bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 16
Joshua 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
1
योसेफका सन्तानको भाग यही हो: त्यसको सिमाना यरीहोको पूर्वतिरका पानी, अर्थात् यरीहोका नजिकको यर्दनदेखि लिएर उकालो बाटो जाने उजाड़-स्थान भएर बेथेलको पहाड़ी देशसम्म पुगेको थियो।
2
फेरि बेथेलदेखि लूजमा छिचलेर अरकीका सिमानाको अतारोतसम्मै पुगेको थियो।
3
तब त्यो पश्चिमतिर ओर्लेर यल्पेतीको सिमाना भई तल्लो बेथ-होरोनको किनार भएर गेजेरसम्मै पुगेर समुद्रमा गएर टुङ्गिएको छ।
4
यसरी मनश्शे र एफ्राइम, योसेफका दुई सन्तानले आफ्ना अधिकार लिए।
5
एफ्राइमका सन्तानको सिमाना तिनीहरूका वंश-वंशअनुसार यही हो: तिनीहरूका भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारदेखि उपल्लो बेथ-होरोन भएर
6
समुद्रसम्म थियो। त्यो सिमाना उत्तरतिरको मिक्मतात भएर पूर्वतिर फर्केर तानत-शीलो पुगी यसको किनार-किनार भएर यानोहसम्म छिचलेको छ।
7
अनि त्यो यानोहदेखि अतारोत र नारासम्म झरेर यरीहो पुगी यर्दनमा निस्केको थियो।
8
त्यो सिमाना तप्पूहबाट पश्चिमतिर लागेर कनाको खोल्सासम्म झरी समुद्रमा टुङ्गिएको थियो। एफ्राइमका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।
9
यसदेखि बाहेक, मनश्शेका सन्तानको अधिकारमध्येबाट एफ्राइमका सन्तानका निम्ति छुट्ट्याएर राखेका सबै सहरहरू र तिनका बस्तीहरूसमेत थिए।
10
तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24