bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 21
Joshua 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
1
यसपछि लेवीहरूका मुखियाहरूले एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका परिवार-परिवारका मुखियाहरूका नजिक आएर
2
कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्नका निम्ति सहरहरू र हाम्रा बस्तुहरूलाई खर्कका निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।”
3
यसर्थ परमप्रभुको हुकुमअनुसार इस्राएलीहरूले लेवीहरूलाई आफ्ना अधिकारबाट यी सहरहरू र चरनहरू दिए।
4
अनि कहातीका वंश-वंशका नाउँमा पहिलो चिट्ठा निस्क्यो। लेवीहरूमध्येका हारून पूजाहारीका सन्तानले यहूदाको कुल, शिमियोनको कुल, र बेन्यामीनको कुलबाट तेह्र सहरहरू पाए।
5
कहातका बाँकी सन्तानले एफ्राइमको कुल, दानको कुल र मनश्शेको आधा कुलका वंशहरूबाट दश सहरहरू पाए।
6
गेर्शोनका सन्तानहरूले इस्साखारको कुल, आशेरको कुल, नप्तालीको कुल र बाशानमा मनश्शेको आधा कुलका वंशहरूबाट तेह्र सहरहरू पाए।
7
मरारीका सन्तानले तिनीहरूका वंश-वंशअनुसार रूबेनको, गादको र जबूलूनको कुलबाट बाह्र सहरहरू पाए।
8
परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएबमोजिम इस्राएलीहरूले लेवीहरूलाई चरनहरूसमेत ती सहरहरू दिए।
9
तिनीहरूले यहूदाको कुल र शिमियोनको कुलबाट तल नाउँ लेखिएका यी सहरहरू दिए।
10
यी सहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्तानका निम्ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्केको थियो:
11
अनि तिनीहरूले उनीहरूलाई यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) नाउँको सहर र यसका वरिपरिको चरन दिए। (अनाकका पुर्खा अर्बा थिए।)
12
तर त्यस सहरका खेतहरू र त्यसका बस्तीहरूचाहिँ तिनीहरूले यपुन्नेका छोरा कालेबलाई अधिकारको निम्ति दिएका थिए।
13
हारून पूजाहारीका सन्तानलाई, ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको हेब्रोन, त्यसका चरनसमेत, र लिब्ना,
14
यत्तीर, एश्तमो,
15
होलोन, दबीर,
16
ऐन, युत्ता, र बेथ-शेमेश, तिनका चरनहरूसमेत— ती दुई कुलबाट नौ वटा सहरहरू तिनीहरूले दिए।
17
अनि बेन्यामीनको कुलबाट गिबोन, गेबा,
18
अनातोत, अल्मोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।
19
हारून पूजाहारीका सन्तानका जम्मा तेह्र सहरहरू तिनका चरनहरूसमेत थिए।
20
लेवीका कुलका कहातीका बाँकी वंशहरूले चाहिँ एफ्राइमका कुलको भागबाट यी सहरहरू पाए:
21
तिनीहरूले उनीहरूलाई, एफ्राइमको पहाड़ी देशमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको शकेम, त्यसका चरनसमेत, र गेजेर,
22
किब्सैम, बेथ-होरोन, तिनका चरनहरूसमेत— चार सहरहरू दिए।
23
दानको कुलबाट तिनीहरूले एल्तके, गिब्बतोन,
24
अय्यालोन, गात-रिम्मोन, तिनका चरनहरूसमेत चार सहरहरू पाए।
25
मनश्शेको आधा कुलबाट तिनीहरूले तानाक र गात-रिम्मोन, तिनका चरनहरूसमेत— दुई सहरहरू पाए।
26
कहातीका बाँकी वंशका जम्मा दश सहरहरू तिनका चरनहरूसमेत थिए।
27
गेर्शोनीका लेवीका वंशहरूलाई: मनश्शेको आधा कुलबाट बाशानमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको गोलान, त्यसका चरनसमेत, र बे-एश्तरा, त्यसका चरनसमेत— दुई सहरहरू दिइयो।
28
इस्साखारको कुलबाट किश्योन, दाबरत,
29
यर्मूत र एन-गन्नीम, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
30
आशेरको कुलबाट मिशाल, अब्दोन,
31
हेल्कत र रहोब, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
32
नप्तालीको कुलबाट गालीलमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको केदेश, त्यसका चरनसमेत, र हम्मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो।
33
तिनीहरूका वंशअनुसार गेर्शोनीहरूका जम्मा तेह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।
34
लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ: जबूलूनको कुलबाट योक्नाम, कर्तह,
35
दिम्ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
36
रूबेनको कुलबाट बेसेर, यहसा,
37
कदेमोत र मेपात, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
38
गादको कुलबाट गिलादमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको रामोत, त्यसका चरनसमेत, र महनोम,
39
हेश्बोन र याजेर, तिनका चरनहरूसमेत— जम्मा चार सहरहरू दिइयो।
40
तिनीहरूका वंशअनुसार लेवीका बाँकी मरारीका जम्मा बाह्र सहरहरू, तिनका चरनहरूसमेत थिए।
41
इस्राएली अधिकारमा रहेको भूभागभित्र लेवीहरूका चरनसहित जम्मा अठचालीस वटा सहरहरू थिए।
42
यी सहरहरूका आ-आफ्ना वरिपरि चरनहरू थिए। सबै सहरहरू यही किसिमका थिए।
43
यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्यो आफ्नो अधिकारमा लिएर त्यसमा बसे।
44
अनि परमप्रभुले तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएबमोजिम, तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूका सबै शत्रुहरूमध्ये एक जना पनि तिनीहरूका सामुन्ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्पिदिनुभयो।
45
परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24