bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 11
Joshua 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
1
यो सुनेर हासोरका राजा याबीनले मादोनका राजा योबाब, शिम्रोनका राजा, अक्षापको राजा,
2
उत्तरतिर पहाड़ी देशका राजाहरूलाई, र किन्नरेतका दक्षिणतिरको अराबाका, र तराईका र पश्चिमतिर डोरको लेकका राजाहरूलाई,
3
पूर्व र पश्चिम दुवैतिर बस्ने कनानी, पहाड़ी देशका एमोरी, हित्ती, परिज्जीहरू, यबूसीहरू र मिस्पा देशको हेर्मोन पहाड़मुनि बस्ने हिव्वीहरूलाई बोलाइपठाए।
4
उनीहरू र उनीहरूका सारा सेनासमेत, समुद्रका किनारका बालुवाजत्तिकै प्रशस्त घोड़ाहरू र रथहरूका साथमा खचाखच भएर निस्केर आए।
5
यी सब राजाहरू जम्मा भए, र उनीहरूले आएर इस्राएलीहरूसँग लड़ाइँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए।
6
परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इस्राएलीहरूका हातमा सुम्पिदिनेछु। तैंले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटिदिनू, र उनीहरूका रथहरू आगोले जलाइदिनू।”
7
तब यहोशू सबै योद्धाका साथमा मेरोम नाउँको तालमा अचानक आएर उनीहरूमाथि जाइलागे।
8
अनि परमप्रभुले उनीहरूलाई इस्राएलीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई पराजय गरे, र उनीहरूलाई ठूलो सीदोनसम्म, र मिस्रपोत-मैमसम्मै, र पूर्वतिर मिस्पाको मैदानसम्म खेदे, र एउटा पनि जीवित नराखी तिनीहरूले उनीहरूलाई मारे।
9
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए।
10
त्यस बेला यहोशूले फर्केर हासोर कब्जा गरे, र त्यहाँका राजालाई तरवारले काटे, किनकि अघि हासोर ती सबै राज्यमा नाइके थियो।
11
अनि त्यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए।
12
ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए, र परमप्रभुका दास मोशाले आज्ञा गरेबमोजिम सबैलाई तरवारले काटेर नाश पारे।
13
तर यहोशूले जलाएको हासोरबाहेक डाँड़ाहरूमा भएका अरू कुनै सहरलाई पनि इस्राएलीहरूले जलाएनन्।
14
यी सहरहरूका सबै पशुहरू र धनमाल जति इस्राएलीहरूले आफ्नै निम्ति लिए। तर मानिसहरू जति सबैलाई तिनीहरूले तरवारले काटेर नाश पारे, सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्।
15
जसरी परमप्रभुले आफ्ना दास मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी मोशाले यहोशूलाई अह्राएका थिए, र यहोशूले सबै पालन गरे। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाहरूमा कुनै पनि आज्ञा यहोशूले अपूरो राखेनन्।
16
यसरी यहोशूले ती सारा भूमि, अर्थात् पहाड़ी क्षेत्र, सारा नेगेव भनिने दक्षिण देश, र गोशेनको जम्मै देश, तराई, अराबा, इस्राएलको पहाड़ी मुलुक र त्यसैको तराई,
17
सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्म जितेर लिए, र त्यहाँका सबै राजाहरूलाई पक्रेर मारे।
18
ती सबै राजाहरूसँग यहोशूले धेरै दिनसम्म लड़ाइँ गरे।
19
इस्राएलीहरूसँग मेल गर्ने गिबोन-निवासी हिव्वीहरूबाहेक अरू कुनै सहरले तिनीहरूसँग सम्झौता गरेनन्, सबै सहर तिनीहरूले युद्धद्वारा लिए।
20
परमप्रभुको उद्देश्य थियो, उनीहरू सबै इस्राएलको विरुद्धमा लड्न आऊन् र सबै दयाविना नाश भई मरून्, जस्तो परमप्रभुले मोशालाई आदेश गर्नुभएको थियो।
21
त्यस बखत यहोशूले पहाड़ी देशमा आएर हेब्रोन, दबीर, अनाब, र यहूदा र इस्राएलका सारा पहाड़ी देशमा रहने अनाकीहरूलाई बिलकुलै नाश गरिदिए— यहोशूले उनीहरूका सहरहरूसमेत उनीहरूलाई पूर्ण रूपले नाश पारिदिए।
22
इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्दोदमा केही बाँकी रहे।
23
यसरी परमप्रभुले मोशालाई भन्नुभएअनुसार नै यहोशूले सबै देश जितेर लिए, र तिनीहरूका कुलअनुसार भाग-भाग गरी त्यो देश इस्राएलीहरूलाई अधिकारको निम्ति बाँड़ेर दिए। अनि देशले लड़ाइँबाट विश्राम पायो।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24