अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहोउञ्जेल छाउनीमा आ-आफ्ना ठाउँमा बसे।
9
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “आजको दिन मिश्रको निन्दा तिमीहरूबाट मैले गुड़ाइदिएको छु।” यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म गिलगाल भनिन्छ।
10
जब इस्राएलीहरू गिलगालमा छाउनी खड़ा गरी बसे, तब तिनीहरूले चौधौँ दिनको साँझमा यरीहोको मैदानमा नै निस्तार-चाड़ मनाए।
11
निस्तार-चाड़को भोलिपल्ट, त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए।
12
तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो, र त्यसपछि इस्राएलीहरूलाई मन्न कहिल्यै पनि मिलेन। तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए।
13
यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामुन्ने हातमा नाङ्गो तरवार लिएका एक जना मानिस उभिरहेका रहेछन्। यहोशू उनीकहाँ गएर, “तपाईं हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ?” भनेर सोधे।
14
अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत् गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्नो दासलाई के भन्नुहुन्छ?”
15
अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, “तेरा खुट्टाबाट जुत्ता फुकाल्, किनकि तँ उभिएको ठाउँ पवित्र छ।” अनि यहोशूले त्यसै गरे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
Recommended Reading
Commentary
Joshua Commentaries
→
Devotional
Joshua Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→