bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 18
Joshua 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
अनि इस्राएलीहरूका सारा समुदाय शीलोमा जम्मा भयो, र त्यहाँ भेट हुने पाल टाँग्यो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो,
2
तर इस्राएलीहरूमा आ-आफ्नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए।
3
यसकारण यहोशूले इस्राएलीहरूलाई भने, “तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ?
4
अब कुलैपिच्छे तीन-तीन जना मानिसहरू तिमीहरूका निम्ति नियुक्त गर। म तिनीहरूलाई पठाउनेछु, र तिनीहरू गएर देशमा घुमेर आ-आफ्ना अधिकारको निम्ति भाग लेखेर मकहाँ फर्केर आउनेछन्।
5
तिमीहरूले सात भागमा बन्डा गर। यहूदा दक्षिणमा आफ्नै सिमानाभित्र र योसेफको घरानाचाहिँ उत्तरतिर तिनीहरूकै सिमानामा रहनुपर्नेछ।
6
तिमीहरूले त्यो देशको सात भागको विवरण लेखिसकेपछि मकहाँ ल्याओ। अनि परमप्रभु हाम्रा परमेश्वरको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिनेछु।
7
तर लेवीहरूलाई तिमीहरूमध्ये केही भाग हुनेछैन, किनकि परमप्रभुको पूजाहारी पद नै तिनीहरूको अधिकार हो। गाद, रूबेन र मनश्शेको आधा कुलले पूर्वपट्टि यर्दन पारि, परमप्रभुका दास मोशाले दिएका तिनीहरूका आ-आफ्नो अधिकार पाएकै छन्।”
8
तब ती मानिस उठेर गए। अनि यहोशूले सो देशको नक्शा बनाएर ल्याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, “जाओ, सो देशभरि घुम, र त्यसको वर्णन लेखेर मकहाँ फर्केर आओ, र यहाँ शीलोमै परमप्रभुको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिऊँला।”
9
तब ती मानिसहरू गएर त्यस देशभरि घुमे, र सहर-सहर देखाएर सात भाग गरी प्रत्येकको विषयमा वर्णन गरे, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्के।
10
अनि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले, र त्यहीँ नै यहोशूले तिनीहरूका भाग-भागअनुसार इस्राएलीहरूलाई सो देश बन्डा गरिदिए।
11
बेन्यामीनको कुलका वंश-वंशअनुसार चिट्ठा यसरी निस्क्यो। तिनीहरूका भागको सिमाना यहूदा र योसेफका कुलहरूका बीचमा पर्यो।
12
तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्चिमतिरको पहाड़ी देशमा उक्लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।
13
त्यो सिमाना त्यहाँबाट लूजसम्म (यसलाई बेथेल भन्दछ) त्यसको दक्षिणतिर पुगेर तल्लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्म झरेको थियो।
14
अनि त्यहाँबाट सो सिमाना पश्चिमतिर लागेर दक्षिणपट्टि घुमी बेथ-होरोनका सामुन्नेका दक्षिणतिरको डाँड़ाबाट यहूदाका सन्तानहरूको किर्यत-बालसम्म (यसैलाई किर्यत-यारीम भनिन्छ) पुगेको थियो। पश्चिम सिमाना यही हो।
15
दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो।
16
त्यो सिमाना बेन-हिन्नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।
17
त्यो उत्तरतिर तानिएर एन-शेमेशतिर लागी अदुम्मीमका उकालोका सामुन्नेको गलीलोतमा निस्की रूबेन वंशी बोहनको ढुङ्गामा झरेको थियो।
18
त्यहाँबाट त्यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो।
19
त्यो सिमाना फेरि बेथ-होग्लाका उत्तरको किनार छिचलेर यर्दनको दक्षिणपट्टि भएको खारा समुद्रको उत्तरीय खाड़ीमा टुङ्गिएको थियो। दक्षिण सिमाना यही हो।
20
त्यसका पूर्वपट्टिको सिमानाचाहिँ यर्दन भइहाल्यो। बेन्यामीनका वंशहरूको अधिकार चारैतिरको सिमानाबमोजिम यही हो।
21
बेन्यामीनको कुललाई तिनीहरूका वंश-वंशअनुसार मिलेका सहरहरू यी नै हुन्: यरीहो, बेथ-होग्ला, एमेक-कसीस,
22
बेथ-अराबा, समारैम, बेथेल,
23
अब्बीम, पारा, ओप्रा,
24
कपरअमोनी, ओप्नी, गेबा। तिनीहरूका बस्तीहरूसमेत बाह्र सहरहरू हुन्।
25
गिबोन, रामा, बेरोत,
26
मिस्पा, कपीरा, मोशा,
27
रेकेम, यिर्पल, तरला,
28
सेलाह, एलेप, यबूसी सहर (अर्थात् यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्तीहरूसमेत चौध सहरहरू हुन्। बेन्यामीनका सन्तानको अधिकार तिनीहरूका वंशका निम्ति यही हो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24