bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 23
Joshua 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
1
अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए,
2
यहोशूले सबै इस्राएलीहरूलाई, तिनीहरूका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू, र अधिकारीहरूलाई बोलाएर भने, “म वृद्ध भएँ अनि निकै उमेर खाइसकें।
3
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यी सारा जातिहरूलाई के-के गर्नुभयो, सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूका निम्ति लड़ाइँ गर्ने उहाँ नै, परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ।
4
स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुद्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु।
5
परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिदिनुहुनेछ, र तिमीहरूका नजरको अगि धपाइदिनुहुनेछ, र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ।
6
“यसकारण मोशाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।
7
तिमीहरूका बीचमा रहेका जातिहरूसँग नमिसिनु, उनीहरूका देवताहरूका नाउँ नलेओ, तिनका नाउँमा शपथ नखानू। तिनीहरूको सेवा नगर्नू र तिनीहरूलाई दण्डवत् नगर्नू।
8
तर तिमीहरूले आजको दिनसम्म गरेजस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनू।
9
“परमप्रभुले तिमीहरूका सामुन्नेबाट महान् शक्तिशाली जातिहरूलाई धपाउनुभएको छ। तर तिमीहरूका सामुन्ने आजसम्म कोही पनि अड्न सकेको छैन।
10
तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ।
11
यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर।
12
“तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात् तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ, र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयौ भनेता,
13
यो निश्चय जान, कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका दृष्टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्।
14
“अब म सबै मानव-जातिले जानुपर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पूरा भएको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ।
15
जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्ट नपारुञ्जेल, परमप्रभुले तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ।
16
यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवतालाई पुज्न गयौ र तिनीहरूलाई दण्डवत् गर्यौ भने, तब परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरुन्तै नाश भएर जानेछौ।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24