bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 9
Joshua 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
1
जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्म महासमुद्रको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका राजाहरूले यो सब सुने,
2
तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए।
3
तर गिबोनका बासिन्दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने,
4
तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्ना गधामा लदाए।
5
अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए।
6
तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
7
अनि इस्राएली पुरुषहरूले ती हिव्वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौं?”
8
उनीहरूले यहोशूलाई भने, “हामी तपाईंकै दासहरू हौं।” तर यहोशूले उनीहरूलाई सोधे, “तिमीहरू को हौ र कहाँबाट आयौ?”
9
उनीहरूले तिनलाई भने, “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौं,
10
यर्दन पारि एमोरीहरूका दुवै राजा, हेश्बोनका राजा सीहोनलाई र अस्तारोतवासी बाशानका राजा ओगलाई जे-जे गर्नुभयो, सो सुनेका छौं।
11
यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्धि गर्नुहोस्” भन’।
12
तपाईंहरूकहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ।
13
हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्।”
14
ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे।
15
अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे।
16
गिबोनीहरूसँग सम्झौता गरेको तीन दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन्, र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इस्राएलीहरूले सुने।
17
यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्।
18
इस्राएलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे।
19
तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौं।
20
हामीले यसै गर्नुपर्छ: हामी उनीहरूलाई जीवितै रहन दिनेछौं, नत्रता हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ।”
21
अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए।
22
अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्तवमा तिमीहरू त हामीहरूमध्ये बस्नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ?
23
यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्नुपर्नेछ।”
24
उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्वरले आफ्नो दास मोशालाई यो देश जम्मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं।
25
अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्छ, हामीसित गर्नुहोस्।”
26
यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्।
27
त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24