bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 19
Joshua 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
दोस्रो चिट्ठा शिमियोनका, अर्थात् शिमियोनका कुलको नाउँमा तिनीहरूका वंश-वंशअनुसार निस्क्यो। तिनीहरूको अधिकारचाहिँ यहूदाका कुलका अधिकारको बीचमा पर्यो।
2
तिनीहरूको अधिकारमा परेका यी नै हुन्: बेर्शेबा (अर्थात् शेबा), मोलादा,
3
हसर-शूआल, बाला, एसेम,
4
एल्तोलद, बतूल, होर्मा,
5
सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,
6
बेथ-लबाओत, र शारूहेन। तिनीहरूका बस्तीहरूसमेत तेह्र सहरहरू हुन्।
7
ऐन, रिम्मोन, एतेर र आशान— तिनीहरूका बस्तीहरूसमेत चार सहरहरू हुन्—
8
र ती सहरहरूका वरिपरिका सबै बस्तीहरू बालात-बेअर, अर्थात् नेगेव भनिने अर्थात् दक्षिण देशको रामासम्मै। शिमियोनका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।
9
शिमियोनका सन्तानहरूले यहूदाका सन्तानहरूको हिस्साबाटै अधिकार पाएका थिए, किनकि यहूदाका सन्तानहरूलाई तिनीहरूलाई चाहिएकोभन्दा बढ्ता भाग परेको थियो। यसकारण शिमियोनका सन्तानहरूले यहूदाका भागको सिमानाभित्रै नै अधिकार पाएका थिए।
10
तेस्रो चिट्ठा जबूलूनका सन्तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सारीदसम्म भयो।
11
अनि तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म बढ़ेर दब्बेशेतसम्म पुगी योक्नामका अगाड़िको खोल्सासम्म पुगेको थियो।
12
त्यो सिमाना सारीदबाट फेरि पूर्वपट्टि किस्लोथतबोरको सिमानासम्म पूर्वतिर मोड़िएको थियो। त्यो दाबरतमा निस्केर यापीसम्म चढ़ेर गएको थियो।
13
त्यहाँबाट त्यो पूर्वतिर लागेर गात-हेपेर र इथ-कासीनसम्म छिचली रिम्मोनसम्म पुगेर नेआतिर गएको थियो।
14
अनि त्यो सिमाना हन्नतोनतिर उत्तर मोड़िएर यिप्ताहएलको बेँसीमा पुगेको थियो।
15
त्यस सिमानाभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूका बस्तीहरूसमेत बाह्र सहरहरू हुन्।
16
तिनीहरूका वंश-वंशअनुसार जबूलूनका कुलका अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
17
चौथो चिट्ठा इस्साखारका सन्तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
18
तिनीहरूको सिमाना यिजरेल, कसुल्लोत, शूनेम,
19
हपरैम, शीओन, अनाहारत,
20
रब्बीत, किश्योन, एबेस,
21
रेमेत, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस भएर
22
सो सिमाना तबोर, शहसूमा र बेथ-शेमेशसम्म पुगेर यर्दनमा टुङ्गिएको थियो। तिनीहरूका बस्तीहरूसमेत सोह्र सहरहरू हुन्।
23
तिनीहरूका वंश-वंशअनुसार इस्साखारका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
24
पाँचौँ चिट्ठा आशेरका कुलको निम्ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
25
तिनीहरूको सिमाना हेल्कत, हली, बेतेन, अक्षाप,
26
अल्लम्मेलेक, अमाद, मिशाल, र पश्चिम कर्मेलतिर शीहोरलिब्नातसम्म पुगेको थियो।
27
अनि त्यो पूर्वतिर मोड़िएर बेथ-दागोनतिर लागी जबूलून र यिप्ताह-एलको बेँसीसम्म पुगेको थियो, र बेथ-एमेक र नीएलको उत्तरतिर गएर त्यो बायाँ हातपट्टि काबूलमा निस्केको थियो।
28
त्यो सिमाना एब्रोन, रहोब, हम्मोन र कना भएर महा-सीदोनसम्म पुगेको थियो।
29
अनि त्यो सिमाना रामा र पर्खाल भएको टुरोस सहरतिर मोड़िएको थियो। त्यो सिमाना फेरि होसातिर मोड़िएर अक्जीब, उम्मा, अपेक र रहोबका नजिकको समुद्रमा टुङ्गिएको थियो।
30
तिनीहरूका बस्तीहरूसमेत बाईस सहरहरू हुन्।
31
तिनीहरूका वंश-वंशअनुसार आशेरका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
32
छैटौँ चिट्ठा नप्तालीका कुलको निम्ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
33
तिनीहरूको सिमाना हेलेप र सानन्नीममा भएको ठूलो रूखदेखि, अदामी-नेकेब र यब्नेल छिचली लक्कूमसम्म भएर यर्दनमा टुङ्गिएको थियो।
34
अनि सो सिमाना पश्चिमतिर अज्नोथ-तबोरपट्टि मोड़िएर, त्यहाँबाट हुक्कोकमा निक्लेको थियो, र त्यो दक्षिणतिर जबूलूनसम्म, पश्चिमतिर आशेरसम्म र पूर्वतिर यर्दनसम्म पुगेको थियो।
35
पर्खाल भएका सहरहरूचाहिँ सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
36
अदामा, रामा, हासोर,
37
केदेश, एद्रई, एन-हासोर,
38
यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। तिनीहरूका बस्तीहरूसमेत उन्नाईस सहरहरू हुन्।
39
तिनीहरूका वंश-वंशअनुसार नप्तालीका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
40
सातौँ चिट्ठा दानका कुलको निम्ति
41
तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सोरा, एश्तोल, इर-शेमेश,
42
शालवीन, अय्यालोन, इत्ला,
43
एलोन, तिम्ना, एक्रोन,
44
एल्तके, गिब्बतोन, बालात,
45
यहूद, बने-बरक, गात-रिम्मोन,
46
मे-यरकोन र रक्कोन, साथै योप्पाको सिमानासम्म थियो।
47
तर दानका खलकहरूलाई आफ्नो भूभागमाथि अधिकार जमाउन गाह्रो भएको थियो, यसर्थ दानका खलकहरू लेशेममा गएर त्यससँग युद्ध गरेर त्यसलाई तरवारले नाश गरी कब्जा गरे, र त्यहाँ बसेर लेशेमलाई आफ्ना पुर्खा दानको नाउँअनुसार दान नाउँ राखे।
48
तिनीहरूका वंश-वंशअनुसार दानका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
49
यसरी तिनीहरूले अधिकारको निम्ति सिमाना-सिमाना छुट्ट्याई देश बन्डा गरी सिद्ध्याए। अनि इस्राएलीहरूले नूनका छोरा यहोशूलाई परमप्रभुको आज्ञाअनुसार तिनीहरूका बीचमा अधिकारको एक भाग दिए।
50
तिनीहरूले तिनलाई तिनले मागेकै, एफ्राइमको पहाड़ी देशको तिम्नथ-सेरह जग्गा दिए, अनि तिनले सहर बसालेर त्यहाँ बसे।
51
पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले परमप्रभुको सामुन्ने शीलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बन्डा गरेका अधिकारका सिमाना यी नै हुन्। यसरी तिनीहरूले देश बन्डा दिने काम सिद्धयाए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24