bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 15
Joshua 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
1
यहूदाका कुलको भाग तिनीहरूका वंश-वंशअनुसार एदोमको सिमानासम्म, र दक्षिणतर्फ जीनको उजाड़-स्थानसम्म थियो।
2
तिनीहरूका दक्षिणको सिमाना खारा समुद्रको पल्लो छेउ, दक्षिणतर्फको खाड़ीदेखि सुरु भएको थियो।
3
त्यो अक्रब्बीमको उकालोको दक्षिणतर्फदेखि भएर जीनलाई छिचलेर कादेश-बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हेस्रोनलाई छिचलेर अद्दारसम्म उकालो लागेर, कर्कामा घुमेर फिरेको थियो।
4
त्यहाँबाट त्यो सिमाना अज्मोन छिचलेर मिश्रको खोलामा निस्केको थियो। त्यस सिमानाको अन्त समुद्रमा भएको थियो। तिनीहरूको दक्षिण सिमाना यही हो।
5
पूर्वी सिमाना खारा समुद्र यर्दनको अन्तसम्मै थियो। उत्तरको सिमाना यर्दनको अन्तमा झीलको खाड़ीबाट सुरु भएर
6
बेथहोग्लामा चढ़ाउ भई बेथ-अराबाबाट उत्तर छिचलेको थियो, र त्यो सिमाना रूबेन वंशी बोहनको ढुङ्गासम्म चढ़ेको थियो।
7
त्यो सिमाना आकोरको बेँसीबाट दबीरसम्म चढ़ेर गएको थियो, अनि यसरी उत्तरतिर, खोलाको दक्षिणपट्टि भएको अदुम्मीमका उकालोको सोझै गिलगालतिर लागेको थियो। अनि त्यो सिमाना एन-शेमेश नाउँका तलाउको छेउ-छेउ लागेर एन-रोगेलमा निस्केको थियो।
8
फेरि त्यही सिमाना बेनहिन्नोमको बेँसी भएर यबूसी, अर्थात् यरूशलेमको दक्षिणपट्टि उकालो लागेको थियो। अनि त्यो सिमाना हिन्नोमका बेँसीको पश्चिमतिर भएका र रपाईहरूका बेँसीको पल्लोपट्टि उत्तरतिरका डाँड़ाको थाप्लोसम्मै पुगेको थियो।
9
त्यही सिमाना डाँड़ाको थाप्लोबाट नेप्तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का सहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला, अर्थात् किर्यत-यारीमसम्म पुगेको थियो।
10
बालाबाट त्यो सिमाना सेइर पहाड़सम्म पश्चिमतिर मोड़िएर, यारीम डाँड़ाको (जसलाई कसालोन पनि भनिन्छ) उत्तर किनार भई बेथ-शेमेशसम्म झरेर तिम्नामा निस्केको थियो।
11
त्यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो, र फेरि शिक्करोनमा पुगेर बाला डाँड़ा छिचलेर यब्नेलमा निस्की सो सिमाना समुद्रको किनारसम्म पुगेको थियो।
12
पश्चिमी सिमानाचाहिँ महासमुद्रको किनार भइहाल्यो। यहूदाका सन्तानका तिनीहरूका वंशअनुसार चारैतिरको सिमाना यही हो।
13
यहोशूलाई परमप्रभुको आज्ञा भएअनुसार तिनले यपुन्नेका छोरा कालेबलाई यहूदामा यो भाग दिए, अर्थात् अनाकका पुर्खा अर्बाको सहर, किर्यत-अर्बा, जसलाई हेब्रोन पनि भन्दछन्।
14
कालेबले त्यहाँबाट तीन जना अनाकी, शेशै, अहीमन र तल्मै अनाक वंशीहरूलाई निकालिदिए।
15
त्यहाँबाट तिनी दबीरका बासिन्दाहरूका विरुद्धमा गए। पहिले त दबीरको नाउँ किर्यत-सेपेर थियो।
16
कालेबले भने, “जसले किर्यत-सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु।”
17
तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो कब्जा गरे र कालेबले आफ्नी छोरी अक्सालाई उनीसित विवाह गरिदिए।
18
एक दिन अक्सा ओत्निएलकहाँ गएको समयमा तिनले आफ्ना बुबासँग एउटा जग्गा माग्नलाई उनलाई सुर्याइन्। जब अक्सा आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई भने, “तँलाई के चाहियो?”
19
तिनले भनिन्, “मलाई एक उपहार दिनुहोस्। तपाईंले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्।” तब उनले तिनलाई माथिल्लो र तल्लो दुवै मुहानहरू दिए।
20
यहूदाका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो:
21
नेगेवमा सुदूर दक्षिण दिशा एदोमको सिमानातिर यहूदाका कुलको पल्लो छेउका सहरहरू यी नै थिए: कब्सेल, एदेर, यागूर,
22
कीना, दीमोना, अदादा,
23
केदेश, हासोर, यित्नान,
24
जीप, तेलेम, बालोत,
25
हासोरहादत्ता, किर्योत-हेस्रोन (जो हासोर हो),
26
अमाम, शेमा, मोलादा,
27
हसर-गद्दा, हेश्मोन, बेथ-पालेत,
28
हसर-शूआल, बेर्शेबा, बिज्योत्या,
29
बाला, ईम, एसेम,
30
एल्तोलद, कसील, होर्मा,
31
सिक्लग, मद्मन्ना, सन्सन्ना,
32
लबाओत, शिल्हीम, ऐन र रिम्मोन। तिनीहरूका बस्तीहरूसमेत जम्मा उनन्तीस सहरहरू हुन्।
33
फेरि तराईमा चाहिँ: एश्तोल, सोरा, अश्ना,
34
जानोह, एनगन्नीम, तप्पूह, एनाम,
35
यर्मूत, अदुल्लाम, सोको, आजेका,
36
शारैम, अदीतैम, गदेरा र गदेरोतेम। तिनीहरूका बस्तीहरूसमेत चौध सहरहरू हुन्।
37
सनान, हदाशा, मिग्दलाद,
38
दिलान, मिस्पा, योक्तेल,
39
लाकीश, बोस्कत, एग्लोन,
40
कोब्बन, लहमास, कितलीश,
41
गदेरोत, बेथ-दागोन, नामा र मक्केदा। तिनीहरूका बस्तीसमेत सोह्र सहरहरू हुन्।
42
लिब्ना, एतेर, आशान,
43
यिप्ताह, अश्ना, नसीब,
44
कीलाह, अक्जीब र मारेशा। तिनीहरूका बस्तीहरूसमेत नौ सहरहरू हुन्।
45
त्यसका सहरहरू र बस्तीहरूसमेत एक्रोन,
46
एक्रोनदेखि पश्चिमतिर अश्दोदका नजिकका सबै सहरहरू, तिनीहरूका बस्तीहरूसमेत,
47
अश्दोद, त्यसका सहरहरू र बस्तीहरूसमेत, गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, मिश्रको खोला र महासमुद्रको किनारसम्मै।
48
फेरि पहाड़ी देशमा चाहिँ: शामीर, यत्तीर, सोको,
49
दन्ना, किर्यत-सन्ना (जो दबीर हो),
50
अनाब, एश्तमोह, अनीम,
51
गोशेन, होलोन र गीलोह। तिनीहरूका बस्तीहरूसमेत एघार सहरहरू हुन्।
52
अरब, दुमा, एशान,
53
यानूम, बेथ-तप्पूह, अपेका,
54
हुम्ता, किर्यत-अर्बा (जो हेब्रोन हो) र सीओर। तिनीहरूका बस्तीहरूसमेत नौ सहरहरू हुन्।
55
माओन, कर्मेल, जीप, युत्ता,
56
यिजरेल, योक्दाम, जानोह,
57
कैन, गिबा र तिम्ना। तिनीहरूका बस्तीहरूसमेत दश सहरहरू हुन्।
58
हल्हूल, बेथ-सर, गदोर,
59
मारात, बेथ-अनोत र एल्तकोन। तिनीहरूका बस्तीहरूसमेत छ सहरहरू हुन्।
60
किर्यत-बाल (जो किर्यत-यारीम हो) र रब्बा। तिनीहरूका बस्तीहरूसमेत दुई सहरहरू हुन्।
61
फेरि उजाड़-स्थानमा चाहिँ: बेथ-अराबा, मिद्दीन र सकाका,
62
निब्शान, नूनको सहर र एन-गदी। तिनीहरूका बस्तीहरूसमेत छ सहरहरू हुन्।
63
यरूशलेमका बासिन्दा यबूसीहरूलाई त यहूदाका सन्तानले धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यरूशलेमका यहूदाका सन्तानसँगै रहेका छन्।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24