bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Leviticus 1
Leviticus 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 2 →
1
परमप्रभुले मोशालाई भेट हुने पालभित्रबाट बोलाएर भन्नुभयो,
2
“इस्राएलीहरूलाई भन्: ‘तिमीहरूमध्ये कुनै पनि मानिसले परमप्रभुको निम्ति बलि चढ़ाउँदा तिमीहरूको पशु-बलि गाई-गोरुको बथान अथवा भेड़ाबाख्राका बगालबाट त्यसले चढ़ाओस्।
3
“‘यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्खोट बाछोचाहिँ चढ़ाओस्। भेट हुने पालको ढोकामा त्यसले त्यो चढ़ाओस्, र परमप्रभुको सामुन्ने त्यो ग्रहणयोग्य हुनेछ।
4
त्यसले होमबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यो त्यसको प्रायश्चितको लागि ग्रहणयोग्य हुनेछ।
5
त्यसले त्यस बाछालाई परमप्रभुको सामु काटेर मारोस्। अनि हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले रगत नजिक लगेर भेट हुने पालका ढोकाका सामुन्नेको वेदीमा वरिपरि छर्कून्।
6
त्यसपछि त्यसले होमबलिको छाला काढ़ेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस्।
7
पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्।
8
हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले वेदीमाथिको आगोमा राखेका दाउरामाथि ती टुक्राहरू, टाउको र बोसो सजाएर राखून्।
9
त्यसले त्यसका आन्द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले धोओस्, र ती जम्मैलाई पूजाहारीले वेदीमा जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलि हो।
10
“‘यदि त्यसको बलि बगालबाट भेड़ा वा बाख्राको होमबलि हो भने, त्यसले निष्खोट थुमा वा पाठोचाहिँ चढ़ाओस्।
11
त्यसले परमप्रभुको सामु वेदीको उत्तरपट्टि त्यो काटेर मारोस् र हारूनका छोराहरू, अर्थात् पूजाहारीले त्यसको रगत वेदीमा वरिपरि छर्कून्।
12
त्यसले त्यो टाउको र बोसोसमेत टुक्रा-टुक्रा गरी काटोस्, र वेदीमा भएको आगोमाथिका दाउरामा पूजाहारीले ती सजाएर राखून्।
13
त्यसका आन्द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलि हो।
14
“‘यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्यसले चढ़ाओस्।
15
पूजाहारीले वेदीनेर त्यो ल्याएर त्यसको टाउको निमोठेर चुँड़ाऊन्, र त्यसलाई वेदीमा जलाऊन्, अनि रगतचाहिँ वेदीको छेउमा निथारिओस्।
16
त्यसले त्यसका मलसमेतका घुस्यौटी झिकेर वेदीको पूर्वपट्टि खरानी रहने ठाउँमा फ्याँकोस्।
17
त्यसले त्यसलाई नटुक्र्याईकन पखेटाको बीचबाट फारोस्। पूजाहारीले वेदीमा भएको आगोमाथिका दाउरामा त्यो जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलि हो’।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27