bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joshua 8
Joshua 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्। हेर्, ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु।
2
तैंले यरीहो र त्यसको राजालाई जे-जसो गरेको थिइस्, ऐ र त्यसको राजालाई पनि त्यसै गर्नेछस्, केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिमीहरूले आफ्नो निम्ति लिन सक्छौ। त्यस सहरको पछाड़ितिर ढुकेर बस्नू।”
3
यसकारण यहोशू सबै योद्धाहरूका साथमा ऐमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले तीस हजार सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राती नै पठाए।
4
तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “हेर, तिमीहरू त्यस सहरको पछिल्तिर ढुकिरहनू। सहरबाट धेरै टाढ़ा नजानू, र चनाखो रहनू।
5
मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्तै उनीहरूले खेद्दा भाग्नेछौं।
6
उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्याउनेछौं, अनि उनीहरूले भन्नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्।’ यसैले जब हामी उनीहरूका सामुन्नेबाट भाग्नेछौं,
7
तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो सहर कब्जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पनुहुनेछ।
8
जब सहर कब्जा गर्नेछौ, तब तिमीहरूले त्यसमा आगो लगाइदिनू। परमप्रभुको वचनअनुसार तिमीहरूले गर्नू। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु।”
9
यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्यो रात मानिसहरूका साथमा रहे।
10
यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए।
11
तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो।
12
यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्न राखे।
13
तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए।
14
जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्के। तर सहरको पछिल्तिर आफ्नो विरुद्धमा ढुकेर बसेका छन् भन्ने उनलाई थाहा थिएन।
15
तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे।
16
यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्दैगए, र सहरदेखि धेरै टाढ़ा निक्लिआए।
17
इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।
18
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्, किनकि म त्यो तेरो हातमा दिनेछु।” तब यहोशूले आफ्नो हातमा भएको भाला सहरतिर पसारे।
19
तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्ने मानिसहरू झट्टै आ-आफ्नो ठाउँबाट उठे, र दौड़ेर सहरभित्र पसेर त्यो कब्जा गरे, र तुरुन्तै त्यसमा आगो लगाए।
20
जब ऐका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धूवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे, तर उनीहरूका लागि यताउता भाग्ने मौका नै रहेन, किनभने उजाड़-स्थानतिर भाग्ने इस्राएलीहरू खेद्नेहरूतिर फर्केर जाइलागे।
21
किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धूवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे।
22
उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्कन र बाँच्न नदिई मारे।
23
तर ऐका राजालाई तिनीहरूले जीवितै समातेर यहोशूकहाँ ल्याए।
24
इस्राएलीहरूले ऐका सबै बासिन्दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्यसमा भएकाहरूलाई पनि नाश गरे।
25
त्यस दिन मारिएका पुरुष र स्त्री दुवै गरी जम्मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्यत्ति नै थिए।
26
किनकि यहोशूले ऐका सारा बासिन्दाहरू नाश नभएसम्म आफूले भाला समातेर पसारेको हात बिसाएनन्।
27
तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्नै निम्ति लिए।
28
यसरी यहोशूले ऐलाई जलाएर ध्वंसको रास बनाइदिए, जो आजसम्म छँदैछ।
29
अनि तिनले ऐका राजालाई साँझसम्म एउटा रूखमा झुण्ड्याइराखे र सूर्यास्त हुँदा यहोशूको आज्ञाबमोजिम तिनीहरूले त्यसको लाश रूखबाट तल झारेर सहरको ढोकाभित्र पस्ने ठाउँमा फालिदिए, र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्मै छ।
30
यहोशूले परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एबाल डाँड़ामा
31
परमप्रभुका दास मोशाले इस्राएलीहरूलाई आज्ञा गरेबमोजिम र मोशाले दिएको व्यवस्थाको पुस्तकमा लेखिएअनुसार, नकाटेको, अर्थात् फलामले नछोएका ढुङ्गाहरूको एउटा वेदी बनाए, र त्यसमा तिनीहरूले परमप्रभुको निम्ति होमबलि चढ़ाए, र मेलबलि पनि चढ़ाए।
32
यहोशूले इस्राएलीहरूका सामुन्ने मोशाले लेखेको व्यवस्थाको नकल पत्थरहरूमा खोपे।
33
इस्राएलीहरूलाई आशीर्वाद दिनुपर्छ भनी परमप्रभुका दास मोशाले पहिले नै आज्ञा दिएबमोजिम, परदेशी, स्वदेशी, सारा इस्राएली, तिनीहरूका धर्म-गुरुहरू, अधिकारीहरू, न्यायकर्ताहरूसमेत परमप्रभुका, करारको सन्दूक बोक्ने लेवी पूजाहारीहरूका सामुन्ने सन्दूकको दुईतिर आधा एबाल डाँड़ाको सामु र अर्को आधा गीरीज्जीम डाँड़ाको सामु खड़ा भए।
34
पछिबाट आशिष् र सरापको विषयमा व्यवस्थाका सबै वचन, जो व्यवस्थाको पुस्तकमा लेखिएका छन्, सो यहोशूले पढ़ेर सुनाए।
35
जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज अन्तर्गत स्त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्ने नपढ़ेको कुरा कुनै पनि रहेन।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24